Wednesday, November 13, 2013

पहिचान र समानताका लागि एक ऐतिहासिक लडाई आदिवासी चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा मनाउन माग

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

पहिचान र समानताका लागि एक ऐतिहासिक लडाई

आदिवासी चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा मनाउन माग 


जातिय मुक्तिको लागि संघीयता, वर्गिय मुक्तिको लागि समाजवाद भन्ने नारा लिएर एक वर्ष पहिले उदाएको संघीय समाजवादी पार्टीले आदिवासी चाडपर्वलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा राज्यद्वारा मनाउन माग गर्दै गत कार्तिक १८ गते सोमवार टुँडिखेलस्थित सैनिक मञ्चको पश्चिम गेटमा एक घण्टा धर्ना दिएका थिए । उक्त धर्ना कार्यक्रम पछि ससपा काठमाडौं जिल्ला अध्यक्ष सानुराजा शाक्य र प्रत्यक्ष तर्फका दश जना उम्मेदवारहरुको हस्ताक्षर भएको प्रेश विज्ञप्ति वितरण गरिएको थियो । जस अनुसार—

नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश हो । यद्यपी २४० वर्षदेखि चल्दै आएको राज्य सत्ता जातिय, धार्मिक, भाषिक, लैङ्गीक, क्षेत्रिय र वर्गिय रुपबाट एकात्मक थियो । २०६२/०६३को जनआन्दोलनले यस प्रकारको एकात्मक राज्यसत्तालाई अन्त्य गर्दै सबै धर्मलाई समान सम्मान गर्न धर्मनिरपेक्ष, सबै क्षेत्र वर्ग, लिंग र जाती नेपालको वडा अध्यक्षदेखि राष्ट्राध्यक्ष हुन पाउने व्यवस्था गणतन्त्र, सबैलाई स्वशासनको अधिकार प्रदान गर्न संघीयता र राज्य नीति निर्माण तहमा उत्पीडन र उपेक्षामा पारिएका आदिवासी जनजाति, मधेशी, महिला, दलित मुश्लीम, अपांग र यौनिक अल्पसंख्यक प्रतिनिधित्वको लागि समानुपातिक समावेशीतालाई संस्थागत गरेर नेपालको अन्तरिम संविधान २०६३ जारी भएको हो ।

नेपालको अन्तरिम संविधान २०६३ ले धर्मनिरपेक्ष घोषणा गरेतापनि सबै धर्म संस्कृतिकले समान सम्मान पाउन नसकेको तितो यथार्थताले हाम्रो भावनामा गहिरो चोट पु¥याएको छ । अतः राष्ट्रका राष्ट्रिय चाड मनाईने स्थान सैनिक मञ्चमा सम्पूर्ण आदिवासी जनजातिका चाडपर्वहरु भिन्तुना लगायत लोसार, ल्होछार, सकेला, उधौली उभौली, छठ, जितीया, माघे संक्रान्ति, स्याँदर पिँधर आदि चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, मन्त्री परिषद निजामती कर्मचारीको उपस्थितिमा नेपाली सेनाद्वारा हर्ष बढाई र राज्यले बजेटको व्यवस्था गरेर मनाउनु पर्ने जोडदार माग गर्दै कार्तिक १८ गते सोमवार सङ्घीय समाजवादी पार्टी नेपालको काठमाडौं दशवटै निर्वाचन क्षेत्रका उम्मेदवार र काठमाडौं जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुले सैनिक मञ्चको पश्चिम तर्फको गेटमा धर्ना दिंदै विज्ञप्ती जारी गरिएको छ ।

No comments:

Post a Comment