Tuesday, July 25, 2023

मलमास र मच्छे नारायण मेला

 मलमास र मच्छे नारायण मेला





—श्रीकृष्ण महर्जन

   जब मलमास अर्थात अधिकमास हुन्छ त्यो समयममा मत्स्यनारायाण मेला लाग्छ एक महिना सम्म । काठमाडौँ जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा साउन २ गतेदेखि मेला सुरु भएको छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि चन्द्रागिरी नगरपालिका र स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन गरि क्रियाहिले हुने गरेका छन् । 

पौराणिक कथा

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छवि कालमा निर्माण भएको विश्वास गरिन्छ ।



मलमास कसरी आउँछ ?

मच्छेनारयण मेला लाग्ने मनमासको बारेमा धेरैलाई जानकारी भएतापनि कुन समयमा मलमास सुरु हुन्छ भन्ने कुरा थोरैलाई मात्र जानकारी  होला । 

सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ । सामान्यतया चन्द्रमास अनुसार प्रत्येक महिना साढे २९ दिन  हुन्छ । सामान्य तया सौर्यमास अर्थात सूर्यमासमा भने महिनामा साढे ३० दिन हुन्छ । चन्द्रमासको तुलानमा प्रत्येक महिनामा सूर्यमासमा एक दिन बढि हुने गर्दछ । 

हिसाव गर्दा प्रत्येक बर्ष ११ दिन फरक हुदै जान्छ । चन्द्रमास र सूर्यमासलाई मिलानका लागि नै चन्द्रमासमा कम हुने एक महिनालाई मलमासको रुपमा लिएको पाइन्छ । यस हिसावले करिव ३३ महिनामा एक महिना फरक हुन्छ र त्यहि हो मनमास अर्थात अधिकतममास ।

कुन समयमा पर्छ ?

सामान्यतया जुनसुकै महिनामा पनि पर्छ भन्ने गरिन्छ । तर यस बारे एउटा सिद्धान्त छ कि ‘असंक्रान्त महास अधिकमास’ । यो भनेको अर्थ संक्रान्ति नपरेको महिना नै अधिकमास हो । तिथि अनुसार अर्थात चन्द्रमासको एक महिना भित्र जुन महिनामा संक्रान्ति अर्थात १ गते पर्दैन त्यहि महिना अधिकमास हुन्छ । 

अधिकमासमा गर्न नहुने 

फल प्राप्तिका लागि गरिने शुभ कार्यहरु गर्नु हुदैन भन्ने मान्यता त । ब्रत, विवाह, नयाँ बेलुही गृह प्रवेश, चुडाकर्म, श्राद्ध, यज्ञ, जात्रा, पर्व कुनै पनि कार्य गर्नु हुदैन र ती कार्यहरु एक महिना पछि मात्र गर्न मिल्छ । विशेष गरि नारायणले मत्स्य रुप लिएका कारणले यो महिना  भरी नै माछा खानु हुदैन भन्ने मान्यता रहेको पाइन्छ । नयाँ बिबाह भएकाहरु यो महिना भरी संगै सुत्नु हुदैन भन्ने मान्यता समेत रहेको पाइन्छ ।  हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमास राम्रो नमान्ने चलन छ । मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । 

किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । 

अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।


No comments:

Post a Comment