Wednesday, October 19, 2016

जेल डायरिको १० औं भाग —२०६७ असोज २१ गते भद्रवन्दी गृहमा पहिलो रात



ूबलिको बोको झैू दुई जना महिला प्रहरीहरूको साथमा ट्याक्सीमा बसेर गयौं ।

“तपाईंलाई अदालतका मानिसले माया गरेको छ । यो सेन्ट्रल जेलको भद्रवन्दी गृह अरु जेलभन्दा साहै्र
राम्रो छ । त्यहाँ त तपाईंलाई बृद्धाश्रममा बसेको जस्तो आराम हुन्छ ।” एउटी महिला प्रहरीले भनिन ।

“जेल पनि कति राम्रो होला र ! पहिले कहिल्यै बसेको भए पो थाहा हुन्छ ।” मैले भनें ।

सेन्ट्रल जेलको अगाडि ट्याक्सी रोकेर मलाई उतारियो । पूर्जि लिएका प्रहरी विभिन्न अफिसमा धाउँदै आइन । अन्तमा मलाई भद्रवन्दी गृहको बाहिर गेटबाटभित्र लगे । भित्र बसेका मानिसहरूलाई मेरो जिम्मा लगाईयो ।

     गेट भन्दा ४ चार फुट अगाडि सिक्रिले बाटो छेकी राखेको छ । सिक्रि तलसम्म लतरिएको थियो । म त्यो सिकि नाघेर गएँ । एक जना मानिसले मलाई खाउँलाझै हे¥यो । मेरो पछाडि आउने मानिसले त्यो सिक्रि उठाएर सिकि मुनिबाट भित्र पस्यो । फलामे सिक्रिभन्दा भित्र राखेर मेरो हतकडी खोली दियो । अनि ती महिला प्रहरीहरू फर्के । सिक्रीभन्दा भित्रतिरका मानिसहरूले मेरो शरीरको खानतलाशी लिए । त्यसपछि एक जना मानिससँग पहेंलो ढोकाबाट भित्र छिरायो । त्यसपछि अर्को नीलो ढोका रहेछ । त्यो ढोकाबाट पनि भित्र लग्यो । अब मलाई के गर्ने होला रु के हुने होला भनेर मनमा पीर पर्न थाल्यो ।

ढोकाभित्र मानिसहरू यताउता गरिरहेका थिए । ढोकाको सिधा एउटा पसल रहेछ । पसलनिर एउटा भित्ते घडी राखिएको थियो । जसमा साँझ पाँच बजेको देखाइरहेको छ । एक जना मोटाघाटा जवान केटा आयो ।

“यहाँ एकछिन उभिऊ” उसले मलाई भन्यो । मेरो उचाईको नाप लिन लागेको होला भनेर सिधा उभिएँ ।

त्यतिकैमा माईकबाट मेरो नाम बोलायो । किन बोलाएको होला रु एक जना मानिसले मलाई बाहिर लग्यो । बाहिर भान्जा राजुमान आएको रहेछ । त्यतिबेला भेटघाटको समय सकिएको थियो । ऊ प्रहरी स.ई.भएकोले मात्र भेट गर्न दिएको रहेछ । उसले मेरो औषधी ल्याएको रहेछ । त्यो औषधी मेरो हातमा दिन दिएन । जेलका मान्छेहरूले नै लियो र भन्यो, “भित्र अस्पताल छ । औषधी खानेबेला त्यहा गएर खाने ।”

राजु सग छुट्टिएर भित्र आए । कपाल पालेको केटाले मलाई लिएर गयो । त्यहा एउटा घरको भित्तामा ठूलो चेौकीको ब्यानर राखिएको थियो । त्यसमा कलात्मक रूपले लेखिराखेको थियो ।

“विचारमा तिमी जति महान छौं, व्यवहारमा त्यो भन्दा महान बन्न सिक
त्यही मानिस धार्मिक हुन्छ, जो अर्काको निमित्त त्याग गर्नसक्छ
मानव सेवाबाटै ईश्वरको दर्शन पाइन्छ ।
हरेक क्षण भगवानको नामलाई बिर्सन हुदैन ।”

त्यसको ठीक उत्तरपट्टिको घरको भित्तामा एउटा सानो साईनबोर्ड राखिएको थियो ।
जसमा लेखिराखेको थियो ।
आन्तरिक प्रशासन— भद्र क्लिनिक
खुल्ने समयः—विहान ७ देखि ११, दिउसो २ देखि ३, साझ ५ देखि ८ सम्म । आकस्मिक सेवाको लागि २४ घण्टा खुल्ला रहने छ ।

त्यहाबाट अलिकति अगाडि गएपछि एक तल्ले एउटा मन्दिर थियो । सिंगमरमर र सेतो टायलले छापि राखिएको थियो । त्यो महादेव मन्दिर रहेछ । मन्दिर नाघेर गएपछि अलि तल कर्कट पाताको टहरा थियो । त्यही टहराको कर्कटपाताको बिचबाट एउटा हलुवावेदको रूख बाहिर निस्केको थियो । जसमा लटरम्म पहेंलो हलुवावेद फलेको थियो । त्यसपछि एउटा भोगतीको बोट थियो । हरियो भोगती पनि लटरम्म फली राखेको थियो । भोगतीको बोझले रूख भाँच्ला भनेर काठको टेवा दिइराखेको थियो । त्यसपछि ढोका नभएको कर्कटपाताको छाना भएको एउटा टहरा थियो । त्यहाँ टेलिभिजन चलाई राखेको थियो । दुईटा घरको बीचमा नौ फुटको बाटो थियो । दोश्रो घरको भुईं तल्लामा लग्यो । त्यो कोठाको बाहिर बरण्डामा मानिसहरू स्टोव बालेर खाना बनाईरहेका थिए । कोही तरकारी पकाईरहेका थिए । कोही मासु पकाईरहेका, कोही रोटी बनाईरहेका, कोही भात पकाईरहेका थिए । भित्र कोठामा बस्नेहरूले खाने होला भन्ठानें । त्यही बरण्डाबाट हिंडाएर एउटा कोठामा लग्यो ।

           एउटा लामो कोठा जहाँ लाइन का लाइन बिछ्यौना बिछ्याइराखेका थिए । पूर्व र पश्चिम दुई दिशामा अरूभन्दा अलि अग्लो खात राखिएका थिए । पश्चिमतिरको खातमा एकजना सांवला रंगको अन्दाजी ३०र३२ वर्ष उमेरको मोटाघाटो खाइलाग्दो जिउ भएको युवक बसिरहेको थियो । उसले पनि कपाल पालीराखेको थियो । हेर्दाखेरि नै डरलाग्दो देखिन्थ्यो ।

“ल, तपाईंहरू सबैजना बाहिर जानुहोस् ।” मलाई भित्र लाने बित्तिक्कै त्यो कोठामा बसिरहेका अरू मानिसहरूलाई कोठाबाट बाहिर पठायो । अब मलाई पिट्ने हो कि भनेर डर लाग्यो । दुईजना कपाल पालेका केटाहरू आए । म सिधा उभिरहें । एक जना केटाले एउटा रजिस्टरमा मेरो नाम ठेगाना र मुद्दाको किसिम लेख्यो । अनि एउटा सानो टुक्रा कागजमा पनि लेख्यो । त्यहाँ उभिंदा उभिंदै मेरो कम्मर दुख्यो ।

“म एकछिन बसूं कि रु” मैले सोधें । हुन्छ बस भन्यो । म टुकुरुक्क बसें ।

त्यतिकैमा अरू दुईजना केटाहरू पनि ल्यायो । एकजना मधिशे केटा अन्दाजी २५ वर्षको होला । उसको नाम सुरेश साह रहेछ । ऊ पनि जवरजस्ती करणी उद्योग मुद्दामा आएको रहेछ । अर्को गोरो नेवार केटा रहेछ । उसको नाम दिलकृष्ण शाही रहेछ । उसलाई ज्यानमार्ने उद्योग अभियोग लगाएको रहेछ ।

“ल, तीन जना आम्दानी लेख्नु । अब जम्मा पाँच सय सरचालीस भयो ।” नाईके टाईपको मान्छेले भन्यो ।
हाम्रो परिचय र मुद्दाको किसिम सबै लेखीसकेपछि त्यो मोटोघाटो कपाल पालेको केटाले हामीलाई सम्झाउन थाल्यो— “तपाईंहरूले जतिसुकै पढेलेखेको भए पनि, तपाईं जतिसुकै धनि भए पनि, जतिसुकै ठूलो पदको मान्छे भए पनि यहाँ भित्र पसेपछि सबै कैदी बन्दी हुन् । सबै कैदी बन्दीहरू बराबर हुन् । यहाँ भित्र प्रहरीको काम छैन । यहाँ भित्र हामी कैदीहरूको आफ्नै आन्तरिक प्रशासन छ । आन्तरिक प्रशासन चलाउने र सहयोग गर्नेहरूलाई स्टाफ भन्छन । अरू सबैजना पब्लिक हुन् । यहाँ हाम्रो आफ्नै नियम र कानून छ । सबैले मान्नुपर्छ । हाम्रो नियम कानून नमान्ने मान्छे यहाँबाट जिउँदो बाहिर निस्कुंला भनेर नसोचे पनि हुन्छ । कानून उल्लंघन गर्नेलाई आँखामा पत्ति बाँधेर ठूलो बोरामा कोचेर चार पाँच जनाले लौरोले पिट्छन् । त्यो पिटाई कहाँ पर्छ, के हुन्छ मतलब हुँदैन ।”

 उसको कुरा सुनेर मेरो जिउनै सिरिंग भयो ।

“यहा थुक्ने, मुत्ने, हग्ने अलगअलग ठाउँ छन । जहाँ पायो त्यहाँ थुक्न पाईंदैन । दिसा बस्ने ठाउँमा पानी नलिइकन जान पाईंदैन । पिशाव गर्ने ठाउँ अलग्गै छ । त्यहाँ सुर्ती, खैनी, खकार, सिंगान फाल्न पाईंदैन । यदि फोहोर गरेको देखेमा एक महिना कारवाहीमा पर्ने छ । कारवाहीमा पर्ने भनेको बिहान सबेरै, दिउँसो र साँझ गरी दिनको ३ चोटी यो पूरा जेलमा कुचो लगाउनु पर्ने छ । चर्पी सफा गर्नु पर्नेछ । चुरोट पिउनको लागि डाँडा भन्ने ठाउँ छ । त्यहाँ गएर मात्र चुरोट पिउन पाइन्छ । अन्त पिउन पाईंदैन । यहाँभित्र ग्रुप बनाएर हिंड्न पार्इंदैन । यहाँ कसैसँग कुनै किसिमको लेनदेन नगर्नु । कुनै विवाद भयो भने दुबैजनालाई कारवाही गरिने छ ।”
त्यसपछि एक जना केटाले हामीलाई जेल घुमाउन लग्यो । मैले एक एक चीजलाई गौर गरेर हेरें । जेलको चारैतिर अठारह फुट अग्लो पर्खालले घेरीराखेको थियो । पर्खाल नजिक दुईफुट खाली ठाउँ थियो । त्यहाँ विभिन्न थरिका पूmलका बोटहरू रोपिएका थिए । त्यसपछि आठ ईञ्चको पानी बग्ने नाली अनि छ फुटको बाटो थियो । दोश्रो घरको मोडबाट दक्षिणतिर बाटो गएको देखिन्थ्यो । त्यो घर सकिने बित्तिक्कै एउटा टहरा बनाइराखेको थियो । त्यहाँ एउटा साईनबोर्ड झुण्डयाई राखेको थियो—
श्री वन्दी ज्ञानोदय पुस्तकालय, स्थापित २०४८
“यो पुस्तकालयमा विदाको दिन बाहेक विहान ९ बजेदेखि ४ बजेसम्म खुल्छ” त्यो केटाले भन्यो ।
नाली त्यहाँबाट भिरालो भएर बगेको थियो । त्यो केटाले भन्यो, “थुक्ने, सिंगान फाल्ने यहाँ गर्नसक्छ तर नाली मै पर्ने गरीमात्र ।”

त्यहाँबाट तल झरें । मैले सिढी गनें १३ वटा खुडकिला रहेछ । त्यो सिढी सकिने बित्तिक्कै पूर्वतिर जाने एउटा गल्लीजस्तो बाटो थियो । जुन बाटोको उत्तरतिर ओमशान्ति हल थियो । त्यसपछि कारखाना थियो । त्यो बाटोको दक्षिणतिर पूर्व पश्चिम लामो तीन तल्ले एउटा घर थियो । हामी दक्षिणतिर बढ्यौं । घरको पछाडि खुल्ला मैदान, जहाँ सिमेन्टले प्लास्टर गरेर हरियो रंगले रंगाइराखेको थियो । जहाँ भलिबल, बास्केटबल र ब्याडमिन्टन खेल्ने कोर्टहरू थिए । त्यो ग्राउण्डको पश्चिमतिर रहेको नालीको डीलमा बसेर नुहाउन सकिन्छ भन्ने जानकारी दियो । ठूल ठूला पर्खाल बाहिर दक्षिण र उत्तर कुनामा प्रहरीको सुरक्षा पोष्टहरू थिए । त्यहाँबाट पूर्व–पश्चिम एक लाइनले कर्कट पाताले छाएको टहरा थियो । त्यो त चर्पि रहेछ । मैले चर्पिको कोठा गन्दै गएँ । चौकोस नहालेको एउटा कोठामा पूर्व–पश्चिम दुई खण्ड रहेछ । यस्तो दशवटा कोठाहरू रहेछन् । मतलव एकैचोटी बीस जनासम्मले दिसा गर्न सक्छन् । त्यसपछि उत्तरतिर आउने बाटो थियो । बाटोको पूर्वतिर पूmलवारी थियो । जहाँ बस्नको लागि पाँचवटा सिमेन्टको बेन्चहरू राखिएका थिए । त्यहाँ नम्बर खुलेदेखि ढोका सामेल नभएसम्म बस्न पाईंदो रहेछ ।

 पश्चिमतिर खेलकूद मैदान छुट्याइएको फलामको मोटो जाली थियो । पूmलवारीको बगलमै चर्पि जान पानी लैजाने प्लास्टिकका भाँडाहरू र पानी थाप्न दुईटा धारा पनि थिए । त्यसपछि हामीलाई फर्काएर लग्यो । पिशाव गर्ने ट्वाइलेट देखाउन लग्यो । सेतो टायलले छाएको तीन फुट अग्लो चर्पिहरू १३ वटा खण्डहरू थिए । तलदेखि माथिसम्म १६ खुड्किला उक्लेर माथि अग्लो ठाउँ थियो ।

 पूर्व–दक्षिण कुनामा कर्कटपाताले छाएको एउटा टहरा थियो । त्यो ठाउँलाई डाँडा भन्दारहेछन । त्यहाँ तीनवटा तिनको ध्वांगहरू राखिएका थिए । त्यहाँ बसेर मात्र चुरोट पिउन पाईंदो रहेछ । ती तिनहरू चुरोट, खैनी, फ्याक्न राखिएका रहेछन् । त्यो ठाउँ पछि फेरि एउटा घर थियो । जहाँ जेलको आन्तरिक प्रशासन र प्रशासक तथा नाईकेहरू बस्छन् । जसलाई ठूलो चौकी भन्दो रहेछ ।

त्यसपछि एउटा सानो मन्दिर थियो । जसमा महादेवको सानो लिंगको मूर्ति, संकटाको मूर्ति, एक खण्डमा कुमार, गणेश र सरस्वतीको मूर्ति अर्को खण्डमा बजरंग बलीको मूर्ति राखिएका थिए ।

 त्यसपछि टेबुल टेनिस हल, दाह्री काट्ने ठाउँ, किराना पसल र होटल पसल पनि देखाउन लग्यो । हामीले आफै खाना पकाएर खाए पनि हुन्छ । कुनै एउटा भान्सामा खाना खान गए पनि हुन्छ । त्यहाँ चारवटा भान्साहरू रहेछन् । मलाई एक नम्बर भान्सामा खाना खान भन्यो । अरू दुई जनालाई दुई नम्बर भान्सामा खाना खान जाउ भन्यो । साझ ५।३० बजेदेखि ७ बजेसम्म र बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाइसक्नु पर्ने जानकारी दिइयो । त्यसपछि हामी सुत्ने ठाउँ देखाउन लग्यो । अघि टी।भी। देखाइरहेको टी।भी। हल पो देखायो । यति भनी भाइ नाईकेले हामीलाई त्यहीं छाडेर गयो ।

        मसँग ओढ्ने ओछ्याउने केही पनि थिएन । त्यस्तो सिमेन्टको भुईंमा कसरी सुत्ने रु मैले घडी हेरें बेलुकाको ६।३० भैसकेको थियो । अब आधा घण्टाभित्र खाना खाइसक्नु पर्छ । म औषधी खान स्वास्थ्य केन्द्रमा गएँ । अघि राजुले ल्याइदिएको औषधीबाट एउटा ट्याब्लेट निकालेर दियो । औषधी खाएर एक नम्बर भान्सामा भात खान गएँ । बाहिर धारानिर थाल छ ल्याउनु भन्यो । थाल लिएर आएँ । लाइनमा बस्नुपर्ने रहेछ । म पनि थाल लिएर लाइनमा बस्न गएँ । लाइनमा बस्दा मलाई लाग्यो । म भोकाएको एक जना भिखारी हुँ । म भीख मागीरहेको छु । सादा थालमा भात राख्यो । त्यही भात माथि दाल, तरकारी र अचार राखीदियो । मलाई खाना देखेर नै घिन लाग्यो । त्यतिबेला मलाई घरको याद आयो । घरमा खण्डी थालमा अलग अलग परिकार राखेर खाइरहेको बानि । मलाई भोक पनि लागेको थियो । के मिठो भोक मिठो भने झै मैले सबै भात खाएँ । थाल लिएर ट्याकीनिर गएँ । आफैले थाल माझ्न लाग्दा एकजनाले भन्यो, “थाल माझ्नु पर्दैन । थाल त्यहिं छाडेर हात मुख धोएर जानुस् ।”

मैले त्यस्तै गरें । मलाई जेलको नाईकेले जे भन्यो । त्यो एक एक कुरालाई मैले गांठो बनाएर मनमा राखें । जेलमा चाहिने नचाहिने निहुँ खोजेर पिट्छ भनेर सुनेको थिएँ । मलाई पनि पिट्न के बेर ?

मलाई पानी प्यास लाग्यो । मसँग पैसा छैन । अघि देखाएको पसलमा गएँ । बोतलको पानी छ भनेर सोधें । छ बोतलको पन्ध्र रुपैयाँ लाग्छ भन्यो । एक बोतल मिनिरल वाटर किनें । हनुमान ढोकामा एक बोतल पानीको बीस रुपैयाँ लिएको थियो । यहाँ पन्ध्र रुपैयाँमा दियो ।

मलाई खोकि लाग्यो । मुखभरि थुक आयो । कहाँ थुक्ने रु जहाँ पायो त्यहाँ थुक्न हुँदैन, कारवाही हुन्छ भनेको थियो । अघि देखाएको ठाउँ खोज्दै गएँ र नालीमा थुकेर आएँ । यहाँ पाइलैपिच्छे सतर्कता अपनाउनु पर्छ । अब कहाँ बस्ने रु के गर्ने रु मलाई निद्रा पनि लाग्यो । म टी।भी।हलको एक छेउमा पलेटी कसेर दिवारमा अडेस लगाएर बसें । मैले आपूmलाई आज एकजना सडक बालक खाते भएको सम्झें । खाते केटीहरूलाई सभ्य बनाउन खोज्दा आज म आफै खाते बनिरहेको छु । अरूहरू टी।भी। हेरिरहेका छन् । म त्यतिकै निदाएँ ।
“ए बाजे उठ्नुस्, उठ्नुस्” भनेर कसैले उठायो ।

“ल ल नम्बर हुन लाग्यो । बिछ्यौना मिलाऊ ।” टी.भी.को दायाँ बायाँ कुनाबाट सुकुल बिछ्यौना झिक्दै बिछ्याउन लागे । मेरो त ओढ्ने ओछ्याउने केही पनि थिएन । के ओछ्याउने ? म त्यतिकै ठिंग उभिरहें । एक ठाउँमा दुईटा बिछ्यौना लगाउन लगाएर एक जना भाइ नाईकेले एक जना केटालाई भन्यो, “बाको बिछ्यौना छैन । ल, तिमीसगै सुताउ ।”

“आउनुस् बा, हामी सँगै सुतौं ।” त्यो केटाले भन्यो ।

म ज्ञानी बच्चा झै चुपचाप त्यहिं सुत्न गएँ । एक छिन पछि मान्छे गन्न आयो ।

“बतीस जना छ” भाइ नाईकेले भन्यो । हामी एक लाईनमा सुतिरहेका छौं । गन्न आउने नाईकेले गन्दै गयो ।

 एकैछिनमा मलाई निद्रा लाग्यो । आधारातमा मेरो निद्रा खुल्यो । मलाई बेस्सरी खोकी लाग्यो । खोक्दा खोक्दै म त बेहोश भएछु । एक जना भाइ नाईकेले मलाई बोकेर बाहिर अस्पतालमा लग्यो । अस्पतालको मान्छे बोलायो । मलाई तल भुईंमा राखेपछि होस आयो । उसले मेरो कपाल छाम्यो, नाडी छाम्यो ।

“बा, टि. रोगी हो ?” कपाल छाम्ने मान्छेले मसँग सोध्यो ।
“होइन, पहिले त थिएन, अहिले भए थाहा छैन ।” मैले भने ।
उसले मलाई एकैचोटी तीनवटा चक्की औषधी खुवायो । म आफु सुत्ने कोठामा आएँ । औषधीले मलाई लठ्ठ पारेजस्तो भयो । एकैछिनमा मलाई निद्रा लाग्यो । यसरी भद्रवन्दी गृहमा मेरो पहिलो रात बित्यो ।

No comments:

Post a Comment