Thursday, February 18, 2021

भावनात्मक यथार्थ चित्रण—किरण जोशी

 भावनात्मक यथार्थ चित्रण—किरण जोशी





नृत्यको सहारामा अभिनय कला तर्फ उन्मुख भई १० वटा म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गर्दै कलाकारीताको पहिचानको साथै लाखौं दर्र्शकहरुको स्नेह र माया पाउन सफल नायक किरण जोशीसंगको छोटो सम्बाद ।


१.के छ तपाईंको नौलो प्रस्तुती ?

— मेरो पछिल्लो म्यूजिक भिडीयो “लुमनां वल” गीतमा अभिनय गरें । सुजन बज्राचार्यको निर्देशन, सोहन मानन्धरको छायांकन सम्पादन मैले र सुजना बज्राचार्यले अभिनय गरेको छु ।

२. प्रदर्शन पछि कस्तो प्रतिकृया भयो ?

— धेरै दर्शकहरुबाट राम्रो कमेण्ट पाएँ । एकै दिनमा ८५०० दर्शकहरुले हेरि दिनुभयो । खुसि लाग्यो ।

३.भिज्यूअलबाट दर्शकहरुमा कस्तो प्रभाव पार्छ ?

— गीतको भावनालाई चरित्रले दर्शकहरुलाई स्पष्ट बुझाउने प्रयास गर्छ ।

४. व्यावसाियक कलाकारहरु प्रायः भिज्युलाईमा देखिंदैन किन होला ?

—धेरै जसोले भिजुलाईज एउा फेसनको रुपमा लिने गर्छ सके निर्माता आफै खेल्छन । नसके आफन्त, खेलाउँछ त्यसैले होला भिजुलाईजको गुणस्टर कम भएको महसुस गर्छु

५. यस क्षेत्रमा तपाईले कति आर्थिक आर्जन गर्नु भयो ?

— आपूmले चिनेको निर्माताले खेलाउँछ, यति उति पैसा भन्न मिलेन जति दिए पनि हात थाप्छु सन्तुष्ट छु ।

६. तपाईंको अभिनय कर्मले कुन वेला व्यावसायिक रुप लिन्छ ?

— मेरो अभिनयको भित्रीभाव बुझे निर्माता भेटें भनें व्यावसायिक रुप लिन्छ ।

७. अभिनय के हो ?

—कथा वस्तुको भावना अनुरुप सत्य तथ्य प्रस्तुत गर्नु नै अभिनय हो ।

८. चलचित्रमा अभिनय गर्नु हुन्न ?

— इच्छा थियो । साईट जुरेको छैन । 

९. कस्तो निर्देशकसँग काम गर्न रुचाउनु हुन्छ ?

—परिपक्व निर्नेशकसँग काम गर्दा सिक्ने मौका हुन्छ । मसँग भएको अभिनय कलालाई निखरिंदै प्रस्तुत गराउन सक्नु हुन्छ । आफ्नो क्यारियरलाई अगाडी बढाउन त्यस्तो निर्देशनसँग काम गर्न रुचाउँछु ।

१०.अन्तमा 

मनको कुरा राख्ने ठाउँ दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवारप्रति हार्दिक नमन गर्दै मेरो पछिल्लो भिजुलाइज हेरि दिनुहुन विनम्र अनुरोध गर्दछु । 

धन्यवाद ।



प्रस्तोता ः पवन जोशी

कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका २०७७ पौष २९ गते प्रकाशित

No comments:

Post a Comment