Thursday, October 14, 2021

सहज पर्दा शहर, असहज पर्दा गाउँ !

 सहज पर्दा शहर, असहज पर्दा गाउँ !



    
भुकम्प आयो गाउँ फर्किनुपर्ने, नाकाबन्दी भयो गाउँ फर्किनु पर्ने, दशैं आयो त्यहिँ फर्किनुपर्ने, लकडाउन भयो तेहि गाउँ फर्किनुपर्ने। आखिर के खोज्दैछन् मान्छेहरु ?

    गाउँभरी बारी बाँझो छ, मान्छे सबै शहर पस्या छन्।
केवल अनेकौं मौका, रोजगारी र सुविधाको खोजीमा।
    सरकारको भाषणमा थुप्रै योजना भए पनि वास्तविकतामा एकदमै न्यून छन्। राम्रो स्कुल गाउँमै खोल्देउ, राम्रो अस्पताल त्यहिं बनाईदेउ, यातायात सुविधा, बिजुली, ईन्टरनेट सुविधा र रोजगारी गाउँमै सिर्जना गरिदेउ।
सहज पर्दा शहर पसेकाहरु असहज पर्दा;
"आफ्नै गाउँ फर्की आएँ" भन्दै गीत नगाउन् !
    गाउँमै बसेर श्रम गरुन्, पसिना बगाउन्, शहर पस्नुपर्ने र विदेसिनुको बाध्यता अन्त्य गरेर आफ्नै गाउँलाई हराभरा बनाउन् अनि गीत गाउन् ।
अनी फेरी लास्टमा यो नभन्नु कि हामी काठ्माण्डौ उपत्यका नआए भए काठ्माण्डौ बासी भोकै पर्छ । । ।

No comments:

Post a Comment