Thursday, October 14, 2021

शान्तीको आभाष मिल्छ

 शान्तीको आभाष मिल्छ 

—नानीमैंया महर्जन, बाफल, काठमाडौं

दुःख र अशान्तीको भुमरीमा शान्तीको आभाषा प्राप्त गर्न चित्त शुद्ध गरेर भक्ती प्रार्थना गर्नु पर्छ एका एक मनको मैलो पखाली आनन्द जिउने वातावरणको श्रृजना हुन्छ भजन गायीका नानीमैंया संगको छोटो संवाद

प्रस्तोता ः पवन जोशी


१.हिजो आज के गर्दै हुनुहुन्छ ?

—विहान बुद्ध भजन गाएर मन शान्त गर्छु । यही मेरो दैनिकी प्रार्थना हो । एक साता अगाडी मैले र मेरो संगीत गुरु मोहनदेवी महर्जनले भिं जुइ मखु स्व हिंसा कर्म गीतको भिजुलाईज गरी हाइलाइट नेवाः यूट्यूव च्यानलबाट प्रशारण भयो । तपाईंहरुले पनि हेरी दिनु हुन अनुरोध गर्दछु ।

२.गीत रिलिज भयो कस्तो प्रतिक्रिया पाउनु भयो ?

—भिडियो हेर्नु हुने सबै दर्शक साथीहरुले सन्देश मुलक बुद्ध भजन गीत अति नै राम्रो प्रतिकृया दिनु भयो । सबैलाई हाम्रो तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

३.कसरी तपाई भजन संगीत कला क्षेत्रमा प्रवेश गर्नु भयो ?

—हाम्रो एउटा सानो पसल थियो विहनदेखि बेलुकासम्म काममा व्यस्त हुनु पर्दा मानसिकनै असन्तुलन हुने गथ्र्यो । चार दिनको जीवनमा कामै काम गरेर जीउनु पर्ने हो र ? जस्तो लाग्छ । मेरो हालत देखेर ज्वाई दिनेश महर्जनले भजन संगीत गुरु मोहनदेवी महर्जनलाई भेट गराई संगीत कलामा गायन शुभारम्भ गराई दिनुभयो । त्यहाँ देखिन मन हलुका हुनुको साथै रियाज कर्म सुरु गर्दै मैले ४ वटा गीत रेकर्ड पनि गरी सकें ।

4.तपाई गायनमा लागे पछि घर परिवार खुसि हुनुहुन्छ ?

—मेरो श्रीमान पनि संगीत कला पुजारी हुनुहुन्छ जव मेरो पहिलो गीत रेकर्ड भयो परिवार सबै खुसिले सिमा नाघ्यो । अहिले रियाजको साथै गीत रेकर्ड गर्दैछु । यहाँहरुले सुनेर प्रतिक्रिया दिनु हुनेछ भन्ने विश्वास लिएको छ ।

५.तपाईं भजन गीत मात्र गाउनु हुन्छ ?

—म स्वरलाई निखारिदै छु पछि आधुनिक गीतहरु शुभारम्भ गर्ने विचारमा छु ।

६.तपाईं अभिनय पनि गर्नु हुन्छ हो ?

—म कलाकार होइन । वरिष्ठ निर्देशक पवन जोशीज्यूले मलाई कलाकार बनाउनु भयो । जसरी वहाँले अभिनय गरेर देखाउनु भयो त्यसको नक्कल मात्र गरेकी छु वस ।

७.अन्तमा ?

—मेरो मनको भावनालाई प्रिय पाठकहरुसम्म पु¥याउनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । मेरो भजन गीलाई माया गर्नुहुन विनम्र अनुरोधका साथै, सबै संगीत प्रेमीहरुलाई विजया दशमी २०७८ को उपलक्ष्यमा मंगलमय शुभ कामना सबैको कल्याण होस ।


No comments:

Post a Comment