Wednesday, November 13, 2013

काठमाडौं क्षेत्र नं.१० मा चुनावी माहौल र बहिस्कारको कुरा

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
काठमाडौं क्षेत्र नं.१० मा चुनावी माहौल र बहिस्कारको कुरा




आउने मंसिर ४ गते हुन लागेको संविधानसभाको चुनावमा सहभागी विभिन्न पार्टीहरुले काठमाडौं निर्वाचन क्षेत्र नं.१० मा आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारको अभियान थालेका छन । विशेष गरेर घर दैलो कार्यक्रममा जोड दिन थालेका छन । बाटोमा रहेको पोलमा पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा झुन्ड्याउनेमा नेपाली कांग्रेस, एमाले र एमाओवादी अगाडि रहेका छन । पोष्टर टाँस्नेमा एमाओवादी र एमाले अगाडि रहेका छन । संघीय समाजवादी पार्टी, नेपाः राष्ट्रिय पार्टी र राप्रपा नेपालले पनि घरदैलो कार्यक्रम अटुट रुपमा गरिरहेका छन । सबैले आफ्नो जीत सुनिश्चित भएको दावा गरिरहेका छन । विगतको चुनावमा एमाओवादीका प्रचण्डले प्रचण्ड बहुमत ल्याएर विजय हासिल गरेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजन के.सी.ले आफ्नो जित सुनिश्चित भएको दावा गर्दै तर्क दिएका छन कि त्यतिबेला प्रचण्डको लहर चलेको थियो । 

अब त्यो लहर नरहेको र एमाओवादी दुई टुक्रा भइसकेकोले कीर्तिपुरका जनताले आपूmलाई विजयको माला पहिराउने छ । त्यस्तै एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले क्षेत्र नं.१० एमालेको किल्ला रहँदै आएको, २०५६ सालमा एमाले र माले विभाजित भएका कारणले मात्र नेपाली कांग्रेसले जितेको र गत संविधानसभाको चुनावमा एमाओवादीको लहर आएका कारण आफ्नो पार्टीले हार्नु परेको थियो । यसपाली एमालेका कार्यकर्ताहरु पहिलेभन्दा बढी सक्रिय रहेका कारण आपूm जित्ने दावा गरेको छ । संघीय समाजवादी पार्टीका उम्मेदवार रमेश चन्द्र प्रधानले यो चुनाव संविधान बनाउने चुनाव भएकोले मुख्य कुरा पहिचान पक्षधर र पहिचान विरोेधी मुद्धा भएकोले आफ्नो पार्टीको पहिचान सम्बन्धि स्पष्ट धारणा भएकोले पहिचान पक्षधर मतदाताले आफ्नो पार्टीलाई जिताउने विश्वास गरेको छ । गत शनिवार मोटरसाईकल ¥यालीको आयोजना गरी आफ्नो शक्ति प्रदर्शन गरेका राप्रपा नेपालका उम्मेदवार ध्रुव महर्जनले आपूmलाई विकास प्रेमी र आफ्नो पार्टीको नीतिका कारण आपूmले जित्ने दावी गरेका छन । त्यस्तै नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार कृष्णहरि महर्जनले आफ्नो पार्टी नेवाःहरुको पार्टी भएकोले ६० प्रतिशत नेवाः मतदाता भएको क्षेत्रमा आफुले जित्ने दावा गरेका छन । त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नारायण महर्जनले पनि घरदैलो कार्यक्रममा लगातार जुतिरहेको छ । विदेशी हस्तक्षेपको विरोध गर्दै आइरहेको र नेपालको असली कम्युनिष्ट पार्टी आफ्नो पार्टी भएका कारण वामपंथीको गढ रहेको यस क्षेत्रमा आफ्नो पार्टीले पनि सम्मानजनक मत पाउने आशा गरेको छ । जसले जतिसुकै दावा गरे पनि यस पालीको चुनाव तीन ध्रुवको वीच हुँदैछ । एक पक्ष संघीयताले देश टुक्रिन्छ भनेर संघीयताको नै विरोध गरिरहेका छन । अर्को पक्ष संघीयता चाहने तर पहिचान दिन नचाहने रहेका छन । तेश्रो पक्ष भाषिक, जातीय पहिचानको आधारमा प्रदेश बनाउने पक्षमा रहेका छन । त्यसैले यसपालीको चुनावमा मत बाँड्ने सम्भावना छ । जसले गर्दा कसैको बहुमत नआउने र फेरि पनि संविधान नबन्ने दावा गरिरहेका छन् । प्रचण्डको घर दैलो कार्यक्रममा सहभागी भएका जनलहर र एनेकपा माओवादीको संगठन बलियो भएको कारण यसपालीको चुनावमा पनि प्रचण्डले जित्ने देखिन्छ । नेकपा–माओवादीले यस चुनावलाई बहिस्कार गर्ने भनेर विभिन्न कार्यक्रम गरिरहेका छन । चुनाव बहिस्कार गर्ने भने पनि प्रचण्डको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका पवन कुंवरको समर्थनमा चुनावी अभियानमा लागेको देखिएका छन ।

No comments:

Post a Comment