Friday, October 21, 2016

हिलटाउन स्कुलमा हिट्स टालेन्ट शो —२०७३

हिलटाउन स्कुलमा हिट्स टालेन्ट शो —२०७३








हिलटाउन मा.वि. कीर्तिपुरमा गत असोज २१ गते शुक्रवार The Hits Talent—Kids को आयोजना गरियो । कक्षा के.जी.देखि १ सम्म र कक्षा २ देखि ४ सम्म गरी दुई समूहमा विभाजन गरिएको थियो । सो कार्यक्रमको दुवै समूहमा २०–२० जना प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका थिए । यी प्रतिस्पर्धीहरु गत असोज ९ गते सम्पन्न भएको छनोट चरणबाट छानिएका हुन । 

विभिन्न संस्कृति, व्यक्ति विशेष वा पेशा झल्काउने पहिरनमा प्रस्तुत भएका ती प्रतिस्पर्धीहरुको पहिलो चरणमा आफ्नो व्यक्तिगत तथा आपूmले प्रतिनिधित्व गरेको पेशा, व्यक्ति वा पहिरनको परिचय दिएका थिए । सो परिचय प्रस्तुतिको आधारमा निर्णायकहरुले दुवै समूहमा ७–७ जना अन्तिम चरणका लागि छनोट गरेका थिए ।

ती अन्तिम प्रतिस्पर्धीहरुलाई निर्णायक मण्डलका सदस्यहरुले पालैपालो प्रश्न सोधेका थिए । उत्तर प्रस्तुती Confidence आदिका आधारमा Title Award, The most talented को छनोट गरियो । जसको विजेताहरु पहिलो समूहबाट मुखु महर्जन —कक्षा १  तथा रोज महर्जन—कक्षा ४  
हुनुहुन्थ्यो । यसैगरी निम्न विद्यार्थीहरुले विभिन्न विधाका Title जित्न सफल भएका थिए ।

1.Best Dress - Shejal Upreti -UKG, Sakchhyam Maharjan - 3, 

2.Best Photogenic -Phonik Maharjan -LKG, Nilish Maharjan -4

3.Best Smile- Tisa Malakar 1, Ebinisha Shrestha -3

4.Best Personality -Ritika Maharjan -Ukg, Sichu Maharjan -3

5.Most Friendly - Divya Maharjan -UKG, Hyupa Maharjan -4

6.Most Diciplined - Khusi Maharjan -1, Lakash Shakya - 4 

7.Most confident - Mukhu Maharjan -UKG, Aaron Maharjan - 4

सो कार्यक्रममा विद्यालयका भू.पु. विद्यार्थीहरु सन्तोष महर्जन, अमन महर्जन, स्वर्णिम शाक्य, सुज महर्जन र दिर्मिला महर्जन निर्णायकमा हुनुहुन्थ्यो । जो विभिन्न क्षेत्र तथा संघसंस्थाहरुमा संलग्न भई सफलता प्राप्त गर्न सफल भईसक्नु भएको छ । कार्यक्रममा Dashai Fista को क्रममा विभिन्न गीत, नृत्य, कविता आदिको पनि प्रस्तुत गरिएको थियो । अन्त्यमा सम्पूर्ण विजेताहरुलाई Sponcer Teacher द्वारा पुरस्कृत गरिएको थियो ।

सोहि दिन १२ औं दक्षिण एशियाली खेलकुद जुडोकी स्वर्णपदक विजेता खेलाडी फुपुल्हामु खत्रीलाई विद्यालयका अध्यक्ष हिराकाजी महर्जनले सम्मान पत्र, प्रिन्सिपल राजन तन्डुकारले नगद रु.५ हजार सहित सम्मान गरिएको थियो ।

No comments:

Post a Comment