Friday, September 6, 2013

मैं हुँ भन्ने जँड्याहाले झै

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

मैं हुँ भन्ने जँड्याहाले झै
 
राम महर्जन, नगाउँ, कीर्तिपुर –१६


दलिय स्वार्थको धुलोले
जनताको आँखानै धुलाम्मे भयो
बाटो विस्तारको हिलोले
काठमाडौं नै हिल्लामे भयो

वागमती छेउको वस्तीले
काठमाडौंको सक्कली रुप देखिन थालियो
मरु मख्खन असन कमलाक्षी
सांगुरो वाटो ठेलम ठेल वतुवा

भएका उद्योग प्रायः वन्द
युवा शक्ति विदेश पलायन
नेताहरू लाग्दै चुनावी अभियान
जनताहरू बस्दै तमाशा हेर्दै

नेताहरूको कसरत भोट पाउने कसरी
जित्नै पर्छ यसपालि जसरी पनि
कोही नेता देखिएन देशभक्तको रुपमा
जनताहरू मात्र चुनावी तुरुप मा

राष्ट्रिय सम्पदाले भरेको देश
शान्तिभूमी यो देश नेपाल
मै हुँ भन्ने जड्याहाले झैं
तमसुक भित्र पार्ने हो की ?

No comments:

Post a Comment