Friday, August 22, 2025

१.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि

 १.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि



नवराज अधिकारी

धुम्म आकाश असारको मध्य समय झ्याउँकिरी र अन्य किरा फट्याङ्ग्राको  आवाजमा बिहानीको उज्यालो संगै हुलका हुल मानिसहरू अपराधीलाई हतकडी लगाएर डोहो¥याए जस्तो पप्पी र डग्गीहरूलाई साङ्लोमा घिसार्दै कीर्तिपुरको शान र गौरव देशकै ठूलो त्रिभुवन विश्वविद्यालय हाता परिसर भित्र छिर्दै थिए सायद कसैको नियन्त्रणमा अध्ययन गर्न भनेर हिडेछन की  क्या हो ? हुन त देशले शिक्षा क्षेत्रमा फड्को मारिसकेको छ । देशमा साक्षरता प्रतिशत बढिरहेको छ । कोही कसैको साङलोमा नियन्त्रित तिनीहरू एक आपसमा कराउँदै थिए सायद नित्य कर्मको समय भएर हो कि ? मानिसहरुले तिनीहरूको भाषा बुझेर हो कि केहीबेर टक्क अडिए साङलोमा नियन्त्रित तिनीहरू खुट्टा उचाल्दै थिए सायद शौचालयको खोजीमा हुनुपर्छ । चेतनशील प्राणीले ती अबोध जनावरको लागि खुल्ला आकाश नै सौचालय बनाइदिए । ती डग्गी र पप्पीहरु आफ्नो लाज छोप्न बुट्यान र झाडी भएतिर तन्किदै कराउँदै थिए । नजिकै रुखहरूमा भएका चराचुरुङ्गी जोड जोडले कराउन थाले सायद मेरो मनले भन्दै थियो यी चराहरू आफ्नो बासस्थानमा अरूले फोहोर गरे अथवा मेरो घर वरिपरि किन हल्ला गर्दैछ भनेर हुनुपर्दछ । न कराउनु पनि किन “घर आयो कुकुर बलियो” भने जस्तै आफ्नो बासस्थानमा अरूले कब्जा जमाउन खोज्दा जो कोही पनि आक्रामक हुन्छ तर तिनीहरू सभ्य र सलिन थिए विरोध मात्र जनाए ।

        विश्वविद्यालय यस्तो ठाउँ हो जहाँ माध्यमिक तह पछि उच्च शिक्षा अध्ययन गर्ने ठाउँ हो जहाँ बौद्धिक वर्गहरू उल्लेख्य मात्रामा उपस्थित हुन्छन् । सम्पूर्ण विषय अध्ययन अध्यापन हुने ठाउँमा प्रत्येक दिन कुकुर डुलाउने देखि लिएर गाईबस्तु चराउने ठाउँ भइरहेको छ । विश्व विद्यालय भित्र पशु उद्धार केन्द्र त छैन ? के यो ठीक हो त ?  कीर्तिपुर १२ वर्ष अगाडि नै खुल्ला दिशा मुक्त घोषणा भएको नगरपालिका हो । धर्म शास्त्र, विभिन्न भाषाहरूदेखि लिएर सम्पूर्ण क्षेत्र र विषय पढाइ हुने ठाउँमा विज्ञान वैज्ञानिक र आविष्कार केन्द्र समेत रहेको यस विश्व विद्यालयमा विद्यार्थी बनेर आई नपुग्ने सायद कमै होलान । शिक्षा क्षेत्रमा यो एउटा देशकै शान हो । विश्व विद्यालय सुधार गर्नुपर्दछ भनेर पेशागत संगठन, राजनैतिक दलका भातृ संस्थाको रूपमा विभिन्न विद्यार्थी संगठनहरू लागि परिरहेका छन् । यस विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू शिक्षा क्षेत्रमा सुधार गर्नुपर्दछ भनेर भनिरहेका हुन्छन् । जहाँ अध्ययन गरेका विद्यार्थीहरू कयौ पटक शिक्षा मन्त्री समेत भइसकेका छन् अझ विशेषत प्रधानमन्त्री कुलपति हुने  प्रावधान रहिआएको छ ।

           विश्व विद्यालयले समय समयमा विश्व विद्यालय क्षेत्र भित्र गाईबस्तु चराउन, कुकुर डुलाउने, सवारी साधन सिक्न सिकाउन निषेध गरिएको सूचना बेला बेलामा प्रकाशित भइरहेको थियो । की अहिले यी र यस्ता कार्यहरू गर्न गराउन पाइने हो ? यदि होइन भने त्यहाँ कार्यरत सुरक्षा निकायलाई त्यस्ता कार्यहरू गर्न गराउन हुँदैन भन्ने थाहा छैन ? की विश्व विद्यालय क्षेत्र भित्र पशु उद्धार केन्द्र बनाएर संरक्षण गरिएको छ ? की विश्व विद्यालयले  नै चासो नदिएको हो ? विश्व विद्यालयले यी र यस्ता साना साना कार्यहरूको लागि विशेष चासो लिएर देशकै ठूलो र पुरानो विश्व विद्यालय विश्व सामु चिनाउन पहल गरौं । त्रिविलाई कुकुर डुलाउने वा गाई चराउने ठाउँ बनाउनु न त उचित हो, न त स्वीकार्य । यस्तो प्रवृत्तिले हाम्रो शैक्षिक गौरवमा आँच पु¥याउँछ । त्रि वि विश्वविद्यालय मात्र होइन  यो नेपाली शिक्षा क्षेत्रको मेरुदण्ड हो यसलाई सुरक्षित, स्वच्छ र सम्माननीय बनाउनु हरेक नागरिकको जिम्मेवारी हो ।


No comments:

Post a Comment