Friday, September 6, 2013

नृपेशको चुटकिला (अनलाईनको माध्यमले कत्तारबाट प्राप्त)

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

नृपेशको चुटकिला (अनलाईनको माध्यमले कत्तारबाट  प्राप्त)

१.बाबु छोरालाई सम्झाउदै  : - छोरा जुवातास खेल्नु हुदैन, यो राम्रो कुरा होइन, यो यस्तो चिज हो कि आज जितिस् भने भोलि हार्छस्, पर्सि जितिस .... भने त्यस्को भोलिपल्ट हार्छस् .....
छोरा: ( भयोबुबा, मैले अब बुझिसकें । अब म जुवा तास दिन बिराएर खेल्छु ।

२.पति - पत्नीसग ( हिजो मेरो सपनामा एउटी केटी आएकी थिइ, क्या च्वाक थिइ ।
पत्नी -  एक्लै आई होलि हैन ?
पति -  तिमीलाई कसरी थाहा भो ?
पत्नी -  उसको पति मेरो सपनामा आएथ्यो क्या ।

३. बाघ बिडी पिउदैथियो, एउटा मुसो आयो अनि भन्यो, “बाघ दाइ छोड यो नशा, हिंड मसूग, हेर जंङ्गल कति राम्रो छ ।’
बाघ मुसासूगै हिंड्यो ।
केही अगाडि हात्ती भेटियो, ऊ डूग्स लिंदै थियो, मुसाले उसलाई पनि त्यै डाइलग दियो, हात्ती पनि सूगै हिंड्यो । अलि अगाडि पुगेपछि सिंह व्हिस्की पिउदै थियो, मुसाले उसलाई पनि त्यै डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइ दियो ।
हात्तीले सिंहसूग सोध्यो -  किन हान्दैछौं यो विचरा शान्त प्राणीलाई ?
सिंह (रिसाउदै)-  यो सालेले हिजो पनि भाङ खाएर त्यतिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको थियो ।

No comments:

Post a Comment