Saturday, September 7, 2013

आदिनाथ मा.वि.मा सम्मान कार्यक्रम

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

आदिनाथ मा.वि.मा सम्मान कार्यक्रम


गत भाद्र १५ गते शनिवार आदिनाथ मा.वि. चोभारले एक कार्यक्रम गरी प्रवेश परीक्षा(२०६९ मा उतीर्ण सफल विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र र पदक वितरण गरी सम्मान तथा विदाई गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिशिरप्रसाद धितालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै प्रधानाध्यापक जुजुभाइ महर्जनले काठमाडौंको दक्षिणी भेगमा विगत लामो समयदेखि आफ्नो विद्यालयले नेतृत्व लिंदै आएको जानकारी गराउनु भयो ।

सात कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने यस विद्यालयले क्रमशः सबै कक्षामा अंग्रेजी माध्यमको प्रयोग गर्ने जानकारी पनि दिनु भयो । प्रधानमन्त्री कार्यालयका सचिव उद्धवप्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा २०६९ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीसहित सर्वोच्च अंक हासिल गर्ने छात्र(छात्रालाई कमल स्मृति प्रतिभा स्वर्ण पदक, तेजस्मृति रजत पदक, यशश्वीजंग स्मृति पदक तथा प्रमाणपत्र एवम् पुरस्कार एवं वर्षका उत्कृष्ट शिक्षक तथा अभिभावकलाई सम्मानसमेत गरिएको थियो ।
कमल जोशी स्मृति प्रतिष्ठानबाट स्वर्ण पदक प्राप्त गर्नेहरूमा विशिष्ट श्रेणीमा पास भइ सर्वोत्कृष्ट हुन सफल प्रमेश महर्जन, छात्रामा नलिना थापा, जनजातिमा विरेन्द्र श्रेष्ठले प्राप्त गर्नुभयो ।

त्यस्तै तेज स्मृति प्रतिष्ठानबाट सम्मान तथा नगद रु२००० बाट पुरस्कृत हुने छात्र प्रमेश महर्जन, छात्रामा नलिना थापा र उत्कृष्ट अभिभावक पुनमाया दर्शनधारीले प्राप्त गर्नु भयो । प्रमेश महर्जनले यशस्वीजंग स्मृति प्रतिष्ठानबाट सम्मानीत हुनुभयो । त्यस्तै स्व. पदम व.के.सी तथा स्व.टोल कुमारी के.सी. अक्षय कोषबाट २००० नगद प्राप्त गर्नु हुनेहरुमा प्रमेश महर्जन, नलिना थापा, विनिता माझी र विरेन्द्र साह रहनु भएको छ ।
सांस्कृतिक विकास समिति चोभारबाट नगद रु.२५०० र प्रमाणपत्रबाट छात्रमा प्रमेश महर्जन र छात्रामा नलिना थापा सम्मानीत हुनु भएको छ । एसएलसी परीक्षामा आफ्नो विषयमा शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएको थियो ।

जसमा नेपाली विषय(अन्जु रिसाल, जनसंख्या(संगीता खनाल, सामाजिक( बुद्धवहादुर गुरुङ, अतिरिक्त गणित( हरिवहादुर थापा, अंग्रेजी( खेम नाथ सिटौला, लेखा( जुजुभाइ महर्जन रहनु भएको छ । त्यस्तै वर्ष २०६९ को उत्कृष्ट शिक्षक प्राथमिक तर्फ सानु माया महर्जन र माध्यमिक तर्फ किरण चन्द्र के.सी. घोषीत हुनु भएको छ ।

No comments:

Post a Comment