Saturday, September 7, 2013

साफ च्याम्पियनसिप फुटवलमा नेपालको शानदार सुरुवात

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

साफ च्याम्पियनसिप फुटवलमा नेपालको शानदार सुरुवात
 

नवीन महर्जन

गत भाद्र १५ गते सनिवार देखि साफ च्याम्पियनसिप फुटवल प्रारम्भ भएको छ । उद्घाटन खेल दशरथ रंगशालामा आयोजक नेपाल र चिरपरिचित प्रतिद्वन्द्वी वंगलादेश विच भएको थियो । उक्त खेलमा नेपालका स्ट्राइकर अनिल गुरुङले १८ मिनेटमा र अर्को गोल खेलको ३१ औं मिनेटमा भरत खवासले गोल गर्दै नेपालले २–० जित हासिल गर्दै शानदार सुरुवात गरेका थिए । रक्षात्मक र आक्रामक दुवै रणनीति अपनाई अगाडी बढेको नेपाली टिमले निकै आकर्षक खेल देखाउँदै दर्शकहरूलाई आनन्दित तुल्याएको थियो साथै नेपाली दर्शकले पुरै ९० मिनेट नेपालको समर्थकमा ताली बजाई उत्साहित बनाईका थिए । यस उद्घाटन खेलमा नेपालका सम्पूर्ण खेलाडीहरूले जिम्मेवारी पूर्वक मेहनतका साथ आफ्नो कार्य गरेको देखिन्छ भने नेपाली दर्शकले पनि अपार माया र समर्थन गरेको देखिएको यो निरन्तरता रहेमा नेपाली टिमलाई कसैले रोक्न सक्दैन । नेपाली टिमले सुरुवातमै गोल गरी अग्रता कायम गरेकोले दवावमा खेल्नु पनि परेन । दोस्रो हाफमा पनि नेपाली टिमले निकै आक्रमक खेल खेलेको थियो तर थप गोल गर्न असमर्थ रह्यो । तसर्थ फिनिसिङ्गमा अझ सुधार गर्नु पर्ने देखिएको छ । वान भर्सेज वानको अवसर पटक पटक हुँदा पनि त्यो गोलमा परिणत गर्न नसक्नु यसबारे अवश्य सोच्नु पर्ने देखिएकोछ आगामी म्याचमा अवश्य सुधार गर्नुपर्ने देखिन्छ । नेपाली टिमको डिफेन्स लाइन र गोलकिपर किरण चेम्जोङले निकै आकर्षक बचाउ गरेका थिए । समग्रमा बङ्गलादेशले संधैं दवावमा राखीराखेको नेपाली टिम यस प्रतियोगिताको पहिलो खेलमै जित हासिल गर्नु निकै राम्रो सुरुवातको रुपमा लिनु पर्दछ । नेपालले दोस्रो खेल गत मंगलवार पाकिस्तान विरुद्ध खेलेको थियो ।

अन्तिम लिग नेपालले आगामी भाद्र २० गते विहिवार डिफेन्डिङ्ग च्याम्पियन भारत विरुद्ध खेल्ने छ । यस प्रतियोगिताको समूह क मा आयोजक राष्ट्र नेपाल लगायत भारत, वङ्गलादेश र पाकिस्तान को टिम रहेको छ भने समूह ख मा नवशक्तिशाली टिम अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् । नेपाली टिमले गल्फ राष्ट्रको भ्रमणमा राम्रो प्रदर्शन खेल खेल्दै उच्च मनोवल बनाई यो साफ च्याम्पियनसीपमा सहभागी बनाईएको थियो । नेपाली टिममा समावेश २० सदस्यीय खेलाडी यसप्रकार रहेका छन ।

गोककिपर :– किरण चेम्जोङ्ग, रितेश थापा, विशाल श्रेष्ठ
रक्षक : – सागर थापा, सन्दीप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ
मिडफिल्ड :– जगजित श्रेष्ठ, राजु लामा, भोला सिलवाल, विक्रम लामा, प्रकाश बुढाथोकी, टंक वस्नेत
फरवार्ड :– जुमानु राई, भरत खवास, सन्तोष साहुखलः, अनिल गुरुङ्ग, विमल घर्तिमगर
प्रशिक्षक :– ज्याक स्टेफनोस्की र रिचार्ड ओर्नोस्की

यस प्रतियोगिताको समूह क र ख बाट बिजेता र उपविजेता टिम सेमिफाइनलको लागि छनोट हुनेछ र पहिलो सेमिफाइनल आगामी २३ गते समूह को विजेता र समूह ख को उपविजेता विच त्यसैगरी दोस्रो सेमिफाइनल खेल आगामी भदौ २४ गते समूह ख को विजेता र समूह क को उपविजेता विच हुनेछ । फाइनल खेल भदौ २६ गते सेमिफाइनल खेलको विजेता विच खेल्ने छ । यस प्रतियोगितामा नेपाली टिमले यस्तै लगन, मेहनत र आपसी तालमेल विच खेल खेलेमा जित्ने सक्ने सम्भावना निकै छ साथै नेपाली टिमले उच्च मनोबल का साथ खेल खेली यो उपाधी हात पार्न सकोस भनेर कामना पनि गर्न चाहन्छौं ।

No comments:

Post a Comment