Thursday, January 28, 2021

समयको काल खण्ड — सुधा ढकाल बौद्ध, काठमाडौं

 समयको काल खण्ड — सुधा ढकाल बौद्ध, काठमाडौं





                          सुधा ढकाल






प्रस्तोता ः पवन जोशी

समयको महिमा अपरम्पार, कहिले ऋतु परिवर्तन त कहिले मानविय जीवनशैली परिवर्तन अझ प्राकृतिक प्रकोपले संसारलाई उथलपुथल बनाउँछ । एक ताका चलचित्र क्षेत्रमा अति व्यष्टका साथ लोकप्रियता हासिल गर्न सक्षम नायिका सुधा ढकालसँगको छोटो सम्बाद ।

१.सुधाजी के गर्दै हुनुहुन्छ ?

— हजुर, म काठमाण्डौंमा टुरिजम होटल संचालन  गर्दैछु ।

२. धेरै वर्षभयो तपाई चलचित्र फाँटमा देखिनँ, अभिनय कलाबाट सन्यास लिनु भएको हो ?

— सन्यास लिएकी छैन । समय र कालखण्डले कलाकारलाई पनि नयाँ बाटो अपनाउन वाध्य गर्दोरहेछ । त्यस्तै परिस्थितिले गर्दा चलचित्र अभिनय तर्फ ब्रेक गरीरहेकी छु ।

३.चलचित्रमा छाडापन भनेको के हो ?

— जुन चलचित्र परिवार संगै बसेर हेर्न लायक हुँदैन त्यो चलचित्र छाडा हुन जान्छ ।

४. चलचित्र नशा भनिन्छ, कसरी त्याग्न सक्नुभयो ?

—मैले चलचित्र क्षेत्र त्यागेको छैन । समय अनुकुल मिले पछि पुनः चलचित्र क्षेत्रलाई निरन्तरता दिन्छु ।

५. अभिनयको परिभाषा ?

— यथार्थ रुपको स्वाभाविक प्रतिविम्वनै अभिनय हो ।

६. कतिवटा चलचित्रमा नायीकाको भूमिका निभाउनु भयो ?

— चलचित्रमा “चिनारी”, “हत्या”, “मदहोस” र “खेल” टेलिचलचित्रमा “धुन”, काली गन्दगीको सेरोफेरो, संगत, ड होष्ट, हिजो आजको कुरा बस 

७. म्यूजिक भिडियो निर्माण गर्नुको अर्थ मिडियामा आफुलाई प्रचार प्रसार गर्नु हो ?

—कसै कसैले हुन सक्छ वास्तवमा भन्ने हो भने म्यूजिक भिडियो निर्माणको अर्थ कला संस्कृेति र संस्कार पहिचानको निम्ति सन्देश मुलक चलचित्र निर्माण गर्नु हो ।

८. कलाकारलाई कुन बेला असहज परिस्थिति  आउँछ  ?

— सामाजिक संजालमा चाहिने नचाहिने मनगढन्ते कथा बुनेर प्रकाशित गरीन्छ त्यतिबेला असहज परिस्थितिको सृजना हुन्छ ।

९.कस्तोलाई उपयुक्त कलाकार मानिन्छ ?

—जुन कलाकारले लगन, शिपलाई सहज रुपमा ठिक समयमा प्रस्तुत गरिन्छ, त्यसलाई नै निर्माण पक्षले उपयुक्त मान्छ ।

१०.अन्तमा — 

धेरै वर्षको ब्रेकमा पनि मलाई सम्झनु भएकोमा कीर्तिपुर साप्ताहिक पत्रिका परिवारप्रति आभार व्यक्त गर्दछु ।

2 comments: