Wednesday, September 29, 2021

पाँगामा लौह पुरुष गणेशमानको अर्धकदको प्रतिमा अनावरण

 पाँगामा लौह पुरुष गणेशमानको अर्धकदको प्रतिमा अनावरण



कीर्तिपुर सन्देश साप्ताहिक

नेपाली कांग्रेसका सर्वमान्य नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर लौह पुरुष गणेशमानको अर्धकदको शालिक नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाश मान सिंहले एक कार्यक्रमका वीच गत असोज २ गते शनिवार अनावरण गर्नु भयो ।




योभन्दा अगाडी पाँगाको लाछीमा भेला भएका १० नं.का सांसद राजेन्द्र कुमार के.सि. बागमती प्रदेश सांसद पुकार महर्जन लगायत जनमानसले प्रकाशमान सिंहलाई पूmलमाला, पूmलको गुच्छा अर्पण गरेर, बाँसुरी बाजा, धाः बाजा बजाएर स्वागत गरिएको थियो । लाछीबाट बाजा बजाउँदै भुजिन्द टोलमा जिर्णोद्धार गरिएको परम्परागत पाटीको उद्घाटन प्रकाशमान सिंहको हातबाट भयो । सो पाटी बागमती प्रदेश सांसद पुकार महर्जनको भौतिक पूर्वाधार विकास योजना अन्तर्गत बनाइएको थियो ।



गणेशमान सिंहको सालिक तथा पोखरी निर्माण उपभोक्ता समितिको आयोजनामा भएको उक्त कार्यक्रम राजाराम महर्जनले संचालन गर्नु भएको थियो भने उपभोक्ता समितिका अध्यक्ष शरण महर्जनको सभापतित्वमा भएको थियो ।



उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्नेक्रममा बद्रीलाल महर्जनले नेपालको आन्दोलन र नेपाली कांग्रेसको लागि कीर्तिपुरवासीले धेरै योगदान गरेका छन तर आजसम्म पार्टीले कीर्तिपुरवासीलाई कुनै अवसर नदिएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रकाश मान सिंहलाई पार्टीको सभापति भएर प्रधानमन्त्री बन्न शुभकामना दिनुभयो ।



लौह पुरुष गणेशमान सिंहको २५ औं स्मृति दिवशको अवसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्रकाश मान सिंहले गणेश मान सिंहको सालिक अनावरण गर्ने मौका दिएकोमा आफु गौरवान्वित भएको जनाउँदै सिंहको ऐतिहासिक योगदानको स्मरण गर्नु भयो । उक्त कार्यक्रममा १० नं.क्षेत्रका सांसद राजेन्द्र कुमार के.सि., बागमती प्रदेश सांसद पुकार महर्जन, नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव राजकुमार नकर्मी, दक्षिणकाली नगरपालिकाका मेयर मोहन वस्नेत, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी लगायतको उपस्थिति रहेका थिए ।



बागमती प्रदेश सांसद पुकार महर्जनका अनुसार २०७१ सालमा प्रकाश मान सिंहको १० लाख, राजेन्द्र कुमार के.सि.को सभासद कोषबाट रु.१० लाख, प्रदेश र वडाको बजेटको अलावा विभिन्न व्यक्तित्वबाट आर्थिक सहयोगबाट तयार भएकोमा सहयोगको लागि सबैलाई धन्यवाद दिनुभयो ।



काठमाडौं जिल्ला समितिका सचिव राजकुमार नकर्मीले गणेश मान सिंहको त्याग र योगदानको स्मरण गर्दै अहिले प्रकाश मान सिंहमाथि सो जिम्मेवारी आएको बताउँदै देशको बागडोर सम्हाल्न नेता प्रकाशमान सिंह अगाडी बढ्न अनुरोध गर्नुभयो ।



प्रमुख अतिथि प्रकाश मान सिंहले नेपाली जनताको लागि गणेशमान सिंहले कति योगदान गरेका छ सो बारे मैले भन्नुपर्ने केही छैन । उहाँको प्रतिमा मात्र राखेर हुँदैन उहाँले लिनु भएको नीति र कार्यदिशालाई अंगाल्नु पर्छ । 



उहाँले नेपाली जनतालाई रैतिबाट नगरिक बनाएको छ, अहिले नयाँ संविधानले दिएको अधिकार पनि हामीले पाएका छैनौं, त्यो अधिकार पाउनको लागि एक जूट हुनुपर्ने अवस्था आएको बताउनु भयो ।

No comments:

Post a Comment