Friday, October 14, 2016

ब्यावसायिक एवं प्राङ्गारिक तरकारी खेती तालिम भव्य रुपमा सम्पन्न

ब्यावसायिक एवं प्राङ्गारिक तरकारी खेती तालिम भव्य रुपमा सम्पन्न


रिदेन महर्जन /
२०७३ जेठ १० गतेदेखि २०७३ असोज ११ गतेसम्म कीर्तिपुरमा ब्यावसायिक एवं प्राङ्गारिक तरकारी खेतीको तालिमको आयोजना गरिएको थियो । राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कीर्तिपुर नगर समितिको र कीर्तिपुर नगरपालिकाको संयुक्त तत्वावधानमा संचालन गरिएको थियो ।

जनसेवा उ.मा.वि. पांगाको हलमा असोज १६ गते सनिवार किर्तिपुर नगरपालिका कार्यालय र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कीर्तिपुर नगर समितिले एक कार्यक्रम गरी समापन घोषणा गरियो  प्रमुख एवं कार्यकारी अधिकृत कीर्तिपुर नगरपालिकाका उद्धव प्रसाद रिजाल प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गर्नु भै  कार्यव्रmमको उद्घाटन गर्नु भएको थियो ।

कार्यव्रmममा प्रमुख अतिथी लगायत अन्य अतिथीहरुलाई फुलमाला, खाँदा ओढाइ प्रशिक्षकहरुले सम्मान गरियो । स्वागत मन्तव्य प्रशिक्षार्थी सुरेन्द्र महर्जनले दिनु भएको थियो । प्रतिप्रवेदन प्रशिक्षार्थी विष्णु पौडेलले प्रस्तुत गर्नुभयो ।

अतिथिको रुपमा पाल्नु भएका शहीद पत्रिकाका सम्पादक नारायण महर्जनले व्यवसायिक रुपमा खेती गर्न सिकेकोलाई व्यवहारमा प्रयोग गरी अब नगद आर्जनमा ध्यान दिनुपर्ने सल्लाह दिनुभयो । साथै उहाँले बाटो, फुटपाथमा तरकारी बेच्न रोक लगाइएको छ । त्यसको व्यवस्थापन अब किर्तिपुर नगरपालिकाले गर्नु आवश्यक रहेको छ । पुरानो तरिकाले खेती गरी जीवनस्तर माथि उठ्दैन व्यावसायिक रुपमा उन्मखु हुनुपर्ने कुरामा जोड दिनु भयो ।

त्यस्तै कृषक सहजकर्ता÷प्रशिक्षक बिमला कार्कीले जेठ १० गते देखि सञ्चालन भएको तालिममा कृषक सहजकर्ताको नाताले सिकाउन पाउँदा आफुलाई गौरवान्वित महसुस भएको छ । किसानहरुको दुखः लाग्दो र डरलाग्दो कुरा के छ भने सरकारले एकातिर कृषिलाई सहज गर्नु पर्छ भनि हौसला बढाउन अनियमित ढंगले अनुदान दिइरहेको छ भने अर्काेतिर त्यहि उत्पादन गर्ने किसानहरुलाई निराशा बनाउने खेती योग्य जमीनलाई विकासको नाउँमा जथाभावी प्लटिङ्ग र बाटो बनाई जमिन सिध्याईदैछ । त्यसलाई रोक्न सम्बन्धित निकायले पहल गर्नु आवश्यक रहेको बताउँदै आउँदा दिनहरुमा पनि नगरले व्यवसायिक कृषकलाई निरन्तर सहयोग पु¥याउने आशा राख्दै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

सेवा केन्द्र प्रमुख मोतीकला विक लगायत अन्य अतिर्थीहरुले मन्तव्य राख्नुका साथै केन्द्रीय बिउ उत्पादन संस्था निर्मला राइको पनि उपस्थिति रहेको थियो ।

यस व्यावसायिक खेतिमा गोल भेडाका विउ लगाउनेदेखि लिएर याड बनाउने सिकाएको थियो भने प्रदुषणरहित वातावरण बनाउनेको निम्ति रासायनिक मल बिना आइ.पि.एम घेरलु विषादी बनाउने प्रकृया लगायत कृषकहरुको व्यतित्व विकास पनि कक्षामा सिकाएको थियो । रासायिनिक विषादी राखेर मात्र बाली राम्रो नहुने र शरीरलाई समेत हानी हुने तालिममा उपस्थिति भएको सम्पूर्ण कृषकहरुलाई सिक्ने अवसर पायो । उक्त तालिममा बेरोजगार युवाहरु लगायत कृषकहरुलाई लक्षित गरि व्यावसायीक गोलभेडा खेती, धँनिया खेती लगायत माहुरी पालनको समेत कक्षा भएको थियो । उक्त तालिममा कीर्तिपुर, पांगा, नगाउँ, लनगोल, चोभार, नैकापका गरी जम्मा ४० जना भन्दा बढी कृषकहरुले तालिम लिनुभएको थियो ।

कार्यक्रममा पञ्चकन्याबाट राष्ट्रिय गान, नेपालभाषाको लोक गीतमा काठमाडौंबाट पाल्नु भएको तबला बादक कलाकार मैतिबाट इन्द्रमान महर्जनले छमछमी नचाउनुको साथै विभिन्न सांस्कृति झल्किने नाचगान प्रर्दशन, कृषि सम्बन्धित गीत प्रस्तुत गरिनुका साथै कविता पनि वाचन गरियो । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कीर्तिपुर नगर समिति (संयोजक) गोपलमान महर्जनले व्यावसायिक तालिम कृषकहरुको लागि पहिलो खुड्किलो हो । अब अर्को खुड्कीलो चढ्नको लागि धेरै मिहेनत गरिनु आवश्यक रहेको छ । अनि मात्रै सफलता मिल्दछ छ पार गर्दै जादा अनेकौ समस्याहरु आइरहन्छ । मौसमले साथ दिइएन भने धेरै घाटा हुन् सक्ने भएकोले होस पु¥याउन आवश्यक रहेको छ । कृषक दाजूदिदी बहनीहरुले आउँदा दिनहरुमा च्याउखेति लगायत ५ बर्षसम्म यस्तै कृषी तालिम आयोजना गरिरहनेछु भन्नुभयो ।

प्रमुख अतिथि रिजालले कीर्तिपुर सहर एउटा कृषकहरुको बाहुल्यता भएको रमणीय ठाउँ हो । यसको पहिचानलाई जोगाउनु अति आवश्यक रहेको छ । जहाँ महिलाहरुको विकास हुन्छ त्यस ठाउँको विकास भएको हुन्छ । त्यसैले महिलाहरुको सिपमा विकास गरिनु आवश्यक रहेको छ । राष्ट्रिय कृषक महासंघ कीर्तिपुर नगर समितिले अत्यन्तै राम्रो काम गरि उदाहरणीय रुपमा प्रस्तुत गरिएको कीर्तिपुर नपा तर्पmबाट सहयोगको प्रतिबृद्धता जाहेरी गरियो । उहाले सम्पूण प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिनु भयो ।

कार्यव्रmमको उदघोषण राष्ट्रिय कृषक समुह महासंघ किर्तिपुर उपसचिव मचाभाइ महर्जनले गर्नुभएको थियो ।

No comments:

Post a Comment