Tuesday, June 25, 2013

प्रतिभा साहित्यीक परिवारमा नया“ नेतृत्व

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

 प्रतिभा साहित्यीक परिवारमा नया“ नेतृत्व


कवि राजभाइ जकःमिको अध्यक्षतामा २०४२ सालमा स्थापित प्रतिभा साहित्यीक परिवार विभिन्न आरोह अवरोह पार गर्दै वि.सं.२०६० सालसम्म सक्रिय रहँदै आएको थियो ।

त्यसपछि बन्द प्राय भइसकेको संस्थालाई कीर्तिपुरका साहित्य प्रेमी युवाहरूले कीर्तिपुर क्षेत्रमा नेपालभाषा साहित्य विकासको लागि अर्को संस्था गठन गर्नुको सट्टा पुरानै संस्थालाई पुनर्गठन गरिएको छ । गत जेठ ४ गते कीर्तिपुर मा.वि.को हलमा एक भेलाको आयोजना गरी ज्ञानवहादुर महर्जनको अध्यक्षतामा एउटा कार्यकारिणी समिति गठन गरियो । जस्मा अध्यक्ष ज्ञानवहादुर महर्जन नेवाः, उपाध्यक्ष मीन कौशिक, सचवि श्रीकृष्ण तन्डुकार, सहसचिव सागर ज्यापु, कोषाध्यक्ष जितेन्द्र महर्जन, सहसचिव रश्मिी नापित सदस्यहरूमा रामशरण महर्जन, विकास महर्जन र अर्जुन नेपाःमी रहेका छन । उक्त भेलाले आगामी जेठ ११ गते शनिवारछोटा विधाका विभिन्न भाषाका साहित्यीक रचना प्रस्तुत गर्ने भएको छ ।

No comments:

Post a Comment