Friday, October 1, 2021

नेपाली कांग्रेस कीर्तिपुर नगर सभापतिमा महिला उम्मेदवारको दावी

 नेपाली कांग्रेस कीर्तिपुर नगर सभापतिमा महिला उम्मेदवारको दावी




नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थानीय तहको नगरसमिति गठन हुने भएको छ । भोलि असोज १६ गते हुने नगरसभापतिको चुनावमा ने.का कीर्तिपुर नगर समितिका निवर्तमान कोषाध्यक्ष राजिता गौतम महर्जनले पनि उम्मेदवारी दिने भएको छ । 



  राजिता गौतम हरेक सामाजिक संघ संस्थामा लागेर समाजसेवा गर्दै आइरहनु भएको छ । उहाँ कीर्तिपुर बजार व्यवस्थापन समाजका उपाध्यक्ष हुनुहुन्छ । ईनर ह्वीलर संस्था कीर्तिपुरका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

 उहाँले अन्तरजातिय विवाह गर्नु भएको छ । नेवार नभैकन पनि स्पष्ट रुपमा नेपालभाषा बोल्न सक्नुहुन्छ । त्यसैले उहाँ नेवाः समाजमा पनि राम्ररी भिजी सक्नु भएको छ ।



 नेपाली कांग्रेसमा कुनै माथिल्लो नेताको समर्थन विना चुनाव जित्न सक्नुहुन्न । तपाईंलाई कसको आशिर्वाद छ ? भन्ने हाम्रो सम्वाददाताको प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ “हार जित आफ्नो ठाउँमा छ । म कसैको आशिर्वादले सभापतिमा उठ्न लागेको होइन । सभापतिमा उठनु मेरो पनि अधिकार छ । यहाँ महिलाहरु हुने बितिक्कै आफ्नो अधिकार पुरुषलाई छाडिदिनुपर्छ भन्ने मान्यता म राख्दिन । समावेशी समानताको कुरा गर्ने हो भने महिलालाई पनि अग्रस्थानमा ठाउँ दिनुपर्छ । नेपाली कांग्रेसका नेता, कार्यकर्ता सबैजना गुटमा लागेका छैनन् । स्वतन्त्र र स्वाभिमान नेता कार्यकर्ताहरुले मलाई भारी मतले विजयी गराउनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।



1 comment: