Tuesday, June 25, 2013

सम्यक दृष्टि पुस्तक विमोचन

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

सम्यक दृष्टि पुस्तक विमोचन


नेपाल परम्परागत बौद्ध धर्म संघ शाखा कीर्तिपुरको आयोजनामा गत वैशाख ४ गते शनिवार जगतपाल महाविहार चिलंच्व कीर्तिपुरमा यस संस्थाका अध्यक्ष डा.कवीन्द्र वज्राचार्यद्वारा लिखित सम्यक दृष्टि पुस्तक चक्रेश्वर आःजु धर्मराज वज्राचार्यबाट विमोचित भयो । उपप्रा. वज्रमुनि वज्राचार्यको सभापतीत्वमा भएको उक्त कार्यक्रममा नेपाल परम्परागत बौद्ध धर्म संघ केन्द्रीय कार्यालय ललितपुरबाट उपाध्यक्ष शंखरत्न वज्राचार्य, भक्तपुर शाखावाट अध्यक्ष पुष्परत्न शाक्य, त्रिरत्न कीर्ति विहारबाट जुलुम शाक्य, नगांबाट वाबुराम महर्जन, सतुंगलबाट संघरत्न महर्जन, जगतपाल महाविहारका अध्यक्ष बाबुकाजी वज्राचार्यको पनि उपस्थिति थियो । पुष्परत्न वज्राचार्यबाट संचालन गरिएको कार्यक्रममा नेपाली वज्रयान विहारका सदस्य संघरत्न वज्राचार्यले लुम्बिनीमा निर्माणाधीन अवस्थामा रहेको वज्रयान विहारको हालसम्मको विवरण पेश गर्नु भएको थियो भने लेखक डा. कवीन्द्र वज्राचार्यबाट पुस्तकको संक्षिप्त जानकारी दिनु भयो । स्वागत भाषण कीरण कुमार वज्राचार्यले गर्नु भएको कार्यक्रममा आयोजकबाट जेष्ठ ११ गते बुद्ध जयन्तीको दिन चिलंच्व विहारमा विहानदेखि हुन लागेको कार्यक्रममा सहभागी हुन लागि कीर्तिपुरबासीलाई अपील पनि गरिएको छ ।

No comments:

Post a Comment