Saturday, September 21, 2013

श्रद्धाञ्जली

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

श्रद्धाञ्जली ज्ञान बहादुर गुरुलाई

रामकृष्ण दुवाल, भुजिन्द पागा

ज्ञा— ज्ञानको ज्योति बालेर आयौं प्रथम चरण
न— नलोभ थियो न क्ष्योभ कुनै हुदय कञ्चन
ब— बन्नको लागि बालकलाई शिक्षा र विवेक
हा— हाइमा हाइ सबैको सामु असल शिक्षक
दु— दुःख र पिडा परेकालाई मद्दत गरेर
र— रसिलो बोली बोलेर स्वास्थ्य क्षेत्रमा छिरेर
म— महान काम गरेर फेरी जीवन बितायौं
ह— हजारलाई परेको रोग भगाई दिलायौं
र— रसिक थिए अमित थिए हासिलो मुहार
ज— जसरी तिम्रो सेवाको सार बनेछ जुहार
न— नदिको जल छ कति साग्लो सबैको पियार
गु— गुनेर सबै दिंदैछु आज यो शब्द अर्पण
रु— रुग्न छ छाती गुरुमा श्रद्धाञ्जलीको तर्पण

No comments:

Post a Comment