Monday, August 29, 2022

बाघचाल

 बाघचाल


प्रशान्त महासागर

कुनै पनि अवस्था कसैको पनि स्थिर हुन्न । जीवन स्थिर र व्यवस्थित बनाउनु पर्छ । तर परिवेश सदा चलायमान तरल हुने हुँदा कुनै केही अपुगता महसुस भईरहने गर्छ । जस्को सिधा असर समाजमा पर्न जाने गर्छ । एक हिसाबले समाजलाई दुर्घटनाको बाटोमा धकेल्न सक्छ ।  अपराध उत्पादन गर्न सक्छ । “सघाउ नेपाल” ले त्यस्ता विसंगति, बेथितिलाई निर्मूल पार्ने लक्ष्य लगायत उद्देश्य लिएको छ । समग्रमा भेदभावरहित समाजको समानान्तर उन्नतिको लागि उत्पादनलाई विकास भन्न काम, कर्तव्य र दायित्वलाई निष्ठापुर्वक निरन्तर निर्वाह गर्न स्थापित संस्थाको नाउ हो “सघाउ नेपाल” । यसमा वर्गलाई समावेश गरेर समानता सृजना गर्ने उद्देश्यलाई अहमताका साथ आत्मासात गरिनेछ । यसको धर्म हुन्न । जात पनि हुन्न । काममा निष्ठा र निरन्तरता हुन्छ नै । त्यही निरन्तरताको एउटा लोपोन्मुन्ख भएको खेल “बाघ(चाल” लाई सघाउ नेपालले संरक्षण र प्रवद्र्धन गनुपर्छ आवश्यकताको रुपमा मनन गरेको छ । 

बाघचालको आवश्यकता ः

नेपालको राष्ट्रिय मौलिक खेल लोप हुनु समाज सभ्यताहिन हुँदै जानु हो ।  यो हाम्रो जीवनमाथि लागेको धब्बा हो । मनुष्य जातलार्ई आफ्नै कर्मले व्यङ्ग गर्नु हो । त्यस्ता व्यङ्गहरु सहन गर्नु  पापी हुनु हो । त्यस्ता पापबाट मनुष्य जात सर्तक हुनुपर्छ । सर्तकता मनसष्य जातको सभ्यता पनि हो । सभ्यताले हामीलाई सक्रियता प्रदान गर्छ, स्वस्थ बनाउँछ । हामी जब सक्रिय र स्वस्थ हुन्छौं तब पूर्खाको नासो जगेर्ना गनुपर्छ सोचमा पुग्छौं । पुर्खाको नासो जगेर्ना गरि त्यसको सुरक्षित तवरले हस्तान्तरण गर्नु आजको हाम्रो दायित्व हो, मान्छौं पनि । त्यहीँ दायित्वलाई सम्वर्धन र प्रर्वद्धन गर्नु आवश्यकता भित्रको गहन कर्तव्य ठान्छौं । त्यो हामीले निर्वाह गर्नु पर्दछ । राष्टिूयता बोकेको खेललाई अन्तराष्टिूय रुपमा स्थापित गर्नुपर्छ । स्थापित एवम् व्यवस्थित गर्दा आईपर्ने चुनौतिलाई सामना गर्ने लक्ष्य सघाउ नेपालले आफ्नो ठानेको छ । बाघचाल नेपालको पहिचान बनाउनु पर्छ मान्यताका साथ सघाउ नेपाल अघि सरेको छ । एक किसिमको पुस्ता हस्तान्तरण, लोकप्रियता यथास्थानमा रहि रहोस त्यो भन्न पनि यसको निरन्तरता आवश्यकताको रुपमा देखा परेको छ । यो सघाउ नेपालले बुझेको छ ।


परिचय ः

बाघचाल बोर्डमा खेलिने र नेपालको पुरानो खेल हो । यो खेल दुई खेलाडि बिच खेलिन्छन् । एउटा बाघ र अर्काे बाख्रा बनि खेलिने गर्छन् । खेल जित्नको लागि बाघले चार बाख्रा खानु पर्छ भने बाख्राले जित्न बाघलाई पासोमा पार्न सक्नु पर्छ । बाघचाल नेपालको मौलिक विवेकता बोकेको राष्ट्रिय खेल हो । जीवन जन्मलाई मृत्युले बाधेको कथा झै हामी बिच बाघचाल खेल परिचित छ । तर हराउँदै लोप हुने क्रम तीब्र गतिमा दौडेको पाईन्छ । समय अभावले समाजमा संकुचित भए झै बाघचाल विलय हुने क्रम यथमजत युद्ध झै जारी छ । त्यो रोक्नुपर्छ सघाउ नेपाल सोच्दछ ।

उत्पत्ति

मानवको युगको सबैभन्दा स्वर्णिम युग भनी चिनिने युग कृषि युग नै हो । उत्पादनलाई जीवनसँग जोड्नु पर्छ, जीवन त्यही हो । समाज उत्पत्ति पनि त्यहीबाट भएको मान्न सकिन्छ । विकासको दृष्टिले हेर्न जानेको सिकेको धरातल पनि त्यही हो । त्यही युगलाई सहज र प्रभावकारी ढंगले अगाडि लानुपर्छ, लग्न सकिन्छ सोचेर मानव समाजले बस्तुभाउ पाल्न थाले । बस्तुभाउ पालेर त्यसबाट फाइदा लिई जीवन सहजिकरण गरि व्यवस्थित पार्ने निधो लिन मानवले सिके । तसर्थ बस्तुभाउ पाल्न थाले । घर भन्दा अलिक पर चराउदा प्रशस्तै मात्रामा घाँसपात (आहारा) पाउने सोचमा मानव जीवन अनुबन्धित हुँदै गए । घर जङ्गल जान आउने क्रम यावत रुपमा चल्दै गए । यसैक्रममा बस्तुभाउ घट्ने लगायत बाघबाट शिकार हुने अनेक घटनाहरु परिघटनाहरुले गोठालाहरु चिन्चित हुन थाले । आफुलाई पायक पर्ने हिसाबले गरिएका व्यवस्थाहरु आफु संगत नहुँदा चिन्चित भई बाघ(चालको उत्पत्ति भएको मान्न सकिन्छ । बाघबाट कसरी बाख्रालाई जोगाउन सकिन्छ, सोचमुख्य हुन गएको कारण बाघचाल खेल उत्पत्ति भएको निक्यौल निकाल्न सकिन्छ । झुण्डमा बाघले आक्रमण नगर्ने तर एक्लै पाए नछोड्ने विश्लेषणले बाघचालको जन्मभएको मान्न सकिन्छ । खेलको प्रक्रियाले त्यहि कुरालाई अंकित गर्छ ।

इतिहासः

यो खेल सैयौँ वर्ष पुरानो मानिएको छ । बच्चा बुढपाखा जो कोहीलाई पनि रहर पुर्वक खेल्न मन लाग्ने खेल बाघचाल हो । यो खेल गोठालाहरु बिच मात्र सिमित रहेको सोध अध्ययनले देखाएको छ । कसैले यो खेल हिमालबाट उत्पत्ति भएको भन्छन भने कसैले यो खेल भारतको दक्षिणी भेगबाट आएको हो भन्छन । कुरा जे सुकै भएपनि आफ्नो वस्तुभाउ बचाउने कसरी जुक्ति लगाएर विवेकता पुर्वक युक्ति लगाउन उत्पत्ति भएको इतिहास छ । इतिहास वर्तमानको ऐना अनि भविष्यको खोज हो ।

उद्देश्य ः

बाघचालको मृुख्य उद्देश्य भनेकै दिमाग लाई स्वस्त र चुस्त बनाउनु हो । आफु बाघ भएको अवस्थामा बाख्राको झुण्डलाई कसरी तोड्ने । शिकारी दाउपेज सिकाउने आफु बाख्रा भएको अवस्थामा शक्तिशाली बाघलाई पनि शक्तिहीन कसरी बनाउने । जीवन समाजमा कसरी समर्पित हुने । मेरो शक्ति समाज अघि केही होईन् ज्ञान दिने । पुस्ता हस्तान्तरण गर्ने । व्यक्तित्व विकास गर्ने ।

निष्कर्ष ः

जीवनसँग सिधै सम्बन्ध भएको खेल बाघचाल हो । समाजबाट उत्पन्न भएको खेल समाजकै हिलका लागि हुनुपर्दछ । हाम्रो विचार तेतातिर हुनुपर्छ । समाज किन समाज भए भन्ने बाघचालले बताउँछ । एक्लै एक्लै जिउँदा जस्ले पनि हमला गर्ने कुरा छ भने अर्काे जति नै कमजोर प्राणी भएतापनि समुुहमा चल्न सके, सिके जिवनमा आइपर्ने अप्ठ्यराहरु स्वतः नाश हुन्छ । बाघ जस्तो शक्तिशाली प्राणीले हमला  गरेता पनि एक दुईको बलिदान दिई पुरै समाजलाई बचाउन सकिन्छ । समाजमा ठुलाले सानालाई एक्लै पाए लुछाचुडी गर्छ भन्ने सानो सन्देश बाघचाल नै हो । आफुहरु सभ्य र व्यवस्थित हुन सकेको खण्डमा कुनै पनि शक्तिले समय अगावै जिवनमा मृत्यु बर्साउन सक्दैनन् । सासक जतिनै बलियो डरलाग्दो भएपनि उसलाई पनि लोभमा फसाएर आफुहरु सुरक्षित हुन सकिन्छ । शक्तिका खुट्टाहरु एक एक गरी भाच्न  सकिन्छ । चार दिशा ओगटेको चार बलिया खुट्टा भएका बाघलाई पनि थुन्न सकिन्छ । कमजोरको अर्थ सहन मात्र शक्ति होइन बाघचालले त्यही बताउछ । 

राजनैतिक कुरासँग बाघचाललाई जोड्ने हो भने सामान्ती शासकले शक्ति टुक्राउन सक्छ बाघको जितले त्यहीँ बताउछ भने बाख्राको जितले आफुहरु जति निमुखा बर्गका भएता पनि एक जुटमा शक्ति हुन्छ त्यही बताउँछ । 

चारदिशाबाट आउने आँधि जस्तो शक्ति रुपी बाघलाई पनि आपसि मतभेद नरहेको खण्डमा थुन्न सकिन्छ । कमजोर एक हुनसक्छ तर दुईबाट तीन हुँदै जोडिदै जाने क्रममा त्यो इतिहास बदल्न सक्ने सोच बन्छ । त्यो सोचमा जस्तोसुकै शक्तिले पनि आत्मा समर्पण गर्नुपर्छ । जीवन समर्पणकै लागि हो समाजकै व्यवस्थापनको लागि बाघचाल त्यही अर्थको जन्म हो, उत्पत्ति हो ।


No comments:

Post a Comment