Friday, September 24, 2021

संस्कृति र सम्पदाको संरक्षण —ज्यापुनी इन्दु, ग्वार्को ललितपुर

 संस्कृति र सम्पदाको संरक्षण —ज्यापुनी इन्दु, ग्वार्को ललितपुर




विभिन्न विधामा समर्पित हुँदै भोका प्राणीहरुलाई खुवाउने कार्यको साथै संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान गर्दै आउनु भएकी समाज सेवी तथा नायीका ज्यापुनी इन्दुसंगको छोटो संवाद 

१.हिजो आज के गर्दै हुनुहुन्छ ?

—सम्पदा संरक्षणको साथै निर्धा निमुखा जनताहरुको भोकमरीलाई जोगाउन सानो पाईला अगाडी बढाउने काममा लागी परेको छु ।

२.सानो पाईलाको उपलब्धी ?

—अहिलेसम्म जिर्ण भएको धेरै सम्पदालाई पुनर्निर्माण गर्ने काम भैरहेको सर्वविदितै छ । अझ जानी जानी नाश गरेको साँस्कृतिक सम्पदालाई पुनर्निर्माण गर्न बांकी छ । कहां कहां छ अध्ययन कार्य जारी छ ।

३.निर्माण कार्य थालनिको लागि अर्थ व्यवस्थापन ?

—जहाँ इच्छा, त्यहिं उपाय, सतकर्ममा लाग्न सकों भन्ने भगवानले पु¥याउँदो रहेछ भन्ने उखान मात्र नभइ सत्य सावित भएको छ । सम्पदा संरक्षण कार्य थालनी भएपछि भगवानरुपी दाताहरु पनि एक पछि अर्को पाउन सहज भयो, कार्य सम्पादनमा बाधा परेन ।

४.समाज सेवा कार्यक्रममा पनि व्यक्तिगत स्वार्थ प्राप्त गर्ने मनसायले आउने गर्छन रे हल्ला सत्य हो ?

—हजुर मानव सबैको एउटै विचार नहुन सक्छ । सामाजिक काममा व्यक्तिगत स्वार्थ राख्न हुँदैन सामुहिक स्वार्थमा लाग्नु जरुरी छ । सबै मिलेर समाजमा मासिएको संस्कृति र सम्पदा निर्माण गर्नु छ । पदको लोभ वर्तमान राजनीतिज्ञलाई मात्र होइन सामाजिक संस्थामा पनि हुँदोरहेछ । हामिले जस्तै भोका नाङगा गरिव जनतालाई राहत दिने काम भैरहेको छ, गरिव जनताहरु जिउने अवसर मिलेको छ, खुसि लाग्छ ।

५.तपाई अभिनय क्षेत्रबाट संन्यास लिनु भएको ?

—सानो पाईला सफल पार्न विश्राम मात्र लिएकी, अभिनय मेरा सबैभन्दा मन पर्ने विधा हो, कहाँ त्याग्न सक्छु र ।

६.तपाईंले के के मा अभिनय गर्नु भयो ?

—टेलि चलचित्र, सर्ट फिल्म, म्यूजिक भिडीयो र नाक आदी

७.उत्कृष्टको नाउँ लिनु पर्दा ?

—सबैमा त्यतिकै मेहेनत गरेकी छु, सबै उत्कृष्ट नै लाग्छ ।

८.मातृभाषालाई कसरी हेर्नुहुन्छ ?

—प्राणभन्दा प्यारो छ । त्यसैले नायक रुपेन श्रेष्ठ र म मिलेर नेपालभाषा उठानको निम्ती नेपालभाषा म्यूजीक भिडियो निर्माणमा सानो सहयोगको स्वरुप हाललाई नगद रु.२५२५÷ प्रदान गर्ने छौं ।

९.अन्तमा ?

—कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति अभिवादन साथै सम्पूर्ण नेपालीको कल्याण होस, जय होस ।

प्रस्तोता ः पवन जोशी


No comments:

Post a Comment