Thursday, February 18, 2021

राष्ट्रिय भलिबल रेफ्री एवं प्रशिक्षक राजकुमार महर्जनसँगको कुराकानी

 राष्ट्रिय भलिबल रेफ्री एवं प्रशिक्षक राजकुमार महर्जनसँगको कुराकानी


राजकुमार महर्जनः राष्ट्रिय भलिबल रेफ्री एवं प्रशिक्षक तथा नेपाल ह्विलचियर वास्केटवलका संस्थापक तथा प्रशिक्षक

अहिले कीर्तिपुरमा मेयर खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न खेलहरुको तालिम सञ्चालन भईरहेको सन्दर्भमा कीर्तिपुरका भेट्रान भलिवल खेलाडी एवं राष्ट्रिय भलिबल रेफ्री एवं प्रशिक्षक तथा नेपाल ह्विल चियर वास्केटवलका संस्थापक तथा प्रशिक्षक राजकुमार महर्जनसँग हाल सञ्चालन भैरहेको मेयर खेलकुद कार्यक्रम र कीर्तिपुरको भलिवल खेलको विकास गर्ने सम्बन्धमा भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. सबैभन्दा पहिले आफ्नो परिचय दिनुसन

उत्तर ः म राजकुमार महर्जन कीर्तिपुर नगरपालिका वडा नं.१० चिठू विहार टोलमा बस्छु । म पहिला भलिवल खेलाडी अहिले नेपाल भलिवल संघ अन्तर्गत राष्ट्रिय भलिवल रेफ्रि र अहिले मेयर खेलकुद कार्यक्रम अन्तर्गत भलिवल प्रशिक्षकको रुपमा काम गर्दैछु । साथै नेपाल बास्केटवल संघ र पौडी संघसँग आवद्ध भएर पनि प्रशिक्षण एवं रेफ्रीको काम गर्दै आइरहेको छु । त्यस्तै नेपालमा १५ वर्ष अघि ह्विल चियर वास्केटवल खेलको स्थापना एवं प्रशिक्षणमा पनि संस्थापकको रुपमा म लगायत संग्लेश महर्जनले काम गरेको थिएँ । र ह्विल चियर बास्केटवलमा नेपाल दक्षिण एशिया मै पहिलो स्थानमा पर्दछ .

२. मेयर खेलकूद कार्यक्रम मा तपाईंको भुमिका कस्तो रहेको छ ?

उत्तर ः हाल सञ्चालन भईरहेको मेयर खेलकूद कार्यक्रम अन्तर्गत भलिबल प्रशिक्षकको रुपमा काम गरिरहेको छ भने अन्य खेलको बारेमा र यस तालिम सञ्चालको बारेमा संयोजक नै नभए पनि नगरपालिकासँग पूलको काम गरिरहेको छु ।

३. भलिवलको सन्दर्भमा एक समयमा कीर्तिपुर पनि राष्ट्रिय स्तरमै पुगिसकेको अवस्था हो तर अहिले खस्केको अवस्था देखिन्छ, अहिले र पहिलेको भलिवलको अवस्था वारे तुलना गरि बताइदिनुस 

उत्तर ः भलिवल खेलको कुरा गर्दा कीर्तिपुरमा पहिला केही नभए पनि वर्षमा २÷३ वटा प्रतियोगिताहरु चाहे त्यो विद्यालय स्तरको होस् या खुल्ला प्रतियोगिताहरु भइरहन्थ्यो जस्ले गर्दा भलिवलमा राम्रो क्रेज थियो र २०६२÷०६३ सम्म एउटा राम्रो लेभल कायम भएको थियो झण्डै झण्डै राष्ट्रिय स्तरमै पुगेको अवस्था थियो । त्यसपछि अहिलेसम्मको स्थितिमा पुग्दा प्रतियोगिताहरु र प्रशिक्षण नभएको स्थितिले गर्दा खेलाडीहरु पनि कम हुँदै गयो र यस्को स्तर पनि खस्कँदै गएको अवस्था छ । तर अहिले यस मेयर खेलकूद कार्यक्रमले गर्दा यो खेलमा पनि पुजःर्जागरण आएको छ । त्यसको लागि कीर्तिपुर नगरपालिका धन्यवादको पात्र हुनुहुन्छ । हामी यही तालिममा मात्र सिमित नभए विशेष गरी महिलाहरुलाई राष्ट्रिय स्तरमै पु¥याउन राम्रो उचाई भएका खेलाडीहरु छानेर उमेर समूहदेखि नै राम्रो प्रशिक्षण गरेर टिम तयार गरी अगाडि बढ्ने योजना रहेको छ .

४. यो मेयर खेलकूद कार्यक्रम असारसम्म सञ्चालन हुने भन्ने सुनेको छु, त्यसपछि बन्द हुने हो कि ?

यस कार्यक्रमको सन्दर्भमा नगरप्रमुख रमेश महर्जनले आफ्नो कार्यकाल अवधिभर तालिमलाई निरन्तरता दिने बचन दिनु भएको छ । अहिले हामीलाई असार मसान्तसम्म प्रशिक्षकको रुपमा नियुक्ति दिएको छ । असार पछि पनि यस प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रशिक्षकहरुको म्याद थप गर्ने भन्ने मेयर साहेबले वचन दिनु भएको छ । यस बाहेक अलिे जुन जुन स्थानमा तालिम सञ्चालन भइरहेको छ सोही स्थानलाई तालिम केन्द्रको रुपमा विकास गर्दै लाने मेयर साहेबले वचन दिनु भएको छ ।

५.तालिममा सहभागी खेलाडीहरुलाई आफुले सिकेको कुराहरु प्रदर्शन गराउन के योजना छ ?

उत्तर ः तालिम सञ्चालन गरेको बेला नै तालिमा सहभागि खेलाडीहरुको आपफ्नो खेलm प्रदर्शन गर्न ३ महिना पछि अन्तर विद्यालयस्तरीय प्रतियोगिता गर्ने भन्ने योजना छ । अब यो कोरोनाको स्थिति केही सामान्य भए पछि ती कार्यक्रमहरु सुरु हुन्छ र बाहिर पनि सहभागी गराउँदै लैजाने योजना रहेको छ ।

६.विद्यालय स्तरीय प्रतियोगिता गर्दा तालिममा सहभागी खेलाडीहरु टिममा नपर्ने, सम्भावना पनि हुन सक्छ, त्यसैले तालिममा सहभागीहरुको लागि मात्र त्यस प्रकारको प्रतियोगिता गर्ने कुनै योजना छ कि ?

उत्तर ः त्यस प्रकारको योजना पनि बनाएका छौं । कथं कदाचित कोरोनाको कारण विद्यालय स्तरीय गर्न नसकेमा यस तालिममा सहभागी खेलाडीहरुको बीच मात्र प्रतिस्पर्धा गराउने योजना पनि बनाएका छौं ।

७.तालिममा सहभागी खेलाडीहरु मध्ये बाटै खेलाडी छनौट गरेर कीर्तिपुरको टिम बनाउने योजना  छ की ?

उत्तर ः एकदम सही हो यस तालिममा सहभागी खेलाडीहरु बाटै उत्कृष्ट खेलाडीहरु छनोट  गरेर एउटा राम्रो टिम बनाउने र नेपालको कुनै पनि ठाउँमा सहभागी गराउने नभए काठमाडौं उपत्यकामा सहभागी गराउने र अन्त कतै प्रतियोगिताहरु नभए कीर्तिपुरमै प्रतियोगिता गरेर खेलाउने योजना रहेको छ ।

८.कीर्तिपुरमा भलिवल खेलाडी कम भएर जानुको मूल कारण के हो जस्तो लाग्छ ?

उत्तर ः हुनत अहिले भलिवलको अलग्गै सेमी कभर्डहल देवढोकामा बनेको छ । पुर्वाधार बनेजस्तै त्यस्को प्रतियोगिता पनि निरन्तर रुपमा भैराखेको भए खेलाडीहरु हुन्थ्यो । प्रतियोगिता नभएको कारणले गर्दा नै कीर्तिपुरमा भलिबल खेलाडीहरु कम भएर गएको छ । यसमा खेलाडीहरुले स्कोप देखेन । एउटा प्रतियोगिता खेल्न वर्षौं पर्खनु पर्ने । विद्यालय स्तरको कलेज स्तरको प्रतियोगिता नै नहुने । राष्ट्रिय खेल भएर पनि यो खेल अलि उपेक्षित जस्तो भएकोले पनि खेलाडी कम भएको हो । जबकि बास्केटवलमा स्कूल लेभल र कलेज लेभलका गेमहरु नियमित भैरहन्छ ।

९.अन्तमा कीर्तिपुरको भलिवलको साख जोगाउन कस्तो योजना बनाउनु भएको छ ?

उत्तर ः अहिले सञ्चालन भइरहेको मेयर खेलकूद कार्यक्रमले पनि त्यो जोगाउन केही महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ । साथै आगामी दिनमा पहिले जस्तै विद्यालय स्तरीय र खुल्ला तथा भेट्रान भलिवल प्रतियोगिता नियमित गर्दै जाने योजना छ । साथै कीर्तिपुरमा भलिबल खेलको म्यानपावर तयार गर्न भलिवल प्रशिक्षक तालिम सञ्चालन गर्ने योजना पनि रहेको छ ।



प्रस्तोता ः प्रदिप महर्जन

कीर्तिपुर सन्देश साप्ताहिक अंक ४७७ २०७७ पौष २९ गते प्रकाशित

No comments:

Post a Comment