Saturday, September 21, 2013

वैद्यविनाको उपचार सेवा

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
वैद्यविनाको उपचार सेवा

राम महर्जन, नगाउ, कीर्तिपुर -१६

वैद्य विनाको उपचारले
रोग निको नहुन सक्छ
दान विनाको धर्मले
पुण्य प्राप्त नहुन सक्छ

भाइ भाइ फुट्नाले
गवारले लुट्न सक्छ
दलहरु आपसमा नमिल्नाले
देश कमजोर बन्न सक्छ

ठूलाले सानालाई थिचोमिचो गर्नाले
आपसमा मेल नहुन सक्छ
लोभ धेरै गर्नाले
भ्रष्ट जेल जान सक्छ

शान्तिको घर भत्केपछि
अशान्तिको लहर आउन सक्छ
साथी विनाको जीवनले
एक्लो बृहस्पति बन्न सक्छ

साथी भाइ सबैसाग
सहयोग सद्भाव लिउा दिउा
गाउा शहर सबै ठाउा
राम्रो सन्देश लिएर जाऔं

सत्ताप्रेमी नेताहरु
देश प्रेमी बनी देखा
कुर्सि प्रेमी नेताहरु
जनता प्रेमी बनी देखा

No comments:

Post a Comment