Thursday, September 30, 2021

नेपाली कांग्रेस कीर्तिपुर नगर सभापति को होला ?

 
नेपाली कांग्रेस कीर्तिपुर नगर सभापति को होला ?

नेपाली कांग्रेसको १४ औं अधिवेशनको लागि कीर्तिपुरमा वडास्तरीय नेतृत्व चयन सर्वसहमतिबााट सम्पन्न भयो । अब नगर सभापतिमा पनि निर्विरोध चयन हुन्छ कि भन्ने आशा गरेका छन ।

राजेन महर्जन प्रमाण पत्र बुझदै


राजिता गौतम महर्जन प्रमाण पत्र बुझदै

 नेपाली कांग्रेस कीर्तिपुर नगर समितिमा निम्नानुसरा वडा सभापतिहरु निर्विरोध निर्वाचित भएका छन ।

वडा नं.४ का निर्वाचित प्रतिनिधिहरुको सामुहिक फोटो
वडा नं. ५ का निर्वाचित प्रतिनिधिहरु

१ नं.वडा- महेश्वर महर्जन २ नं.वडा -महेश महर्जन ३.नं.वडा- रोशन महर्जन ४ नं.वडा-मुरारी विष्ट ५ नं. वडा-जितेन्द्र महर्जन ६ नं.वडा- रामेश्वर महर्जन ७ नं.वडा-निर्मल के.सी. ८ नं.वडा- नरेन्द्र श्रेष्ठ ९ नं.वडा -रेणुलाल महर्जन १० नं.वडा -सचिन्द्र महर्जन हुनुहुन्छ ।

वडा नं.२ इकाई कार्यसमिति



इकाई सभापतिहरुको समुह

 अहिले नेपाली कांग्रेस कार्यकर्ताहरुको वीच चर्चा भए अनुसार नगर सभापतिमा चर्चामा रहेका उम्मेदवारहरु ः मिन प्रकाश महर्जन (निवर्तमान उपसभापति) राजिता गौतम महर्जन (निवर्तमान कोषाध्यक्ष) राजेन्द्र महर्जन, कविन्द्र कार्की, कविन्द्र महर्जन, हर्षमान महर्जन छन । सर्वसहमति भएन यदि चुनाव भयो भने राजेन्द्र महर्जनले जित्ने पक्का छ भन्ने पनि चर्चा छ । किनकी माथि उल्लेखित नाम मध्ये शिक्षित बौद्धिक व्यक्तित्व राजेन महर्जन हुनुहुन्छ कार्यकर्ताहरुको थम्याई । तर सनिवार वा आइतवार नभैकन छिनोफानो हुने छैन ।


No comments:

Post a Comment