Friday, October 15, 2021

‘कीर्तिपुर नगरपालिकामा प्रेमकृष्ण श्रेष्ठको यति धेरै किन चर्चा भयो ?’

 ‘कीर्तिपुर नगरपालिकामा प्रेमकृष्ण श्रेष्ठको यति धेरै किन चर्चा भयो ?’ 


विवेक श्रेष्ठ 

कीर्तिपुर नगरपालिकामा बहालवाला जनप्रतिनिधिहरूलाई मतदाताले निकै घृणा गर्न थालेको बेलामा भने वडा नं ९ का वडा सदस्य प्रेमकृष्ण श्रेष्ठलाई भने सयौं मतदाताले भावि वडा अध्यक्ष भनी लेख्न थालेको देख्दा ममा पनि निकै उत्सुकता बढयो । मैले पनि जिस्काउने हेतु, भावि वडा अध्यक्ष भनि एउटा स्टेटस थपिहालेँ । स्टेटस राखेको एक घण्टापछि, मलाई फोन गरेर उनले त्यस्तो नलेख्नको लागि अनुरोध गरे । 

      पहिला त कृतिम र सस्तो लोकप्रियताको लागि यस्तो प्रचारवाजि हो कि भनि ठानेको थिएँ । पछि बुझ्दै जाँदा जनस्तरमै स्वतःस्फुर्त आएको थाहा पाइहालेँ । सहयोगमा निकै तत्पर हुने, बौद्धिकता, प्रख्याति, सृजनशीलता, लोभ लालचमा कमि आदि कारणले गर्दा नै यस्तो आवाज उठेको हो भनी ठोकुवा गरेँ । कीर्तिपुर संदेशका प्रकाशकको पछि एउटा स्टेटस पढेर झन सम्मान बृद्धि भयो । 

     हालै मेरै अगाडि नगाउँ दोबाटोको चियापसलमा चिया खान आएका, त्रिविका दुई प्राध्यापकले उनलाई ‘तपाईले अर्कोपालि वडा अध्यक्ष होइन, मेयर नै ताक्नुस, तपाईको हाराहारिमा कीर्तिपुरमा कोही छैन । भन्नुस त तपाई जति पपुलर को छ र नगर सभामा ?’ भनेर प्रश्न गरेको बेला, शिष्ट भाषामा ‘मैले त्यस्तो महत्वाकाँक्षा राखेको छैन । म भन्दा योग्य ब्यक्ति आयो भने म वडा सदस्य पनि छोडेर सल्लाहकारमा बस्ने हो’ भनेर जवाफ दिँदा ती दुई प्राध्यापक निकै प्रभावित भएका थिए । 

          ३००० भन्दा बढी लेख रचनाका रचनकार उनमा घमण्ड पटक्कै पाइँदैन । म त्रिविमा सेवा प्रवेश गर्नु अगाडि उनीसित मेरो राम्रै सम्वन्ध थियो । गीत लेख्दै हिँडथ्यो, ठूल्ठूला गायकले नै गीत मागेर घरसम्म आउथे । चित्रकला, साहित्य, संगितमा औधि रुचि भएका उनले राजनीतिमा भने खासै रुचि राखेको थिएन । पछि कर्मको व्यस्तताले अलि टाढिएँ । पछिल्लो पटक उनीसित जोडिएको भनेको समाजसाथै सामाजिक सञ्जालमा उनको चर्चा हुन थालेपछि मात्र हो । 

            ‘लौ देखिस मलाई फ्र्रै्रन्ड रिक्वेस्ट कस्ताको आउँछ’ भनेर कमरेड घनश्याम भुषालले साथी प्रस्ताव पठाएको देखाएको थियो । तिमीले चिन्छौ भनेर सोध्दा अहँ म ब्यक्तिगत रुपमा उहाँलाई चिन्दिनँ भनेका थिए । कसरी प्रस्ताव आयो भनेर सोध्दा तीन दिनअघि सुरेन्द्र मानान्धरले मेरो एउटा लेख ‘कीर्तिपुर अर्थात सानो नेपाल’ भन्ने सेयर गरेको थियो । त्यसैको प्रभाव हो कि भनी हाँसेका थिए । 

             सबै भन्दा पहिला खुट्टा तान्ने नै साथी हो भन्छन् तर म उनको लागि अर्को चुनावमा जस्तो साथ दिन नि तयार छु । म मात्र होइन, हजारौँ मतदाता तयार अवस्थामा रहेको मैले देखेको छु । यति पपुलर जनप्रनिनिधि मैले आजसम्म कीर्तिपुरको इतिहासमा भेटाएको छैन । कहिलेकाँही ईश्या पनि लाग्छ । 


No comments:

Post a Comment