Friday, October 14, 2016

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाद्वारा २६ औं ज्येष्ठ नागरिक दिवस मनाइयो

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाद्वारा २६ औं ज्येष्ठ नागरिक दिवस मनाइयो


कीर्तिपुर सन्देश /

        १ अक्टोवर तारिखको दिन संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने घोषणा गरे अनुसार गत असोज १५ गते सनिवार पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्रले पाँगाको लाछीमा एक समारोह गरी २६ औं ज्येष्ठ नागरिक दिवस मनाइयो ।

भीमरथारोहण गरिसकेका पुरुष ७८ जना र महिला १११ जना गरी १८९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा भोजन दान गरी मनाइएको थियो ।

जनसेवा उच्च मा.वि.का प्राचार्य नन्द कुमारी महर्जनले संचालन गरेको उक्त कार्यक्रम केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनको सभापतित्व र प्रमुख अतिथि ज्येष्ठ महिला ज्ञानीमाया महर्जन १०२ वर्ष र ज्येष्ठ पुरुष तरिबाबु महर्जन ९५ वर्षको हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा सभासद रुपा महर्जन, सभासद श्याम श्रेष्ठ, पूर्व राज्यमन्त्री दिलिप महर्जन, आमाघर संचालिका दिलशोभा श्रेष्ठ, डि.एस.पि.डा.मेखबहादुर खत्री, प्रा.डा.नन्दवहादुर महर्जन, समाजसेवी बुद्धिवहादुर महर्जन, पाँगा उच्च मा.वि.का निर्देशक रमेश मान महर्जन, प्रिन्सिपल श्याम सुन्दर महर्जन र पत्रकार चन्द्र बानिया हुनुहुन्थ्यो ।

संस्थाका सचिव हिरादेवी महर्जनले स्वागत मन्तव्य दिनु भयो । केन्द्रका आजीवन सदस्य एवं सल्लाहकार अर्जुन महर्जनले केन्द्रको दैनिक गतिविधि सम्बन्धि जानकारी दिनुभयो ।
कोषाध्यक्ष दुर्गावहादुर महर्जनले ज्येष्ठ नागरिक सम्बन्धि जानकारी दिनुभयो । कार्यक्रममा मन्तव्य दिनु हुँदै श्याम श्रेष्ठले आफ्नो सभासद कोषबाट केही सहयोग गर्ने वचन दिनुभयो । पूर्व राज्यमन्त्री दिलिप महर्जनले ज्येष्ठ नागरिकको जिम्मा सरकारले लिनु पर्नेमा खासै केही नगरेकोले हामीले यसरी सेवा गर्नु परेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित हुनु भएका ज्येष्ठ नागरिकहरुलाई केन्द्रका सदस्यहरु राम कुमारी महर्जन, विना महर्जन, देवलक्ष्मी महर्जन, थिके महर्जन, चैन कुमारी महर्जन, धर्ति देवी महर्जन लगायतले नेवाः परम्परा अनुसार टिका, कोखा, खादा टोपी, महिलाहरुलाई दाखि म्हिचा प्रदान गरी नेवाः परम्परा अनुसार सगून पनि दिइएको थियो । उक्त कार्यक्रममा पंचलाल महर्जनले सेवा केन्द्रका सदस्यहरुलाई उहाँहरुको सेवाको कदर स्वरुप दोसल्ला ओढाई नगद सहित सम्मान गर्नु भएको थियो ।  ज्येष्ठ नागरिक सेवा केन्द्रको १०० औं दिनको समारोहमा अक्षयकोषा स्थापना गर्न  घोषणा गरे अनुसार उर्मिला श्रेष्ठले रु.१०५,००५/ नगद पनि प्रदान गरिएको थियो । त्यस्तै ११ जनाले केन्द्रको आजीवन सदस्यता लिएका थिए ।

No comments:

Post a Comment