Tuesday, June 25, 2013

माईक्रो इन्जिनियरिङ्ग इन्टिच्यूटको उद्घाटन

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

माईक्रो इन्जिनियरिङ्ग इन्टिच्यूटको उद्घाटन


शुभ सेवा सहकारी संचालन गर्दै आइरहेका पा“गाका युवाहरू मिलेरसम्भवतः कीर्तिपुर क्षेत्रमै पहिलो पटक  सिटिईभिटि बाट मान्यता प्राप्त गरी नीजि क्षेत्रबाट प्राविधिक इन्स्टिच्यूट पाँगामा खोलिएको छ । गत बैशाख ४ गते त्रि.वि.का उपकुलपति प्रा.डा. हिरावहादुर महर्जनले पा“गामा खुलेको Micro Engineering Institute Pvt.Ltd को एक समारोहका वीच उद्घाटन गर्नु भयो । संस्थाका अध्यक्ष ई मथुरा डंगोलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन उपाध्यक्ष ई.दुर्कमान महर्जनले गर्नु भएको थियो ।

उक्त इन्स्टिच्यूतको प्रिन्सिपल अरुण डंगोलले स्वागत मन्तव्यको साथै उक्त संस्थाको परिचय दिनेक्रममा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थामा Building Eletricia , Assistant Welder र Plumber  को पढाई हुने जानकारी दिनु भयो । एस एल सी पास गर्न नसकेका वा आठ कक्षा पास गरी पढाई छाडी बसेकाहरूले यस इन्स्टिच्यूतमा अध्ययन गर्न सकिने छ ।  बैदिशिक रोजगारमा जान चाहने र आफ्नै वर्कशप खोलेर काम गर्न चाहनेहरूलाई लक्षित गरेर यो प्राविधिक शिक्षालय खोलेको स्पष्ट पार्नु भयो ।

कीर्तिपुर इन्जिनियर समाजका अध्यक्ष गणेशवहादुर महर्जनले शुभकामना मन्तव्य दिनेक्रममा कीर्तिपुरमा प्राविधिक शिक्षालय खोल्ने विचार कीर्तिपुर इन्जिनियर समाजले स्थापनाकाल मा नै सोचेको थियो तर कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा यस संस्थाको स्थापनाले कीर्तिपुर क्षेत्रका युवाहरूलाई रोजगार पाउन सजिलो हुने बताउने भयो । यस संस्थाको लागि हरतरहले सहयोग गर्न आपूmहरू तयार रहेको बताउनु भयो । ई. पद्मलाल महर्जनले यस्तो प्राविधिक शीप पाएका मानिसहरू कहिले पनि बेरोजगार हुनु नपर्नेे बताउनु भयो । हुनत परापुर्वकालदेखि नै कीर्तिपुर क्षेत्र कारीगरहरूको बस्ती भनेर चिनिन्थ्यो । डकर्मीको लागि कीर्तिपुर, सिकर्मीको लागि पा“गा, ढुङ्गाको मूर्ति बनाउने कामको लागि चोभार, सिलाई सम्बन्धि कामको लागि नगाउ“ प्रख्यात थियो । तर अहिलेका युवा पुस्ताले ती काममा ध्यान दिन छाडेको अवस्थामा यस इन्स्टिच्यूटले आधुनिक प्राविधिकहरू उत्पादन गर्न सक्ने बताउनु भयो । कीर्तिपुर नगरपालिकाका प्रतिनिधि सानुबाबु परियारले कीर्तिपुरमा प्राविधिक शिक्षालयको आवश्यकता महसुस गरी कीर्तिपुर पोलिटेक्निक इन्स्टिच्यूत खोल्न नगरपालिकाले वर्षेनी बजेट पनि छुटाउ“दै आए पनि चालु हुन नसकेको बताउनु भयो । प्रमुख अतिथि प्रा.डा.हिरावहादुर महर्जनले  आजकल सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक शिक्षाको आवश्यक भएको बताउनु भयो । प्राविधिक ज्ञान भएका मानिसहरू कहिल्यै बेरोजगार भएर बस्नु नपर्ने कुरालाई ध्यानमा राखी कीर्तिपुरमा पोलिटेक्निक इन्स्टिच्यूत खोल्न दर्ता समेत भइसकेको अवस्थामा चालु गर्न नसक्नु दुःखको कुरा हो । आगामी दिनमा स्नातक तहसम्म पढाई हुने प्राविधिक शिक्षालय खोल्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । उक्त कार्यक्रममा समाजसेवी राजन के.सि ले पनि शुभकामना मन्तव्य दिनु भएको थियो । माईक्रो इन्जिनियररिंग इन्स्टिच्यूतका व्यवस्थापन समितिका सदस्यहरूमा अध्यक्ष ई.मथुरा महर्जन, उपाध्यक्ष ईं दुर्कमान महर्जन, सदस्यहरूमा ई. बालकृष्ण श्रेष्ठ, डा. देवकाजी डंगोल, विजयकाजी डंगोल, ई.मोहन सिंह महर्जन, अरुण डंगोल, प्रकाशराम महर्जन, दिपक राज महर्जन र शुभ सेवा सहकारी रहेका छन । सल्लाहकारहरूमा ईं पद्मलाल महर्जन, ईं दिपेश विष्ट, ईं गणेशवहादुर महर्जन, ईं कृष्णभोला महर्जन रहेका छन ।  प्रशासन, शिक्षक र व्यवस्थापनमा अरुण डंगोल प्रिन्सिपल, ई. गोविन्द महर्जन, ई. भूवन महर्जन, ईं शान्तराम महर्जन, ईं उदयलाल महजन, प्रवन्धक प्रकाशराम महर्जन, लेखा अधिकृत मानिकलाल महर्जन रहेका छन । अहिलेको लागि उक्त इन्स्टिच्यूत विहान र बेलुका संचालन हुने जनाइएको छ । यस संस्थाबाट तालिम प्राप्त गरिसकेका प्रशिक्षार्थीहरूले विश्वको कुनै ठाउँमा गएर पनि काम गर्न सक्ने ईं दुर्कमान महर्जनले जानकारी दिनुभयो । यस संस्थाबाट तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूले नीजिस्तरमा वर्कशप खोल्न आर्थिक अभाव भएमा शुभ सेवा सहकारीले आर्थिक सहयोग गर्न सक्ने अरुण डंगालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment