Thursday, November 14, 2013

साउथ वेस्ट क्रिकेट क्लब काठमाडौं जिल्ला यु–१९ छनोट च्याम्पियन

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
साउथ वेस्ट क्रिकेट क्लब काठमाडौं जिल्ला यु–१९ छनोट च्याम्पियन

नवीन महर्जन

गत कार्तिक १४ गते सम्पन्न काठमाण्डौं जिल्ला यु–१९ छनोछ क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्न यस भेगमा स्थापित साउथ वेस्ट क्रिकेट क्लब सफल भएको छ । गत विहिवार सम्पन्न उक्त फाइनल खेलमा साउथ वेस्ट क्रिकेट क्लबले नेपाल क्रिकेट फ्यान क्लबलाई ४ विकेटले पराजित गरेको थियो ।

पुल्चोक क्याम्पसको क्रिकेट मैदानमा टस जितेको एनसीएफसीले २३.२ ओभरमा १ सय ११ रन बनाई अल आउट भएका थिए । जवाफी ब्याटिंगमा साउथ वेस्ट क्रिकेट क्लबले ओपनर निराजन के.सी.को व्यक्तिगत ४१ रन बनाए पछि साउथ वेस्टले लक्ष्य प्राप्त गर्न सफल भएको थियो । यस खेलको म्यान अफ द फाइनल पनि ६२ बल खेली ४ चौका प्रहार गर्ने निराजन के.सी.लाई घोषित गरिएको थियो । साउथ वेस्टको तर्फबाट दिपेश दास र शरद खड्काले २–२ तथा रविन खडका, आशिष पोखरेल, सम्वद्र्धन दवादी र गोकर्णले १÷१ विकेट हात पारेको थियो ।

व्यक्तिगत तर्फमा उपाधि महावीर क्लबले जित्न सफल भएको छ । यस प्रतियोगिताको उत्कृष्ट बलरमा सौरभ ध्वज राणा, उत्कृष्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज प्रकाश विष्टलाई घोषित गरेको थियो ।

यसै छनोट प्रतियोगिताद्वारा काठमाण्डौं जिल्ला यु–१९ टोलीको छनोट गरिएको छ । जस्मा कप्तान विभत्सु थापा, प्रकाश विष्ट, सौरभ ध्वज राणा, सोमपाल कामी, अर्जुन अधिकारी, रमेश श्रेष्ठ, पुरन विष्ट, मौलिक श्रेष्ठ, नविन यादव, तेज नारायण, आशिष धामी, रविन खड्का, शरद खड्का र निराजन के.सी. रहेका छन । प्रशिक्षकमा सामजङ थापा र व्यवस्थापकमा सुभाष गौतम रहेका छन ।

स्मरण रहोस साउथ वेस्ट क्रिकेट क्लबले सेमिफाइनलमा वालुवाटारलाई ४९ रनले पराजित गरी फाईनलमा पुगेका थिए । उक्त खेलमा साउथ क्रिकेट क्लबले ब्याटिङ्ग गर्दै २५ ओभरमा ८ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । जबकि ब्याटिङ्गमा बालुवाटार २२.५ ओभरमा १०० रन बनाई अल आउट भएका थिए ।

त्यसैगरी अर्को सेमि फाइनलमा नेपाल क्रिकेट फ्यान क्लबले महाविर क्लबलाई ४२ रनले पराजित गरी फाईनलमा पुगेका थिए ।

मनाङ मस्याङ्दी क्लबद्वारा सफल कपको उपाधि रक्षा
पोखरामा गत कार्तिक १६ गते सम्पन्न तेस्रो सफल कपको उपाधी रक्षा गर्न सफल भएको छ । उक्त दिन सम्पन्न फाइनल खेलमा मनाङले चीरपरिचीत थ्रीस्टार क्लबलाई २–१ गोलले पराजित गरी उपाधी रक्षा गरेको थियो । फाइनल खेलमा मनाङ्गको लागि सुजल श्रेष्ठ र विशाल राईले १÷१ गोल गरेका थिए भने थ्रीस्टारको लागि कप्तान सन्तोष साहुखलःले १ गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी मनाङका दिपक राई, उत्कृष्ट प्रशिक्षक मनाङकै हेमन्त आले, उत्कृष्ट गोल किपरमा पनि मनाङकै विशाल राई, त्यसैगरी उत्कृष्ट स्ट्राइकरमा हङकङ नेप्लिज फुटबल एशोसियसनका भिक्टर नाजी, उत्कृष्ट रक्षक थ्रीस्टारका सन्दिप राई, उत्कृष्ट मिडफिल्ड मनाङकै शिव श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता हङकङ नेप्लिज फुटवल उसोसियसनका भिक्टर नाजी घोषित भएका थिए । यस प्रतियोगितामा प्रथम हुन सफल मनाङले ३,५५,०००|- नगद सहित ट्रफी एवंम मेडल त्यसैगरी उपविजेता थ्रीस्टारले २,०१,०००|- सहित ट्रफी र मेडल प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीले मोटर साईकल र अन्य विधामा सफल खेलाडीले नगद रु. १५,०००|- नगद प्रदान गरेको थियो ।

मनाङले यो प्रतियोगितासहित भुटानमा भएको किंग्स कप तथा काठमाण्डौंमा भएको ब्रिटिस गोर्खा कपमा विजयी भई यो सिजनका फुटवल उपाधिमा ह्याट्रिक गरेका थिए ।

नेपालको फुटबलमा मनाङ मस्र्याङ्गदी एक चर्चिट क्लब हो । यसले आफनो फुटवल प्रदर्शनमा सँधैं उत्कृष्ट प्रदर्शन कायम गरी आएको छ । चाहे शहिद स्मारक ‘ए’ डिभिजन लिग होस् वा अन्य नकआउट प्रतियोगिता होस् । स्मरणरहोस शदि स्मारक ‘ए’ डिभिजन लिगमा अन्तिम खेलमा थ्रीस्टारलाई पराजित गरी उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

No comments:

Post a Comment