Friday, October 15, 2021

सलाम छ डा.देवकाजी डंगोल

 सलाम छ डा.देवकाजी डंगोल

एउटा हातले लिने मात्र होइन अर्को हातले दिन पनि जान्नु पर्छ-डा.देवकाजी डंगोल

 

आर डि फाउण्डेशनको बैठकमा अध्यक्षता ग्रहण गर्दै डा. देवकाजी डंगोल




डा. देवकाजी डंगोल, पाँगा कीर्तिपुरमा जन्म भै कतारलाई आफ्नो कर्मथलो बनाउनु भएको थियो । उहाँ कतारमात्र होइन, नेपालीहरुको सपनाको देश अमेरिकाको पनि ग्रीन कार्ड होल्डर हुनुहुन्छ । तर उहाँ अमेरिकी नागरिक बन्नुभएन । उहाँ एन आर एन एका संस्थापक उपाध्यक्ष हुनुहुन्छ । उहाँ जहाँ भए पनि आफ्नो मातृभाषा र आफ्नो देशलाई कहिल्यै बिर्सनु भएन । उहाँले कतारमा नेपाली दुतावास खुल्नुभन्दा अगाडी अवैतनिक राजदुतजस्तै भएर काम गर्नु भयो । उहाँले त्यहाँ नेवाः पुचः कतार खोल्न लगाउनु भयो । त्यसको संस्थापक हुनु भयो । कतारमा धिमे बाजा बजाउनको लागि उहाँले नेपालबाट धिमे बाजा लगेर हाम्रो संस्कृतिको पहिचान दिनुभयो । 

नेपाल टुहुरा कल्याण संघ चलाउँदाको बखत डा.देवकाजी डंगोल र म
उहाँले कतारमा बसेर पनि पाँगा कीर्तिपुरको सांस्कृतिक बाजागाजाको जगेर्ना गर्न, मन्दिर निर्माण र जिर्णोद्धार गर्न सहयोग गर्दै आइरहनु भएको छ । उहाँ सानै छंदा उहाँको बाबु इन्द्रवीर डंगोलको देहावसान भयो । उहाँको चार जना दाजु भाइ र दुइजना दिदी बहिनी हुनुहुन्छ । 

अकल माया खडगी

घरमा खानको लागि अन्नको कमि थिएन । तर पैसाको अभाव थियो । उहाँ भन्नुहुन्छ बालककालमा अरुहरुको नयाँ लुगा हुन्थ्यो, नयाँ कलम हुन्थ्यो । उहाँले आमासँग माग्दा तिम्रो बाबु भएको भए तिमीले सबैथोक पाउथ्यौं, हामीसँग पैसा छैन के गर्ने ? आमाको यो बचनले उहाँको मनमा ठूलो चोट प¥यो । उहाँको आमा रामदेवी डंगोलले उहाँलाई जस्तोसुकै दुःख भए पनि पढाउनु भयो । अरुको बाबुले माया गर्दा उहाँलाई पनि बाबुको मायाको आशा हुन्थ्यो । बाबुको अभावमा आपूmले कति दुःख कष्ट सहनु प¥यो उहाँलाई थाहा छ । 

२०७२ सालको भूकम्पले घर भत्काएपछि एउटा विदेशी संस्थाले बनाईदिएको एक तल्ले घर जहाँ छिडिमा अकल माया बस्नुहुन्छ ।

डा. देवकाजी भन्नुहुन्छ, “भगवानले हामीलाई दुईटा हात दिएको छ । एउटा हातले लिने हो भने अर्को हातले दिन पनि जान्नुपर्छ ।” 
यही नीति अनुसार असहाय दीर्घ रोगी अकल मायालाई सहयोग रकम प्रदान गर्न मलाई पठाउनु भयो

त्यही भएर उहाँले आजभन्दा २० वर्ष पहिले देखि नेपाल टुहुरा कल्याण संघ नामको संस्था खोलेर असहाय बाल बालिकाहरुको सहयोग गर्दै आइरहनु भएको छ । बाबु नभएका बच्चाहरुलाई स्कुलको फिस तिर्ने, स्कूल पोशाक, नयाँ किताव, कापी कलम, ब्याग स्कुलमा पढन जे जति चाहिन्छ सबै दिनुहुन्थ्यो । 

तत्कालीन नेपाल टुहुरा कल्याण संघका पदाधिकारीहरु
सन २००९ मा NRNA का संस्थापक अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा १२ औं बार्षिक कार्यक्रम हुँदाको एक झलक

सन २००९ मा NRNA  का संस्थापक जीवा लामिछाने नवर्गको १२ औं बार्षिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै 
सन २००९ मा नेपाल टुहुरा कल्याण संघको १२ औं साधारण सभामा सभापतिको आशनबाट मन्तव्य राख्नुहुँदै डा.देवकाजी डंगोल

संस्थाको १२ औं साधारण सभामा पाँगास्थित कृष्ण सिने भिजन हलमा उपस्थित आमन्त्रित पाहुनाहरु
पाहुनाहरुको साथमा नेपाल टुहुरा कल्याण संघमा आवद्ध बालबालिकाहरु

अहिलेसम्म १५० जना भन्दा बढीलाई शिक्षा क्षेत्रमा सहयोग गर्नुभयो । त्यसमध्ये कति जना त आज इन्जिनियर, नर्स भएका छन । कति जना राम्रो रोजगार प्राप्त गरीरहेका छन । असहाय बालबालिकाले “नेपाल टुहुरा कल्याण संघ” नाममा अलि अप्ठ्यारो महसुस गरेका कारण अहिले डा. देवकाजी डंगोलले “आर.डि.फाउण्डेशन” नामको संस्था खोलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न लाग्नु भएका छन ।

आर.डि.फाउण्डेशनका अध्यक्ष डा.देवकाजी डंगोल, उपाध्यक्ष ई.दुर्कमान महर्जन, सचिव ज्ञानुराजा महर्जन, कोषाध्यक्ष नजरराम महर्जन सदस्यहरुमा प्रा.डा.धर्मराज डंगोल, अरुण डंगोल, उषा के.सि हुनुहुन्छ ।

समाजसेवामा हरदम लागिरहनु भएका समाजसेवी डा. देवकाजी डंगोलले कीर्तिपुर नगरपालिका वडा नं.५ धुसि टोलका असक्त विरामी अकल माया खडगीलाई औषधीको लागि सहयोग गर्दै आइरहनु भएको छ । अकल माया खडगी विधवा महिला हुन । उहाँको छोरा कहाँ छन थाहा छैन । एउटी कान्छी छोरी मात्र उनीसित बस्छिन । उनलाई असाध्य रोग लागेको छ । सो रोगको औषधी नगरपालिकाले पनि दिंदैन । त्यसैले उनले यताउता, छोरीहरुसँग सहयोग मागी औषधी खाइरहकी थिइन ।

प्रमुख अतिथि उपेन्द्र महत मन्तव्य राख्नुहुँदै । डा. देवकाजी डंगोलको राम्रो कदममा संधै साथ दिने वचन दिनुहुँदै

           उनको बारेमा मैले डा. देवकाजी डंगोललाई सविस्तार बताएँ । मैले सहयोग माग्नु भन्दा पहिल्यै उहाँले ‘ल उहाँको औषधीको लागि चाहिने पैसा हामी दिन्छौं” भन्नुभयो । विगत ३ महिनादेखि उहाँलाई मेरो मार्फत औषधी खर्च दिइरहनु भएको छ । अकल माया खडगीले उहाँलाई सहयोग गर्नुहुने डा.देवकाजी डंगोललाई भेट्न चाहनु भएको छ । छिट्टै भेट गराई दिन्छु भनेर आएँ । डा. देवकाजी डंगोल भन्नुहुन्छ, “ढुंगाको देउतालाई पुजा गर्नुभन्दा गरीव दुःखीको पुजा गरौं, सेवा गरौं, आपूmमात्र खाउँ, आपूmमात्र लाउँ भन्ने होइन, मन्दिरमा गएर भेटी चढाउनुभन्दा दिन दुःखीलाई सहयोग गरौं । मानविय सेवा नै धर्म हो । आपूmले जन्माएका मात्र आफ्नो सन्तान होइन, यस धरतीमा जन्म लिएका प्रत्येक बालबालिका आफ्नै ठानी माया स्नेह दिनुपर्छ ।” यस्तो महान विचारका धनी डा.देवकाजी डंगोललाई सलाम गर्छु म ।


No comments:

Post a Comment