Sunday, November 10, 2013

संघीय नेवाः संघ काठमाण्डौं जिल्ला गठन

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
संघीय नेवाः संघ काठमाण्डौं जिल्ला गठन


गत कार्तिक ९ गते शनिवारसङ्घीय समाजवादी पार्टी, नेपालको भातृ संगठन संघीय नेवाः संघ काठमाडौं जिल्लाको तदर्थ समितिको घोषणा भयो । सङ्घीय समाजवादी पार्टी नेपालको केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष डा. मंगल सिद्धि मानन्धरको प्रमुख आतिथ्य र अमिर शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा डा. महेशमान श्रेष्ठ, मनरत्न शाक्यको पनि उपस्थिति रहेको थियो ।

सुदय शिलाकारले संचालन गरेको उक्त कार्यक्रममा २६ सदस्यीय समितिको घोषणा गरिएको थियो । जसमाः
संघीय नेवाः संघको काठमाण्डौं तदर्थ समितिका अध्यक्षमा– अमीरमान शाक्य, उपाध्यक्ष –ज्ञानराजा शिखाकार, महासचिव– राजा महर्जन, सहसचिव– मार्क श्रेष्ठ,

सदस्यहरुमा ः पुष्प रत्न शाक्य, नरेन्द्र कपाली, महेश कायस्थ, कर्ण महर्जन, धन महर्जन, इन्द्रमान सिंह, भरत शाक्य, सानुकाजी महर्जन, विकास महर्जन, हरि गोपाल महर्जन, बालकृष्ण श्रेष्ठ, संजय महर्जन, रिदेन महर्जन, निर्मल तुलाधर, चन्द्रमान डंगोल, चन्दन श्रेष्ठ, मधुकृष्ण नापित, मदन मान शाक्य, सुरेश डंगोल, रविन्द्र मानन्धर, अशोक मालाकार, जुजुकाजी महर्जन रहेका छन ।मन्तव्य दिने क्रममा प्रमुख अतिथि डा. मंगल सिद्धि मानन्धरले यस समितिले मंसिर ४ गते हुने संविधानसभामा ठुलो भुमिका निभाउने आशा जाहेर गर्नु हुँदै संघीय समाजवादी पार्टीका काठमाडौं क्षेत्रका उम्मेदवारहरुलाई जिताउन आ–आफनो स्थानबाट महत्व पूर्ण भूमिका निभाउने आशा गर्नुहुँदै पूरा समय दिन अनुरोध गर्नु भयो ।

No comments:

Post a Comment