Saturday, September 21, 2013

नगां ज्ञानमाला भजन खलःको वाषिर्क कार्यक्रम

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
नगां ज्ञानमाला भजन खलःको वाषिर्क कार्यक्रम


विगत १५ वर्षदेखि नगाउा ज्ञानमाला भजन खलःले वाषिर्क कार्यक्रम गरिंदै  आइरहेको थियो । यसैक्रममा गत भाद्र २२ गते शनिवार १६ औं वाषिर्कोत्सव विभिन्न कार्यक्रम गरी मनाईयो । नगाा ज्ञानमाला भजन खलःको अध्यक्ष धनवहादुर महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष प्रा. सुवर्ण शाक्य र अन्य अतिथिहरुमा कीर्तिपुर नगरपालिकाका लेखा अधिकृत सानुवाबु परियार, स्वयम्भू ज्ञानमाला भजन खलःका सचिव पूर्णकाजी ज्यापु, राष्ट्रिय ज्ञानमाला समितिको केन्दि्रय सदस्य अष्टवहादुर महर्जन लगायतका हुनुहुन्थ्यो ।

अतिथिहरु एवम् सहभागी सबैलाई नगां ज्ञानमाला भजन खलःका उपाध्यक्ष भीमसेन दास महर्जनले स्वागत मन्तव्य बाट स्वागत गर्नु भएको थियो । बृद्ध सेवा समितिका अध्यक्ष हिरा डंगोलले बृद्ध सेवा समिति संस्थालाई दर्ता गरी दिवा सेवा संचालन गर्ने योजना प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा बृद्ध सेवा समितिलाई व्यवस्थित रुपले संचालन गर्न अक्षय कोषको लागि वासुदेव नेवाः ले रु.५० हजार, भाइलाल महर्जनले रु. ५० हजार, स्वास्थ्यकर्मी रत्नवहादुर महर्जन र विना महर्जनले रु.१० हजार, मथुरा डंगोलबाट रु.१० हजार, भजन संरक्षक नरवहादुर महर्जनले रु.३५००/, लक्ष्मी महर्जन क्वथुबाट रु.२०००/, सुर्जमाया महर्जनबाट रु.१०००/ र बोस्यां महर्जनले रु.१०००/ सहयोग गर्नु भएको थियो । अस्सी जना जेष्ठ नागरिकहरुलाई मायाको चिनोको रुपमा कपडा र जग उपहार दिएर सम्मान गरिएको थियो । धर्म स्टोरका हिरादेवी महर्जनले जग र बस्त्र धनवहादुर महर्जनले सहयोग गर्नु भएको थियो । प्रमुख अतिथि प्रा. सुवर्ण शाक्यले स्वास्थ्यकर्मीहरु प्रेमदास महर्जन, बासुदेव नेवाः, रत्नवहादुर महर्जन, विना महर्जन, डा.सोनी महर्जन र डा. अनन्त महर्जनलाई सम्मान गर्नु भएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रममा सहभागी, सहयोगी, दाता सबैलाई उपाध्यक्ष अष्टवहादुर महर्जनले धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न गायकहरुले ज्ञानमाला भजन गाउनु भएको थियो ।

No comments:

Post a Comment