Wednesday, September 29, 2021

निहुँ

 निहुँ



प्रशान्त महासागर

हामी बूढो भयौं । अब निहुँ मात्र खोजिरहेका छौं । हुन त हाम्रो नशा नशामा निहुँ छन् जुन बीउ बनेका छन् । इतिहास कालमा मनुष्य बस्ती कीर्तिपुरमा छन् भन्ने कुरा निशानीमा ग्वापुखू अर्थात गोपालवंशीहरुका पुर्खा कीर्तिपुरमा थिए भन्ने मेटाएर इतिहाससँग निहुँ खोज्यौं । 

कृष्ण, ग्वालाहरु कीर्तिपुर बसेको थियो भन्ने प्रमाण मेटाई दियौं । यो पनि एक प्रकार निहुँ नै हो । त्यसपछी यहीँबाट पशुपतिको उत्खनन भएको यथार्थता पनि किंवदन्ती हुँदा गए चिन्ताको विषय कसैको बनेनन् । र को आए को गए निहुँकै प्रतिबिम्ब स्वरुप एकीकरण युद्धले अझ भनौं निहुँले नै पृथ्वीनारायण शाहले हिंसा हत्याकै आधारशिलामा देश देखाए । माटो, निहुँमै जुटाए । क्षेत्रफल बनाए जस्मा धेरैको निहुँ समावेश थियो । बदला र समर्पणको निहुँ यहिबाट बिजारोपण भयो । 

१०४ वर्षसम्म निहुँले षड्यन्त्रको पोसाक धारण गरे । जहाँ ज्यादती अत्याचारसँगै  सम्पन्न छु भन्ने पराकाष्ठाको नमूना स्वरुप एक बराबर एक मुद्रा मापनसम्म भए । शासकहरुको शान र औकातले शिखर नै चुमे । संसारभरी हामी नेपालीको चर्चा नै भो । निहुँमै भए पनि वीर भयौं । र  १०४ को निहुँ गलत भन्दै अब षड्यन्त्रको होईन् प्रजातन्त्र हुनुपर्छ नौलो निहुँले जन्म लियो । १० वर्ष ठिक जस्तै पनि लाग्यो । तर देशको हित हुने प्रणाली प्रजातन्त्र होईन् भन्ने सोच निहुँ अघि सरेकै कारण पन्चायत निहुँ देखापरे । विकास के हो भन्ने कुरा यहि निहुँ व्यवस्थामा भए । गाउँ फर्क अभियान । पाँच विकास क्षेत्र । पन्च वर्षीय योजना । सडक मार्ग । एक राजाले बनाए । र त्यही राजा सेतो हाती पाल्न असमर्थ भन्दै बुहुदलिय निहुँ रोज्यौं । र त्यो पनि गलत भन्दै ६ वर्ष पश्चात् गणतन्त्रको माग सहित १० वर्षे जनयुद्धको निहुँ बीउ बिजारोपण भयो । 

को कहाँ कसरी मरे बाँचे हिसाबै भएन् । निहुँ सिवाय बाँकी नै भएन् । गरे, गर्न खोजेका स्वार्थहरु निहुँकै रुपमा देखापरे । हिजो राजा हुन्न भन्नेहरू सबै राजा नै बने । राजा बन्न नै सबैले निहुँ खोजेका  रहेछन् । व्यवस्था गणतन्त्र नै भए पनि यो मात्र निहुँ तन्त्र सिवाय अरु केही बनेनन् । शत्रु कमाउन सत्य बोले पुग्ने दिनमा पुग्यौं तर आफ्नो अहम् र स्वार्थ परित्याग गर्न सिकेनौं । फलतः हामी निहुँ तन्त्रकै पुर्खा भयौं । न अब हामीसँग आस्था छ न त सम्मन नै । न इज्जत छ न त स्वाभिमान नै । इतिहासमा हामीलाई कसैले नकार्न नसके पनि वर्तमान हाम्रो घृणायुक्त बनी सकेको छ । काँग्रेसले देश बर्बाद पा¥यो भन्दै नौलो निहुँ सहित कम्युनिस्ट देखापरे । लूट तन्त्र निहुँ योजना बनाई भ्रष्टाचार अत्याचारको सिमा नाघी पारी पुगे । सिमा मिचे पनि मतलब छैन् बलात्कारको खेती भए पनि वास्ता छैन् । मात्र एकले अर्कोलाई होच्याउने हाम्रो दूर्गन्ध थाहा नपाउने, वाचा कसम अरुलाई  सराप्ने मन्त्र बनाउँदै लागे । निहुँ सिवाय अब यो देशमा अरु केही बाँकी छैन् । गोरु बूढो भिर खोज्छ मान्छे बूढो भए निहुँ खोज्छ भन्थ्यो साँच्चिकै हो नै रहेछ । 

र अन्तमा निहुँकै सवालमा  पुर्णतया विशुद्ध खर्च हुने परियोजना हुन त धेरैले देशको आस्थामाथी बिश्वास राखेर बोलेका छन् तर पनि MCC ठिक भन्न मै म लागें । कारण देशकै अवस्थालाई बुझेर भन्दैछु । देशमा उठाउन बाँकी खर्बौ रुपैया छन् तर उठदैन् किन नेता कार्यकर्ताको सर्वप्रिय । जे गर्दा नि नेता नै ठिक कार्यकर्ताले सोच्न सिकेको परिवेशमा MCC ले गलत गर्नासाथ नेता मोह त्याग हुने परियोजना त्यो हो । नेता विरुद्ध जनताले विद्रोह गर्न सक्ने योजना हो त्यो । धर्म आस्थामाथी आघात पु¥याउने विरुद्धको संघर्ष हुनेछ भोलि । निहुँको अन्तिम बिन्दु MCC हुनेथियो । 

देश विरुद्ध गाउँको मोह त्यागी सहर पसेकाहरु विरुद्धको एउटा निहुँ हो । भ्रष्टाचार र बलात्कारलाई सहज मान्नेहरु विरुद्धको निर्णायक निहुँ नै MCC हो । हामी एक छौं हाम्रो स्वाधीनता हाम्रो स्वार्थ भन्दामाथि छ भन्ने एउटा निहुँ थियो त्यो जुन गुमाउनु हुन्न । यो मेरो विचार हो । र हामी दासत्व MCC पछि होईनौं पहिल्यै निहुँ खोजेर भै सकेका छौं । जुन दिन भोकले हामीले आफ्नो आत्मियता त्याग्यौं सम्पन्नताको लोभ घरबार त्याग्यौं । आफन्तमा मन बैरी बनी पस्यौं त्यही दिन हामी मरिसकेका छौं । हामी  मलामी जान बाँकी लास मात्र हौं । र MCC जीवन दिने संघर्ष उद्देश्य एवम् लक्ष्य दिने एउटा निहुँ थियो त्यो पनि चाहिदैन् भन्दै अर्को निहुँ खोज्नु यो देशमा भ्रष्टाचार भई रहोस् भन्नू हो । बन्न पाएको छैन् पुल भत्की रहोस् ठेक्कापट्टामै राष्ट्र जिर्ण होस् चाह त्यही राख्नुहोस् । 

आफ्नो धर्तीमा अरुले बाटो बनाई सकेपछि त्यो गलत हो भनी रहनु राष्ट्रवाद बनी रहनेछ । राष्ट्रको ढुकुटी रित्याएर उत्पादनहिन योजना लादेर वैदेशिक ऋण दोब्बर बनाएर विकास भ्रममा छर्नु त्यही स्विकार्नु हाम्रो नीति बनेकोछ । MCC ती विरुद्ध हो । नेता सुधार्ने योजना पनि हो ।


No comments:

Post a Comment