Thursday, October 20, 2016

कीर्तिपुरमा छैठौं कीर्तिपुर नगरव्यापी वडा स्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता –२०७३ हुने

कीर्तिपुरमा छैठौं कीर्तिपुर नगरव्यापी वडा स्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता –२०७३ हुने




कीर्तिपुर सन्देश /
कीर्तिपुरमा भरखरै स्थापना भएको कीर्तिपुर बास्केटबल एकेडेमीले कीर्तिपुर नगरपालिकाको सहयोगमा यही कार्तिक ८ गतेदेखि १५ गतेसम्म छैंठौं कीर्तिपुर नगरव्यापी वडा स्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

उक्त प्रतियोगिताको बारेमा जानकारी दिन एकेडेमीले कार्तिक ३ गते विहान पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उक्त पत्रकार सम्मेलनमा वितररित प्रेस विज्ञप्ति अनुसार कीर्तिपुर क्षेत्र बास्केटबलमा निकै अग्रसर रहेको छ ।

नयाँबजार क्लबको स्थापनासँगै कीर्तिपुरमा बास्केटबल खेलले तिब्रता पाएको थियो । जसका खेलाडीहरु अहिले राष्ट्रियस्तरको प्रशिक्षकको साथै रेफ्रि समेत बन्न सफल भएको छ ।

यहाँका खेलाडीहरुले विभिन्न स्कुल तथा कलेजहरुमा प्रशिक्षकको रुपमा कार्यरत छन । हाल आएर बास्केटबलको विकास र विस्तारमा केही सुस्तता आएको अनुभव गरी बास्केटबलको विकासको लागि, बास्केटबल खेल क्षेत्रमा काम गरिरहेका कीर्तिपुर भेगका सबै प्रशिक्षक, खेलाडी, रेफ्रिहरुलाई एकत्रित गरी यस कीर्तिपुर बास्केटबल एकेडेमीको स्थापना गरेको हो । जसमा
अध्यक्षः विजय प्रकाश महर्जन,
उपाध्यक्ष रविन्द्र मान महर्जन,
सचिवः विकु महर्जन,
उपसचिवः सन्देश महर्जन,
कोषाध्यक्ष ः रज्जु महर्जन,
सदस्यहरुमा अजित महर्जन,
सोमेन महर्जन,
प्रशेस महर्जन,
राजन महर्जन रहनु भएको छ ।

उक्त खेलमा पुरुषतर्फ ५/५ जना र महिलातर्फ ३/३ जनाको खेल विधि अनुसार खेल संचालन गरिने जनाइएको छ । प्रतियोगितामा भाग लिने टिमहरुले पुरुष तर्फ प्रवेश शुल्क रु.१५००/ र महिलातर्फ रु.५००/ लिने जनाइएको छ ।
सोही अवसरमा पोखरामा कार्तिक ४ गतेदेखि हुन गइरहेको खुल्ला राष्ट्रिय भेट्रान पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने १२ जना खेलाडीहरुका साथै प्रशिक्षक, व्यवस्थापकलाई विदाई तथा शुभकामना दिइएको हो ।
पोखरामा बास्केटबल खेल्न जाने टिमको नाम कीर्तिपुर टाइगर राखिएको छ । जस्को क्याप्टेन किरण महर्जन, राजमान सिंह, विजय प्रकाश महर्जन, राजकुमार महर्जन, नविन महर्जन, नवराज बानिया, शम्भु महर्जन, विभिसेन महर्जन, दिनेश चन्द्र नकर्मि, ईश्वरमुनि बज्राचार्य हुनुहुन्छ । कोच मोहन भक्त महर्जन र व्यवस्थापकमा रविन्द्र महर्जन रहनु भएको छ ।

No comments:

Post a Comment