Thursday, November 14, 2013

निर्वाचन क्षेत्र नं. १०को मातातीर्थमा एमाओवादी र कांग्रेसको झडप दुबै तर्फका गरि आधा दर्जनभन्दा बढि घाइते, दुई जना सिकिस्त

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
निर्वाचन क्षेत्र नं. १०को मातातीर्थमा एमाओवादी र कांग्रेसको झडप
दुबै तर्फका गरि आधा दर्जनभन्दा बढि घाइते, दुई जना सिकिस्त

आउँने मंसिर ४ गते जसरी पनि संविधानसभाको चुनाव गर्नुपर्छ भनी लागि परेका प्रमुख दलहरु एकीकृत माओवादी र कांग्रेसका कार्यकर्ताहरु वीच विभिन्न स्थानामा झडप भइरहेको समाचार दिनहुँ आइरहेको छ ।

यसैक्रममा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड उम्मेदवार बनेको काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नं. १० को मातातीर्थ क्षेत्रमा एमाओवादी र कांग्रेसका कर्याकर्ताहरु वीच झडप भएको समाचार प्राप्त भएको छ ।

कांग्रेसको तर्फवाट राजन केसी प्रत्यक्ष उम्मेदवार बनेको सो क्षेत्रमा गत सोमवार दुबै राजनीतिक पार्टीका कार्यकर्ताहरुवीच मातातीर्थमा झडप भएको थियो । सो झडपको कारणको सवालमा भने एक पक्षले अर्को पक्षलाई आरोप लगाएका छन् ।

दुई पटक सम्म भएको झडपमा परि एकीकृत माओवादीका १० जना कार्यकर्ता र कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरु मध्ये दुई जना सिकिस्त भएको एमाओवादीको वाईसिएलका कार्यकर्ताले संचारकर्मीहरुलाई बताएका छन् ।

गम्भीर भएकाहरुको बागेश्वरी अस्पतालमा उपचार भइरहेको थाहा भएको छ । वाइसिएलका कार्यकर्ताले कांग्रेसको चुनावी प्रचारको क्रममा आक्रमण गरेका कारण झडप भएको कांग्रेसका कार्यकर्ताहरुले आरोप लगाएका छन ।

त्यसै गरि देउसी भैलो कार्यक्रम भइरहेको अवस्थामा कांग्रेसका कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको वाइसिएलले आरोप लगाएको छ ।

एकीकृत माओवादी र कांग्रेसका कार्यकर्ताहरु वीच भएको सो झडपका कारण मातातीर्थ क्षेत्रमा केहि समय स्थानीयवासी समेत त्रसित बनेका थिए ।

काठमाण्डौंको मातातीर्थमा मात्र हैन चुनावमा लागेका राजनीतिक दलहरुवीच विभिन्न जिल्ला जिल्लामा समेत झडपहरु भइरहेको अवस्था छ । गृहमन्त्री माधव घिमिरेले नै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएको दलमा नै चुनावमा लागेका दलका कार्यकर्ताहरु वीच झडपका घटनाहरु भइरहेको जानकारी दिएको थाहा भएको छ । 

सोमवार विहान दिएको जानकारी अनुसार सो अवधि सम्ममा १ सय ९० स्थानमा झडपका घटना भएको र ती मध्ये १ सय ३५ स्थानमा बैद्यको नेतृत्वमा भएको चुनाव बहिस्कार पक्षधर नेकपा—माओवादीसंग भएको र ५५ स्थानमा भने चुनावमा सहभागी भएका दलहरु वीच नै झडप भएको जानकारी गराएको थियो । 

त्यसरी चुनावमा सहभागी भएका दलहरुवीच नै झडप भएका कारण कतै संविधानसभाको मंसिर ४ गते हुने चुनावमा पनि असर पर्ने त हैन भनी स्वयं मन्त्रिपरिषदका अध्यक्ष  रेग्मीदेखि मन्त्रिहरुले समेत गर्न थालेको अवस्था छ ।

No comments:

Post a Comment