ज्येष्ठ नागरिकप्रति युवा दायित्व
संगीता उप्रेती श्रेष्ठ
नेपाली समाजमा आफुभन्दा ठुलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले ज्येष्ठ नागररिकप्रति कर्तव्य पालना गर्न सिकाएको छ । साथै जुनसुकै धर्मले ज्येष्ठ नागरिकलाई राज्य र समाजले दिनुपर्ने सहयोग साथैै सम्मानका बारेमा निर्देश गरेको छ । जुन दर्शनले बृद्ध बृद्धालाई अत्यन्त उच्च सम्मान र सहयोग गर्न प्रेरित गर्छ । तर नेपालमा अहिले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार ठिक छैन भनी नियम कानुन बनेकै छैनन । विकसित हुँदै गएको प्रवृत्ति पनि हाम्रो परम्परा साथै मूल्य मान्यता अनुसारको छैन । जसले गर्दा ज्येष्ठ नागरिकले अपमान बोध गर्नुपर्ने अवस्था छ । यो अवस्था रहनु भनेको भोली आफैमाथि आइलाग्ने नकारात्मक व्यवहारलाई निम्तो दिनु हो । किनकि आजका प्रत्येक युवा–युवती भोलिका वृद्धा–वृद्ध हुन । सबैले वृद्ध अवस्था भोग्नै पर्छ । तसर्थ यो अवस्थालाई सरल सहज र सुखमय बनाउन समाज र राज्यले आवश्यक ध्यान दिन जरुरी छ । जहाँ ज्येष्ठ नागरिकको हितमा काम हुन्छ त्यो मुलुक आफैमा सुसंस्कृति र कर्तव्यनिष्ठ जनता भएको मुलुक ठहरिन्छ । आफ्नै अग्रजहरुप्रति उचित व्यवहार गर्न नसक्ने व्यक्ति समाज र राष्ट्रलाई सम्मानको दृष्टिले हेर्न सकिंदैन । तसर्थ सबैलेज्येष्ठ नागरिकको हक–हितका लागि सोच्नै पर्छ । नेपालमा २४ लाख ज्येष्ठ नागरिक रहेको अवस्था छ । तर विडम्बना के छ भने उनिहरूसंग रहेको दक्षता र सीप राज्य समाजले उपयोग गर्न चासो देखाएको छैन । यो दक्षतालाई प्रयोग गर्नका लागि राज्यसंग नियम कानुन र दीर्घकालीन योजना सोच नहुनुनै अहिले खड्किएको पक्ष हो ।
वृद्धहरूलाई हेलाको पात्र बनाईदैछ । जबकि उनीहरूसंग समाजलाई काम लाग्ने ज्ञान र सीप छ । ज्येष्ठ नागरिकको यो पंक्तिमा धेरै व्यक्ति सरकारी वा गैरसरकारी जागरिबाट अवकाश प्राप्त भएकाहरू पाइन्छन । यदि उपयुक्त स्थान दिने हो भने उनीहरूले लामो समय लगाएर आर्जन गरेको ज्ञान सीप राष्ट्रले अझ धेरै लामो समयसम्म प्राप्त गर्न सक्छ । तर यसका लागि सरकारले कानुन तर्जुमा गर्नुपर्ने हुन्छ र विभिन्न संघ–संस्था समूह र समाजले अग्रजहरूको ज्ञानलाई उपभोग गर्ने वातावरण तयार गर्न सक्नुपर्छ । एकातिर यसले जेष्ठ नागरिकप्रति सम्मान गरेको ठहर्छ भने राष्ट्रले पनि उनिहरूबाट प्रचुर लाभ लिन सक्छ । वास्तवमा बालक, युवा र अन्य समुहका लागि विभिन्न कानुन बने, सेवा गृह निर्माण भए तर वृद्ध–वृद्धाका लागि केही छैन । यो अवस्था हुनुहुँदैन मानव विकाशको क्रममा मानिसको जन्म भएपछि युवा, वृद्ध हुँदै मर्ने प्रक्रिया प्रकृतिको बरदान नै मानिन्छ । यदि यो प्रक्रियामा कतै भुलचुक भए यो संसार नरहन सक्छ ।
सबै प्राणीका लागि जन्म बाल, युवा र वृद्ध हुँदै अन्तिममा मृत्युवरण गर्नु नै प्रकृतिको नियम हो । यही नियम भित्र पर्छ ज्येष्ठ नागरिकप्रति गरिने सम्मानजनक व्यवहार र उपयुक्त व्यवस्था । तर नेपालमा ज्येष्ठ नागरिकको हक–हित र उचित सरोकारको विषयमा सरकारले कुनै नियम कानुन बनाएको छैन । २४ लाख भन्दा बढि ज्येष्ठ नागरिकप्रति एक प्रकारले यो अपमान हो । उनीहरूको हक–हित सुरक्षित गर्न र मृत्यु पर्यन्त सम्मान गर्न सक्ने खालको कानुनी व्यवस्था सरकारले तुरन्त गर्नुपर्छ । केमा स्पष्ट हुन जरुरी छ भने हामी जे छौ अग्रजहरूकै कारणले प्राप्त भएको हो यसलाई कसैले पनि विर्सन मिल्दैन । अहिलेका वृद्धहरू हिजो युवा थिए र युवाहरू हिजो बालक थिए । आजका युवा भोलि वृद्ध हुन्छन । यहि नै प्रकृतिको नियम हो । यो प्रकृतिको नियमलाई कसैले बदल्न सक्तैन । तसर्थ अग्रजहरूका हक–हितको ग्यारन्टी गर्नु भनेको आफ्नो वृद्ध अवस्थालाई सहज बनाउनुु हो । तसर्थ ज्येष्ठ नागरिकहरूको हकहितको ग्यारेन्टी गर्ने कानुन निर्माण र उनीहरूले सम्मान जनक बाँच्न पाउने वातावरण तयार गर्नै पर्छ ।
नेपालमा ज्येष्ठ नागरिकमाथि अधिकांश पारिवारिक दुव्र्यवहारमा सम्पत्ती नै प्रमुख कारक तत्व मानिएको छ । तसर्थ ज्येष्ठ नागरिकलाई सम्पत्तिको कारणबाट हुने दुव्र्यवहारबाट सुरक्षित गराउन कानुनमा आधारभूतरूपमै संशोधन गर्नुपर्छ । जसअनुसार ज्येष्ठ नागरिकले आजैको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुनुपर्छ । जुन इच्छापत्र ज्येष्ठ नागरिकले चाहेको बखत सहजै रद्ध हुने कानुनी व्यवस्था गर्नुपर्छ । हाल, आपूmसँग कुनै सम्पत्ति नभएकाले सन्तानको आय आर्जनमा बाँच्न बाध्य ज्येष्ठ नागरिक मात्रै पारिवारिक दुव्र्यवहारमा परिरहेका छैनन् कि आपूmसँग बाँचुन्जेल खान लगाउन पुग्ने सम्पत्ति भएका ज्येष्ठ नागरिकहरू पनि पारिवारिक दुव्र्यवहारमा परिरहेका छन । यो भन्दा विडम्बनाको विषय केही हुन सक्तैन ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्न कुन पालिका, वडा, जिल्ला कुन शहर कुन गाउँ टोल उत्कृष्ट छ भनी पहिचान गर्ने परम्पराको कायम गर्नुपर्छ । समाजमा, सामाजिक काममा सार्वजनिक पदधारीको सही उमेर र पाका मानिसलाई क्रमश आशन ग्रहण गराउने, सम्मान गर्ने संस्कृतिको विकास गर्नु पर्छ । अन्य मुलुकका असल अभ्यासको खोजी गरी हामी आफ्नो कर्म गरौं तिनै तहका सरकारले परामर्शदाता, सल्लाहकार, स्वयंसेवक, संचालक, सदस्य लगायतका पदमा नियुक्ति गर्नुपर्छ । प्रत्येक वडामा ज्येष्ठ नागरिक स्रोत केन्द्रको स्थापना गर्नुपर्छ । यस केन्द्रले ज्येष्ठ नागरिकको प्रोफाइल तयार गरी उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ ।
No comments:
Post a Comment