Thursday, October 14, 2021

भडकिलो चियापानको विपक्षमा

भडकिलो चियापानको विपक्षमा 



                         प्रेमकृष्ण श्रेष्ठ 

(चर्चित तथा भाइरल लेखकको रुपमा चिनिएका प्रेमकृष्ण श्रेष्ठ कीर्तिपुर नगरपालिकाको वडा नं ९ को वडा सदस्य पनि हुन् । आगमि स्थानीय चुनावमा वडा नं.९ को अध्यक्षको उम्मेदवार दिन जनताले माग गरिरहेका चर्चित व्यक्ति हुन ।

                आज बिहानै मैले फेसबुकमा एउटा स्टेटस राखेँ– ‘दशैंमा चियापानको पनि प्रमोशन भयो, बधाइ छ चियापानलाई । कतै भोज खाइरहेको तस्वीर देखिन्छ भने कतै छोयला टोकिरहेको । चुनाव लागेर चियाले मुखाकृति फे¥या हो कि ? त्यस्तो भडकिलो÷प्रगतिशील÷परिष्कृत चियापान आफ्नो गोजीबाट एकपटक गरेर देखाऊ ।’ 

             स्टेटस पोष्ट गरेको दश मिनेट पछि एक शुभेच्छृुकले फोन गरी भन्यो, यसरी आफ्नै मित्रमण्डलीबाट गरेको चियापानको विरोध गर्दै हिँड्यो भने सयौं मानिसले आगामी चुनावपछिको वडा अध्यक्ष भन्दै गरेको प्रचार खेर जाला नि ! टिकट नपाउला नि !

        मैले निर्धक्क जवाफ दिएँ, ‘टिकटको स्वार्थमा राजनीतिक धृतराष्ट्रचाहिँ म बन्न सक्दिनँ । गलतलाई गलत भन्न सक्ने हैसियत राख्नुपर्छ ।’

            यो मात्र होइन । केही समयअघि पनि पोष्ट गरेको थिएँ ‘कीर्तिपुरमा दुईथान कार्यालय, दुईथान साइनबोर्ड, दुईथान अध्यक्ष, दुईथान गोष्ठि, दुईथान चियापान, हेक्का रहोस्, आम कार्यकर्ताले चियापानमा चियाको स्वाद थाहै पाएन वा एक थान चियाको थाहा पायो वा दुई थान चियाको फरकै छुटयायो भने थान्नुस्, कीर्तिपुर नगरपालिकामा आगामी स्थानीय चुनावमा एमालेलाई विपक्षीले ० को विरुद्ध ५१ गोल ठोक्न सक्नेछ ।’ 

        म एमालेलाई असाध्यै प्रेम गर्छु । म जे छु, यस्कै कारण छु । मेरो यो शत्रुता चियाप्रति पनि होइन । विचरा निर्जिव चियाको के दोष ? चिया त रोवोट जस्तै हो । मेरो वकालत, चियामा तैरिने कसै कसैको कलुषित अनुहारप्रति हो । चियामा तैरिने झिँगाजस्तो फोहर व्यवस्थाप्रति हो । जनताको करले चियाको भेष फेरि प्रमोटेड सोमरसप्रति हो । यस्तो चियाको म घोर विरोध गर्दछु । शुभकामना आदान प्रदान तथा भाइचारा एक कप चिया र आधा दर्जन विस्कुटमा पनि हुर्काउन सकिन्छ । 



No comments:

Post a Comment