Friday, October 21, 2016

शिप अन्वेषण तथा सिर्जनशिलतामा दुई जना नेपाली चेलीहरुलाई अन्तरराष्ट्रिय पुरस्कार

शिप अन्वेषण तथा सिर्जनशिलतामा दुई जना नेपाली चेलीहरुलाई अन्तरराष्ट्रिय पुरस्कार






कीतिपुर सन्देश÷
ग्रामिण जीवनमा महिला सिर्जनशिलता ९ध्यmबल अचभबतष्खष्तथ ष्ल चगचब िषिभ० मा नमूना काम गर्ने नेपालका २ चेलीलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन सफल भएकी तुलसा ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नु भएकी पश्चिम नेपालकी निर्मलादेवी थारु चौधरी ले अवार्ड प्राप्त गर्न सफल हुनुभएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यही अक्टोवर १५ असोज २९ गते कीर्तिपुरको राराहिल मेमोरियल स्कुलको हलमा प्रोलोनिभाले एक कार्यक्रम गरी पुरस्कार विजेता तुलसा ज्ञवालीलाई पुरस्कार वितरण गरिएको छ । उक्त पुरस्कारको राशि एक हजार डलर रहेको छ ।

स्थानीय अन्वेषण प्रवद्र्धन नेपाल सचिवालय, प्राकृतिक विज्ञान संग्रहालय नेपालका राष्ट्रिय संयोजक प्रा.डा. धर्मराज डंगोलको सभापतित्वमा, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गर्नु भएको थियो । अन्य अतिथिहरुमा प्रा.डा. शिवशरण महर्जन, प्रा.डा.चन्द्रमान बज्राचार्य, राराहिल स्कुलका प्रिन्सिपल जगत वहादुर महर्जन, पाँगा महिला बचतका सचिव चन्द्रमाया महर्जन र कीर्तिपुर महिला संजालकी सुनिता शाक्य रहनु भएको थियो ।

दिपा महर्जनले संचालन गर्नु भएको उक्त कार्यक्रममा सलिना महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो ।
पुरस्कृत तुलसी ज्ञवालीले उहाँले गर्नुभएको कामको प्रोजेक्टर मार्फत स्लाईड शो गरिएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रा.डा. धर्मराज डंगोलले गर्नु भएको सहयोगप्रति आभार व्यक्त गर्नु भयो ।

उहाँको प्रस्तुति पछि शुभकामना मन्तव्य दिनेहरुमा जगत वहादुर महर्जन, चन्द्रमाया महर्जन, सुनिता शाक्य, नीलकण्ठ अमात्य, प्रा.डा. चन्द्रमान बज्राचार्य हुनुहुन्थ्यो । सबैले तुलसी ज्ञवालीको कामको प्रशंसा गर्नुका साथै उहाँलाई परिचय गराउने र पुरस्कारको लागि सिफारिस गर्नु हुने प्रा.डा. धर्मराज डंगोललाई धन्यवाद दिनुभयो ।
प्रमुख अतिथि त्रि.वि. शिक्षाध्यक्ष सुधा त्रिपाठीले अवसर पाएमा नेपाली महिलाले पनि विश्व सामु प्रतिस्पर्धा गर्न सकिन्छ । यसमा एक्लो महिलाको मात्र योगदान रहँदैन घरका मानिसहरुको पनि साथ र समर्थन चाहिन्छ भन्नुहुँदै उहाँलाई हरेक किसिमले सहयोग गर्नु हुने उहाँका श्रीमान कपिल ज्ञवालीलाई पनि धन्यवाद दिनुभएको थियो ।

त्यस अवसरमा तुलसी ज्ञवालीले उपयुक्त ठाउँमा नभएको वस्तु, प्रयोग गर्न नजानेको वस्तु, अथवा उपयोग गर्न नसकिएको वस्तु नै फोहर हो भनी फोहरको परिभाषा दिनुभयो ।

उहाँले प्रकृतिको आधारमा फोहरलाई जैविक र अजैविक दुई किसिममा वर्गिकरण गर्नुभयो । फोहर वर्गीकरणबाट हुने फाईदाहरु यसरी प्रस्तुत गर्नुभयो कि फोहरको मात्रा घट्छ । प्रदुषित खोला नालामा सुन्दरता आउँछ । वातावरणमा सुधार आउँछ । जनस्वास्थ्यमाथिको जोखिममा कमी आउँछ । फोहरको सदुपयोग गरेर आम्दानी लिन सकिन्छ ।

फोहर व्यवस्थापनमा उहाँले गरिएको प्रयासको बारेमा पनि बताउनुभयो जुन यस प्रकार छन् ।
कम्पोष्ट च्याम्बरको निर्माण, कम्पोष्ट रिङ परिकल्पना निर्माण तथा बिस्तार । जैविक फोहरबाट उत्पादित कम्पोष्ट मल र कौसी खेती विस्तार ।

पुनः प्रयोगीय प्लाष्टिकबाट घरायसी उपयोग तथा सजावटका सामान बारे तालिम तथा निर्माण ।
घरायसी फोहर व्यवस्थापनका लागि टोल सुधार समितिसंग समन्वय । जनचेतना मुलक सरसफाई कार्यक्रमहरु संचालन रहेका छन ।

उहाँले राज्य पक्षलाई पनि केही सुझावहरु दिनु भएको छ ।
—राज्यले एक घर एक फोहर बनाउने कम्पोष्ट बिन वा कम्पोष्ट रिङ उपलब्ध गराउनु पर्ने ।
—घरको नक्सा पास गर्दा कम्पोष्ट रिङ अनिवार्य गराउने ।
—नगरपालिकाले फोहर संकलन गर्दा कम्तिमा जैविक फोहर मैला घरहरुबाट नउठाउने तरिका अपनाउनु पर्छ ।
— घरहरुबाट नै फोहरको वर्गिकरण गर्ने प्रत्येक घरका सदस्यहरुलाई तालिम दिई उत्प्रेरणा जगाउनु पर्छ ।
—सब्जीमन्डी, फलपूmलमन्डीबाट आएका फोहरलाई बायोग्यास च्याम्बर बनाउन प्रेरित गर्ने । —पशुवधशालाको निर्माण गरी यसबाट आएको फोहरलाई बायोग्यास बनाउन प्रयोग गर्ने ।
—प्रत्येक अस्पतालहरुबाट आउने फोहरलाई इन्सीनेटरको माध्यमबाट व्यवस्थापन गर्नेतिर लाग्ने ।
— घरेलु फोहर व्यवस्थापन तथा घर घरमा करेसाबारी कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउनु पर्छ ।

No comments:

Post a Comment