Saturday, September 7, 2013

डाय्स माओवादीद्वारा क्षेत्र नं १० मा गोलमेच सभाको औचित्य विषयक अन्तरक्रिया

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
डाय्स माओवादीद्वारा क्षेत्र नं १० मा गोलमेच सभाको औचित्य विषयक अन्तरक्रिया



“यथास्थितिमा चुनाव गर्नु भनेको देशलाई सिक्किमीकरणतिर लैजानु हो ।” नेकपा–माओवादीका नेता देव गुरुङ

गत भाद्र १५ गते नेकपा–माओवादी क्षेत्र नं.१०ले राष्ट्रिय स्वाधिनता र पहिचानसहितको संघीयताको निमित गोलमेचसभाको औचित्य विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । धनवहादुर महर्जनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एनेकपा माओवादीका शम्भुराम महर्जन, नेकपा एमालेका हिराकाजी महर्जन, संघीय समाजवादी पार्टीका नजरराम महर्जन र डा.चन्द्रमान बज्राचार्यले आ–आफनो विचार राख्नु भएको थियो ।

हिलसाइड होटल कीर्तिपुरको सभा हलमा भएको उक्त कार्यक्रममा नेता गुरुङले भन्नुभयो, “हामी चुनाव विरोधी होइनौं । तर यथास्थितिमा हुने चुनावको विरोध गर्छौ । विदेशी प्रभुको इशारामा हुन लागेको चुनावले संविधान लेखिंदैन । संविधानसभामा कस्तो संविधान लेख्ने, त्यो संविधानमा के के कुरा समावेश गर्ने भन्ने मूलभुत आधार तय गरेर मात्र चुनाव हुनु पर्छ । यी सबै कुराको छिनोफानो गर्न गोलमेच सम्मेलनको मांग गरेका हौं । गत संविधानसभामा पहिचानसहितको संघीयता पक्षधरहरूको दुई तिहाई बहुमत हु“दा हु“दै पनि संविधान सभाको वैठक पनि नबसी विघटन गराइयो ।” नेता गुरुङले भन्नुभयो, “वार्ताको लागि बोलाउ“छ तर वार्ता गर्न तयार हु“दैन । मंसिर ४ मा चुनाव गर्ने, खिल राज रेग्मीको सरकारले नै चुनाव गराउने सर्त राखेर वार्तामा बोलाउ“छ, यो भनेको हात खुट्टा बा“धेर खाना खाउ भनेजस्तै हो । सेना परिचालन गरेर भए पनि चुनाव गराउने भनेर हल्ला फिजाईरहेका छन । यदि यसरी भयो भने देशमा द्वन्द्व निम्त्याउने छ । हामी पनि सशक्त प्रतिरोध गर्छौं ।”

No comments:

Post a Comment