Thursday, November 14, 2013

नयाँ वर्षमा शंखधर साख्वाःको मूर्ति परिक्रमा

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

नयाँ वर्षमा शंखधर साख्वाःको मूर्ति परिक्रमा



नेपाल सम्वत ११३४ नयाँवर्षको उपलक्ष्यमा कीर्तिपुर र पाँगामा भव्यताका साथ मनाइयो । कीर्तिपुरमा नेपाल सम्वत भिन्तुना ¥यालीको आयोजना गर्न हरेक वर्ष पालै पालो टोल टोलको आयोजनामा गरिन्छ । यस वर्ष बाहिरगाँव ले बाहिर गाँवदेखि ¥याली सुरु गरि कीर्तिपुरको विभिन्न टोलमा परिक्रमा गरी बाहिरगाँवमा समापन गरिएको थियो । आगामी वर्ष भिन्तुना ¥यालीको आयोजना गर्ने जिम्मा नगाउँलाई पालो सुम्पिएको थियो ।

पाँगामा भने विगत आठ वर्षदेखि विभिन्न टोलमा रहेका महिला समूहहरुले पालैपालो मनाउँदै आइरहेका छन ।  ने.सं. ११२६ सम्म पाँगामा व्यवस्थित तरिकाले न्हूदँ मनाउने व्यवस्था थिएन । आठ वर्ष पहिले पाँगामा सक्रिय आमा समुहहरुको एक भेलाले न्हूदँ ¥याली पालैपालो महिला समूहले जिम्मा लिएर चलाउने निर्णय गरेर पहिलो पटक पाँगा धुसिका लूनिभाः मिसा पुचःले पालो लिइ व्यवस्थित रुपले ¥याली निकाली सम्पन्न गरिएको थियो । त्यसैक्रममा यस वर्ष पाँगा धोकासीका हिसि महिला समूहको पालो आएको थियो । विगत तीन वर्ष पहिले काष्ठ कलाकार हरिकृष्ण महर्जनले शंखधर साख्वाःको काष्ठमूर्ति प्रदान गरिएपछि पाँगामा पनि साख्वाःको मुर्ति महिलाहरुले बोकेर गाउँ परिक्रमा गर्ने चलन आएको हो । आगामी वर्षको याकःछेँको जय सन्तोषी महिला समूहलाई पालो दिइउको छ ।

कीर्तिपुरमा पुरुषले खट बोक्छ भने पाँगामा महिलाले खट बोक्ने गर्दै आइरहेका छन ।

No comments:

Post a Comment