Saturday, September 7, 2013

4th Kirtipur Municipal Inter-school HESA Maths Quiz Contest 2070

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
4th Kirtipur Municipal Inter-school HESA Maths Quiz Contest 2070  

वि.सं. २०५४ सालमा स्थापित Hill - Town Ex-Student's Association 'HESA कीर्तिपुर नगरपालिका भित्र रहेका विद्यालयहरुको भूपू विद्यार्थी संघहरुमध्ये सक्रिय संस्थाको रुपमा रहेको छ । हिलटाउन स्कुलबाट एस.एल.सी. पास भएका सम्पूर्ण विद्यार्थीहरू यस संस्थाका सदस्यका रुपमा रहेकाछन् । स्थापना कालदेखि नै यस संस्थाले विविध विद्यार्थी, अभिभावक एवं समाजको उन्नतिका लागि विविध रचनात्मक, सेवामुलक तथा अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ । विगत केही वर्ष देखि यस संस्थाले खुल्ला Badminton प्रतियोगिता तथा अन्तरविद्यालय स्तरीय Math Quiz Competition को सफल आयोजना गर्दै आएको छ । यसै क्रममा यही भदौ ९ देखि १३ गते सम्म HESA n] 4th Kirtipur Municipal Inter-school HESA Maths Quiz Contest 2070 सफलतापूर्वक सम्पन्न गरेको छ ।

सुसा महर्जनको संयोजकत्वमा संचालित यस प्रतियोगितामा जम्मा १३ वटा टिमहरुको सहभागिता रहेको थियो । अन्तिम चरणमा निकै प्रतिस्पर्धाका बीच Nepal AP ले प्रथम स्थान हासिल गर्न सफल भयो ।

त्यसैगरी Rarahil , Panga School , Himalayan Academy  क्रमशः द्वितीय, तृतीय र चौथो स्थान ओगट्न सफल भए ।

कार्यक्रमको अन्तमा विद्यालयका निर्देशक एवं सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपालका महासचिव श्री  रमेश महर्जनले प्रमुख अतिथिका रुपमा विजयी विद्यार्थीहरु लगायत फाइनलमा पुग्ने सबै सहभागी विद्यार्थी, विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण  गर्नुभयो ।

No comments:

Post a Comment