Sunday, November 10, 2013

कीर्तिपुरमा चुनावी माहौल बन्दै

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

कीर्तिपुरमा चुनावी माहौल बन्दै



संविधानसभाको चुनाव हुने दिन जति नजिकिंदै छ । पार्टीहरुको चुनावको प्रचार प्रसार पनि त्यतिकै बढ्न थालेको छ । अरु जिल्लाहरुमा उम्मेदवारको गाडी जलाउनेदेखि लिएर पार्टीहरु एक आपसमा भिडेको समाचारहरु टेलिभिजन र रेडियोहरुबाट हेर्न र सुन्न पाइरहेको छ । तर कीर्तिपुरमा अहिलेसम्म त्यस्तो केही अप्रिय घटना घटेको छैन । सबै पार्टीहरु आ–आफ्नो तरिकाले चुनाव प्रचारमा लागेका छन । प्रमुख दल भनिएका पार्टीहरु गाडीमा चुनाव चिन्हको झण्डा र माईक राखी भोट माग्न आव्हान गर्दै गाडी कुदाइ रहेका छन । दशैं अगाडि चियापान र शुभकामना आदान प्रदानमा सिमित पार्टीहरु दशैंको लगतै घर दैलो, मोटरसाईकल -याली गरी आफ्नो शक्तिको प्रदर्शन गर्न थालेका छन ।

एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड उठेको क्षेत्र भएर काठमाडौं जिल्ला क्षेत्र नं.१० विशेष चर्चामा छन । अहिलेसम्म प्रचण्डले कीर्तिपुर, नगाउँ, पाँगा क्षेत्रमा घरदैलो कार्यक्रम गरि सकेका छन । उहाँको घर दैलो कार्यक्रम बडो धुमधामका साथ हुने गर्छ भने अरुको त्यति ठूलो भिड हुँदैनथ्यो ।

संविधानसभाको पहिलो चुनावमा भन्दा यसपटक साना ठूला सबै पार्टीमा चुनावको चहल पहल देखिएको छ । विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, संङ्घीय समाजवादी पार्टी, नेपाः राष्ट्रिय पार्टी,   राप्रपा नेपालको घर दैलो कार्यक्रम आ–आफ्नै तरिकाले गर्दैछन । पहिलो संविधानसभाको चुनावमा प्रचण्डले प्रचण्ड बहुमत ल्याएर जितेको ठाउँ भएकोले एमाओवादीहरु यसपाली पनि आपूm जित्नेमा ढुक्क छ । किनकी अरु पार्टीहरुले पार्टीका बरिष्ठ नेताहरु कसैलाई पनि उम्मेदवार नबनाएकोले प्रचण्डको टक्कर कसैसँग छैन, प्रचण्डलाई जिताउनकै लागि एमालेले अन्तिम समयमा आएर पार्टीका कीर्तिपुर नगर कमिटीका अध्यक्षलाई टिकट दिएको भन्ने हल्ला छ । तैपनि एमालेको घरदैलो कार्यक्रमको साथै चुनाव चिन्हको झण्डा गाड्ने पोस्टर टाँस्ने कार्य द्रुतगतिले भइरहेको छ । तर एमाओवादीको जति पोस्तर देखिंदैन । नेपाली कांग्रेस, संघीय समाजवादी पार्टीले एउटा पनि पोस्टर टाँसेको देखेको छैन ।

नेपाली कांग्रेसले पहिलो चुनावमा दोस्रो भएको, पहिले जस्तो अहिले प्रचण्डको पक्षमा त्यति जनमत नदेखिएकोले आपूm जित्नेमा विश्वस्त भै चुनाव प्रचार प्रसारमा लागेका छन,संघीय समाजवादी पार्टीका उम्मेदवार रमेश चन्द्र प्रधानले कीर्तिपुरमा भन्दा कीर्तिपुरको पश्चिम र दक्षिणका गा.वि.सहरुमा विशेष ध्यान दिइरहेको देखिन्छ । नेपाः राष्ट्रिय पार्टीका कृष्णहरि महर्जन र राप्रपा नेपालका धु्रव महर्जन पनि तामझाम विनाको घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

स्वतन्त्र उम्मेदवारहरु पदम कुंवर, भरतवहादुर विशुराल पनि भोट माग्न आउन थालेका छन । जनमोर्चा नेपालले पनि माईंकिंग गरी भोट माग्न आएका छन ।

No comments:

Post a Comment