Wednesday, October 19, 2016

कीर्तिपुर नगरपालिकामा नयाँ प्रमुखको आगमन

कीर्तिपुर नगरपालिकामा नयाँ प्रमुखको आगमन 






नयाँ प्रमुख सुमन कुमार कार्की







निवर्तमान प्रमुख उद्धव प्रसाद रिजाल

कीर्तिपुर सन्देश /
कीर्तिपुर नगरपालिका कार्यालयमा कार्यकारी अधिकृत भई  करीव दस महिना पहिले आउनु भएका उद्धव प्रसाद रिजालको सरुवा भएको छ । दशैं अगाडि नै सरुवा भएको खबर आएको थियो । कीर्तिपुरका स्थानीय राजनैतिक संयन्त्रका पदाधिकारीहरुले थमौति गर्न निकै प्रयास गरेको भए पनि अन्ततः सरुवा भएरै छाड्यो ।

उद्धव प्रसाद रिजालले कीर्तिपुर आगमन सँगै निकै राम्रा राम्रा कामहरुको थालनी गर्नु भएको थियो । पहिले नाममात्रको राजनैतिक संयन्त्रका नेताहरुको जिम्मेवारी थियो । रिजालले नगरको विकासको लागि विभिन्न ११ वटा समिति र उपसमितिको निर्माण गरी राजनैतिक संयन्त्रका पदाधिकारीहरुलाई कामको जिम्मेवारी दिनु भएको थियो । त्यस्तै प्रत्येक वडामा वडा नागरिक मञ्चको गठन गर्नुभयो । नगरभित्र हुने हरेक कार्यक्रममा उहाँको उपस्थिति हुन्थ्यो । नगरवासीसँग प्रत्यक्ष सम्पर्क राखी नगरको समस्याको बारेमा छलफल गर्नु हुन्थ्यो । बरु यस्तो छलफल गर्नको लागि पहिलेका कार्यकारी अधिकृतहरुले गर्न नसकेको रिसोर्ट बैठक पाँच छ चोटि राख्नु भएको थियो । जसबाट उहाँले निकै आलोचना खेप्नु परेको थियो ।

उहाँले कीर्तिपुर नगरपालिकालाई पूर्ण साक्षर नगर, खुल्ला दिसामुक्त नगर, पूर्ण खोपयुक्त नगर घोषणा गराउन सफलता प्राप्त गर्नु भएको थियो । कार्तिक ५ गते उहाँ कीर्तिपुरबाट बिदाई भएर जाँदै हुनुहुन्छ । उहाँको स्थानमा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई सुमन कुमार कार्की नयाँ कार्यकारी अधिकृतको रुपमा कीर्तिपुर नगरपालिकामा हाजिर हुन आउनु भएको छ ।

No comments:

Post a Comment