Friday, September 6, 2013

मेरो साथी

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

मेरो साथी 

रिदेन महर्जन, बाघभैरव, स्थान

साथी मेरो साथी जसले मलाई
सुख मात्र होइन दुःखमा पनि
साथ दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
आपतविपतमा पनि साथ दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
नयाँ सोच जोस र जागर दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
कुबाटो, कुलतको बाटोबाट
छोड्नमा साथ दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
हरेक क्षण हौसल्ला, उत्साह,
प्रोत्साहन दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
हरेक कार्यमा दत्त, चित्त
भएर साथ दिएको होस् ।

साथी मेरो साथी जसले मलाई
जिन्दगीको हरेक पाइलामा
साथ दिएको होस् ।

No comments:

Post a Comment