लघुकथाः व्यापारी
दिलकुमारी डङ्गोल
बिहानको समय,
कलेज नजिकैको नास्ता पसलमा बिद्यार्थीहरू आउने जानेको क्रम यथावत नै छ ।
प्रायः ११÷१२ पढ्ने विद्यार्थीहरू देखिन्थे ।
त्यस्तैमा चार जना केटीहरू आयो । भित्र टेबुलमा गएर बस्यो । दुई दुई जना बाडिएर ।
एकैछिनमा साहुजी आएर, “चियाखाजा चुरोट के ल्याइदिऊ ?”
सायद सधै आएर खाने गरेको भएर होला ।
एउटी केटीले भन्यो, “अहिलेलाई चारवटा चिया र दुईवटा चुरोट ल्याइदिनु । एकछिनमा खाजा के खाने भनौंलाँ ?”
साहुजीले हस् भन्दै, चारवटा चिया ल्याइदियो । चुरोट र लाइटर हातमा दियो । केटीहरू गफिदै चिया खादै, चुरोट
तान्दै थिए ।
त्यहिबेलामा, साहुजीको छोरा पसलभित्र आयो । कपी किन्न र कलेजमा खाजा खान पैसा माग्यो । साहुजीले रु ५००÷– को नोट निकालेर दियो । पैसा खल्टीमा राखेर निस्क्नै लाग्दा, आफुसंगै पढेकी स्कुलको साथीलाई देख्यो । नजिक
गएर हात मिलायो । ती केटीसंग कुरा गर्दै गरेको छोरालाई देखेर बोलाइहाल्यो । छोरा आयो । भित्र लगेर सम्झाउँदै,
“यस्तो चुरोट खाने तिम्रो साथी ? बिग्रेका । कहिल्यै कक्षाकोठा बस्ने होइन । खाली बाहिर डुलेरै बिहान बित्छ । यस्तालाई साथी बनाएर नहिड है छोरा ।”
छोराले भन्यो, “उनी मेरो स्कुलको साथी हो । संगै क्भ्भ् दिएको ।” यति भन्न मात्र के भ्याको ?
साहुजी रिसाउदै, “जो सुकै होस् न । अबदेखि साथी भनेर जाने बोल्ने होइन । यस्ता बिग्रेका केटीहरुसंग ।” बिहानैदेखि चुरोट तानेर बस्ने । आमाबुबाले पनि वास्ता नगरेका जस्ता । संगत नगर्लास् उनीहरुको ।
छोरा केही नबोलिकन निस्केर गयो । त्यहाँबाट ...
No comments:
Post a Comment