Tuesday, March 31, 2020

शिखरदीप सहकारी कीर्तिपुर शाखाका प्रबन्धक रशना शाक्यसँग एक छिन


गत चैत ७ गते शुक्रवार शिखरदीप सहकारीको बारेमा एउटा अनलाईनको खबरले कीर्तिपुरमा हंगामा ल्याइदियो ।  त्यस सम्बन्धी कीर्तिपुर सन्देश साप्ताहिकका प्रतिनिधिले लिएको कुराकानीको संक्षिप्त विवरण यहा प्रस्तुत गरिएको छ ।


शिखरदीप सहकारी कीर्तिपुर शाखाका प्रबन्धक रशना शाक्यसँग एक छिन




रशनाजी शिखरदीप सहकारीको बारेमा यो हप्ता कीर्तिपुरमा निकै चर्चा भएको छ वास्तविकता के हो 

—हो एउटा अनलाईन खबर पत्रिकाले शिखरदीप सहकारी संस्थाप्रति भ्रामक र नकारात्मक समाचार सम्प्रेषण गरेको छ । त्यही भ्रामक समाचारका कारण हाम्रा शेयर सदस्यहरू आतिएर सोधपुछ गर्न आउनुभएको हो । सकारात्मक भन्दा नकारात्मक खबर चाँडै फैलिन्छ । फेरि अहिलेका यो अनलाईनहरूले प्रचारमा आउन भूmठो खबर संप्रेषण गरिरहेको धेरै उदाहरणहरू छन् ।

२= शिखरदीप सहकारीको छोटो परिचयको साथै कीर्तिपुरमा कहिलेदेखि कारोबार गर्नु भएको हो जानकारी दिनुहोस्

—शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि. २०६५ जेठ २ गते भक्तपुरको कौसलटार मुख्य कार्यालय रहने गरी स्थापना भएको हो । यो ११ वर्षको अवधिमा काठमाडौं उपत्यकामा ६ वटा शाखा कार्यालयहरू संचालन भैरहेका छन् । जस्तै १. कमलविनायक –भक्तपुर, २.मंगलबजार—ललितपुर ३.बागबजार—काठमाडौं ४.न्यूरोड—काठमाडौं  ५. महाराजगन्ज —काठमाडौं र ६.कीर्तिपुर—काठमाडौं । छोटकरीमा भत्रे हो भने यो संस्थाको कूल शेयर पुँजी ३३ करोड रुपैयाँ छ भने संस्थाको जम्मा कारोबार रकम ४०० करोड रुपैयाँ छ । संस्थाको बचत रु.३६७ करोड रहेको जानकारी दिन चाहन्छु । 

३. कीर्तिपुरमा कहिलेदेखि कारोबार गर्न थाल्नु भएको थियो ।

—कीर्तिपुरमा २०७२ बैशाखमा नै कार्यालय उद्घाटन गर्ने कार्यक्रम थियो । भूकम्पका कारण श्रावण ३२ गते देखि संचालन गरेका थियौं ।


४. यो हल्लाको बारेमा तपाईं के भन्न चाहनुहुन्छ 

—सहकारी क्षेत्रमा हामीहरू फरक र सफल तरिकाले उत्पादनशील क्षेत्रमा लगानि गरि शेयर सदस्यहरूको वचतलाई सुनिश्चित गरेका छौं । हाम्रो सहकारीले वचत तथा ऋणमा मात्र कारोबार नगरी उत्पादनशील क्षेत्रमा समेत लगानि गरेकोले शेयर सदस्यहरूले यसप्रति कुनै पनि शंका गर्नु पर्ने अवस्था छैन । विगत एक दशकभन्दा लामो समय यस क्षेत्रमा सफल अनुभव संगालेको सहकारी भएकोले यस सहकारी प्रति आएका हल्ला र अफवाहको पछाडि लागि कुनै पनि शंका गर्नुपर्ने अवस्था छैन ।

५. अनि बचतकर्ताहरू डराउनुको कारण के होला त 

—आजकल नेपालमा कसैको चरित्र तथा व्यवसायिक रुपमा असफल बनाउन कसैले हल्ला गरेकै भरमा आफ्नो बचत असुरक्षित ठान्नु भएकोले हो । हामीले सबैलाई सम्झाई बुझाई त्यसको पछाडि लाग्नुभन्दा अगाडि वास्तविकता बुझ्न अनुरोध ग¥यौं । उहाँहरूको बचत सुरक्षित छ । यस कीर्तिपुर सेवा केन्द्रले शेयर सदस्य तथा वचत कर्ताहरूलाई छुट सुविधा सहित सुविधाजनक तरिकाले सपिङ गर्नको लागि आधुनिक तथा सुविधाजनक गार्डेन मार्ट सञ्चालन गर्न लागेका छौं ।

६.कीर्तिपुर सहकारी संजालले त तपाईंहरूलाई कीर्तिपुरमा कारोबार गर्ने अधिकार नै छैन । गैर कानूनी रूपले काम गरिरहनु भएको त्यसैले कारवाही गरी पाउँ भनेर कीर्तिपुर नगरपालिका सहकारी विभागमा ज्ञापन पत्र दिएको समाचार बाहिर आएको छ नि, त्यो के हो 

—हामीले कीर्तिपुर नगरपालिकामा व्यवसाय गर्न अनुमति लिएको छु । व्यवसाय दर्ता प्रमाण पत्र हामीसँग छ । यस सहकारी संस्थाले साविक डिभिजन सहकारीबाट सेवा केन्द्र खोल्न अनुमति लिएको तर विनियममा कीर्तिपुर सेवा केन्द्र रहने भनी उल्लेख नभएकोले यस संस्थाका अध्यक्ष केदार नाथ शर्मा कीर्तिपुर नगरपालिका सहकारी विभागमा आउनु भै सहकारी विभाग प्रमुख सुजिन्द्र महर्जन समक्ष बैशाख महिनाभित्र अनुमति लिई सक्ने दरखास्त बुझाउनु भएको छ । जुन सुजिन्द्र महर्जनले सहर्ष स्वीकारनु भएको छ । त्यसैले यसमा कुनै दुविधामा नरहन अनुरोध गर्दछु ।

७.अन्तमा केही भन्नु छ कि 

—सामाजिक सञ्जालमा शिखरदीप सहकारी संस्था प्रति नकारात्मक समाचार सम्प्रेषण भई शेयर सदस्यप्रति भ्रम सृजना भई संस्थाको बारेमा चासो राखी सुझाव सल्लाह र चासो राख्न आउनु भएका सबै सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

No comments:

Post a Comment