Thursday, August 25, 2022

स्वास्थ्य र शिक्षामा कीर्तिपुर नगरपालिकाको ऐतिहासिक कदम

 स्वास्थ्य र शिक्षामा कीर्तिपुर नगरपालिकाको ऐतिहासिक कदम


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र कीर्तिपुर अस्पतालका डाइरेक्टर भरतकुमार प्रधान बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

कीर्तिपुर अस्पतालमा कीर्तिपुरवासीलाई ५० प्रतिशत छुट, शिक्षाका लागि तीन वटा सामुदायिक क्याम्पससंग सम्झौता

कीर्तिपुर सन्देश साप्ताहिक

कीर्तिपुर वडा नं.२ देवढोकामा संचालनमा रहेको कीर्तिपुर अस्पतालले विगतमा स्वास्थ्य विमा गराए वापत ५० प्रतिशत छुट पाउँथ्यो । जसको लागि विमा गर्नेले रु.११००/राख्नुपर्छ त्यसमा कीर्तिपुर नगरपालिकाले जनही रु.२०० थपिदिने गर्दै आइरहेका छन ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार दिएका नगर प्रमुख राजकुमार नकर्मीले कीर्तिपुरवासीलाई कीर्तिपुर अस्पतालमा स्वास्थ्य उपचार गराउँदा ५०% प्रतिशत छुट दिने प्रतिवद्धता दिएको थियो । सोही प्रतिवद्धता बमोजिम नै गत भाद्र ५ गते कीर्तिपुर अस्पतालसँग कीर्तिपुरवासीलाई ५०% प्रतिशत छुट दिने बारे एक कार्यक्रमका बीच लिखित सम्झौता भयो । उक्त सम्झौता आदान प्रदान कार्यक्रममा मेयर राजकुमार नकर्मीले कीर्तिपुरमा एउटा प्राविधिक विषय पढाउने कलेज स्थापना गर्ने उद्देश्य रहेको भएतापनि समयाभावको कारण यस वर्ष संचालनमा ल्याउन सकिएन । अर्को शैक्षिक सत्र सम्ममा संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

सो सम्झौता बमोजिम कीर्तिपुर नगरपालिकाले कीर्तिपुर अस्पताललाई बार्षिक रु. ८० लाख दिनु पर्नेछ । सो दिए वापत कीर्तिपुर अस्पतालले रु.६० हजारसम्मको उपचारमा ५०% प्रतिशत छुट दिने त्यसपछि २५% प्रतिशत छुट दिने छ । 

उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर राजकुमार नकर्मी, प्रमुख प्रशासकीय अधिकृत  राजेन्द्र कार्की स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर र कीर्तिपुर अस्पताल व्यवस्थापन समितिका तर्फबाट राम मान सिंह, केशरत्न बज्राचार्य र हिरा बहादुर महर्जनले हस्ताक्षर गर्नु भएको थियो । त्यस्तै कीर्तिपुर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष भरतकुमार प्रधान, निर्देशक डा.पेरु प्रधान र प्रशासन तथा बित्त नियन्त्रक डा.बसन्त महर्जनले हस्ताक्षर गर्नु भएको थियो ।

यसैवीच गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले चुनावको बेला प्रतिवद्धता जनाएका मध्ये दुईवटा प्रतिवद्धता पुरा गरेका छन । 


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र मंगल बहुमुखि क्याम्पसका क्याम्पस चीफ प्रदिप महर्जन बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

जसमा एक घर एक स्नातक कार्यक्रमको प्रतिवद्धता जनाएको १०० दिन पनि नपुग्दै कीर्तिपुरवासीहरुलाई स्नातक निशुल्क पढाउने जनाएको थियो ।  


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र सहिद स्मारक क्याम्पसका क्याम्पस चीफ मिलन महर्जन बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

सो प्रतिवद्धता पुरा गर्दै कीर्तिपुर नगरपालिकाभित्र रहेका ३ वटा सामुदायिक क्याम्पसहरु मङ्गल बहुमुखि क्याम्पस, जनाधार सामुदायिक क्याम्पस र शहिद स्मारक कलेज बीच निम्न बमोजिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


कीर्तिपुरका मेयर राजकुमार नकर्मी र जनाधार बहुमुखी क्याम्पसका क्याम्पस चीफ शिवराम श्रेष्ठ बीच सम्झौता पत्र आदान प्रदान गर्दै 

उक्त सम्झौता पत्रमा कीर्तिपुर नगरपालिकाको तर्फबाट मेयर राजकुमार नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र शिक्षा शाखा प्रमुख टंकलाल गैरे, मंगल बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रदीप महर्जन, सहिद स्मारक कलेजका प्रिन्सिपल मिलन महर्जन र जनाधार क्याम्पसका प्रिन्सिपल शिवराम श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।



No comments:

Post a Comment