Thursday, September 23, 2021

कीर्तिपुर नगरपालिकालाई भिंतुना÷बधाई

 कीर्तिपुर नगरपालिकालाई भिंतुना/बधाई



कीर्तिपुर सन्देश साप्ताहिक संयुक्तांक ५१२ मा प्रकाशित मिति २०७८ असोज ६ गते बुधवार

किपू नगरपालिकालाई ६ वटा संगठनले सामुहिक रुपमा भिंतुना/बधाई दिने कार्यक्रम मंगलवार सम्पन्न भयो । कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरि आवश्यक कानुन समेत पारित गरी राजपत्रमा प्रकाशित गरेकोले नगरपालिकालाई बधाई कार्यक्रम आयेजना गरेको हो । 


सो कार्यक्रममा कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्न र कानुन बनाउनका लागि नगरपालिकाले गठन गरेको तयारी कार्यदलमा बसी संयोजकको जिम्मेवारी निर्वाह गर्नु भएका श्रीकृष्ण महर्जन, सदस्यहरु नरेश श्रेष्ठ, रामभोला महर्जन, उज्जल महर्जन र सुवर्ण महर्जनलाई धन्यवाद पत्र समेत दिइको थियो । 


कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का रिजाले सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने र ऐन बनाउने मात्र हैन अव कार्यान्वयनको चरणमा आफू र नगरपालिकाले जे गर्नुपर्ने हो त्यो गर्नका लागि तयार रहेको बताउनु भयो । 

      मेयर रमेश महर्जनले विगतदेखि नै सांस्कृतिक सम्पदा क्षेत्रमा नगरपालिकाले कार्य गर्दै आएको बताउदै कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्रको सवालमा ऐन अनुसार कार्य गर्नका लागी सबैसंग सहकार्य गर्दै अघि बढ्ने र तिहार सम्ममा संरचनाहरु निर्माण गर्ने समेत बताउनु भयो । 

  सांस्कृतिक संरक्षित क्षेत्र घोषणा तयारी कार्यदलका संयोजक श्रीकृष्ण महर्जनले कीर्तिपुर नगरपालिकाले जुन ऐन बनाएको छ यो नेपालको आदिवासी जनजातिकै इतिहासमा नयाँ काम भएको बताउदै यो अभियान अन्य नगरपालिकाहरुमा पनि संचालन गर्ने समेत बताउनु भयो । 

   कार्यक्रममा हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठले सुभकामना दिनु भएको थियो । 

नेवाः देय् दबू कीर्तिपुर नगर समिति, हलिं नेवाः गुथि किपू कचा, आदिवासी नेवाः जागरण अभियान कीर्तिपुर, हलिं नेवाः गुथि गःछेँ कचा, नेवाः विद्यार्थी युनियन र हलिं नेवाः गुथि अमल्सी कचाको संयुक्त आयोजनमा बधाई दिने काम भएको हो । 

कीर्तिपुर नगरपालिकाको हलमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य आदिवासी नेवाः जागरण अभियान कीर्तिपुरका अध्यक्ष अर्जुन महर्जनले गर्नु भएको थियो भने हलिं नेवाः गुथि कीर्तिपुर कचाका अध्यक्ष सरल गोपाल महर्जनले संचालन गर्नु भएको थियो । 

कार्यक्रममा हलिं नेवाः गुथि गःछेँ कचाका अध्यक्ष बुद्धिलाल ज्यापुले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सभा अध्यक्ष नेवाः देय् दबू कीर्तिपुरका अध्यक्ष रामभोला महर्जन बन्नु भएको थियो । 

No comments:

Post a Comment