Friday, September 20, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

बैकुण्ठ महर्जन

अहिले मुलुकमा चुनावी माहौल बन्दै गइरहेको छ । आगामी संविधान सभामा कसले बहुमत ल्यायो भने संविधान बन्छ भनेर चर्चा परिचर्चा हुन थालेका छन् । हरेक पार्टीले आˆनो पार्टीले  बहुमत ल्याएमा संविधान बन्छ भन्दै छन । नेपाली कांग्रेस भन्दै छ उसको बहुमत आयो भने संविधान बन्छ । एमालेले पनि त्यस्तै दावी गरिरहेका छन् । गत संविधानसभामा एनेकपा माओवादीलाई पूर्ण बहुमत नपुगेर संविधान बनेन । त्यसैले यो पटक पूर्ण बहुमत माग गरिरहेका छन् ।  अर्को पक्षले पहिलो संविधान सभाको चुनाव २ वर्षको लागि भएको थियो ४ वर्ष लगाएर पनि संविधान  बनेन । त्यसैले अबको संविधान सभाको चुनावले पनि संविधान बन्दैन, चुनाव गर्नुको अर्थ पनि छैन अर्थात् चुनाव भई हाले पनि संविधान बन्दैन । त्यसैले चुनावको विरोध गर्नु पर्छ अथवा बहिस्कार गर्नु पर्दछ । देश सिक्किमीकरण हुादैछ । देशमा विदेशी चलखेल भयो आदि आदि ।

सर्वप्रथम नेपाली कांग्रेसलाई बहुमत दिनु भनेको गएको संविधान सभाबाट उपलब्धिहरू जुन १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त अधिकारहरू उसलाई पाच्य  भैराखेको    छैन । उसले २०४७ को संविधानलाई नै जिवित बनाउन खोज्ने हुन्छ । जुन नेपाली जनताले कुनै पनि हालतमा स्वीकार     गर्दैन । ऊ त परिवर्तनको पक्षमा नै छैन । तत्कालिन राजा ज्ञानेन्द्र शाहले दिएको लातको झोकमा मात्र ऊ तत्कालिन जनयुद्ध लडिरहेको पार्टि नेकपा माओवादीसाग मोर्चा बनाउन आएको हो । यति गर्नको लागि पनि उसले अन्तिम समयसम्म राजालाई पर्खेर     हेरेकै थियो तर ज्ञानेन्द्रको बुद्धि कहिले पनि नपलाएपछि यस्तो सम्भव भएको हो । त्यसकारण वास्तवमा उसको परिवर्तनको  एजेन्डा नै छैन । ऊ त २०५२ अगाडि जान चाहन्छ । त्यसैले ऊ जित्यो भने २०४७ को नै संविधान उसले खोज्ने छ ।

अब दोस्रोमा नेकपा एमालेको बारेमा पनि केही बुझ्नै पर्नेहुन्छ । उसले २०४६ सालको परिवर्तन पछाडि पटक पटक सरकारको भोग गर्‍यो । तर उसले कहिले पनि प्रगतिशील कामको लागि प्रयास गरिएन । अझ क.मदन भण्डारीको दासढुङ्गा हत्या पश्चात ऊ माउ विनाको चल्ला जस्तो भयो र पार्टी हेड क्वार्टर यथास्थिति वादीहरुको अखडा नै बनिसक्यो । त्यसकारण नाम कम्युनिष्ट भए पनि ने.का.साग खासै फरक कार्यक्रम दिइएन र सम्पूर्ण नेपाली जनताको मन र मस्टिष्कमा पनि ने.का.र एमाले भनेपछि भाई भाई भन्ने सन्देश सबैमा गईसकेका   छन् । उसले कहिले के गर्छ कसैलाई अतोपतो हुादैन । घटनाक्रमले कहिले क्रान्तिकारीसाग नजिकिन आउाछ त कहिले राजालाई दाम चढाएर राजाको प्रधानमन्त्री बन्ने इच्छा जाग्छ त कहिले ने.का.साग मिलेर क्रान्तिकारीमाथि जाई  लाग्छ । कहिले प्रधान सेनापतिलाई तुरुन्त कारवाही गर्न १ मिनेट ढिला गर्नुहुादैन भन्छ तर एक हप्ता नहुादै प्रधान सेनापति कारवाहीको विरुद्धमा सबैभन्दा पहिले नै सही गर्न पुग्दछ । मानौं उसको कुनै अडान नै छैन मात्र के गर्दा जनताको तालि पाउाछ भन्नेमा मात्रै उसको ध्यान गएको देखिन्छ । यो उसको घोर अवसरवादको एउटा उदाहरण मात्र हो । उसले क्रान्तिकारीहरुलाई लगातार धोका दिएर आइरहेको छ ।

एउटा संविधानको अन्तरवस्तु पहिचानको कुरालाई मात्र हेर्ने हो भने पनि उसले पााचौं महाधिवेशनमा तत्कालिन मदन भण्डारी महासचिव थियो र बहुदलिय जनवाद भित्र जातिय मुद्धालाई सम्बोधन गर्न नसकिएको भनेर राजेन्द्र श्रेष्ठको संयोजकमा रामचन्द्र झा, मोदनाथ प्रश्रति, सुवास नेवाङ, टंक राई, महेश चौधरी र मोहन चन्द्र       अधिकारीको आयोग बनाएर जाति र भाषालाई प्रादेशिक अधिकार दिने व्यवस्थापिका संसदमा एउटा खुल्लाबाट अर्को जातिय प्रतिनिधीको आधारमा बनाउने   कुरा गरियो । पछि छैठौं महाधिवेशनबाट जाती र भाषाको आयोगको अध्यक्ष झलनाथ खनाल सदस्यहरु राजेन्द्र श्रेष्ठ, अशोक  राई भएको आयोगले जाति भाषाको आधारमा स्वायत्तता बनाउने, जनजाति मन्त्रालय बनाउने र समानुपातिक सहभागीताको   कुराहरू गरिएको थियो । आठौं महाधिवेशनमा आएर संघीय इकाईहरुको नामाकरण जातिय, भाषिक, सांस्कृतिक पहिचान, आत्म निर्णयको अधिकारलाई समेत स्वीकार गरिएको  थियो । र जातिय पहिचानको आधारमा राज्यको पुनर्सरचना गर्ने कुरा थियो । पहिलो संविधान सभाको निर्वाचनको घोषणा पत्रमा समेत ती सबै उल्लेख गरेको थियो । तर जब सााच्चै जनताको अधिकार स्थापित गर्न अन्तिम समयमा आएर ने.का.को तालमा ताल मिलाएर संविधान सभा हलमा नगई दिंदा एमालेका अति बाहुनवादी सोच भएका मुट्ठीभर नेताहरुको निर्देशनमा संविधान सभाको हत्या गर्ने काम गर्‍यो । न उसले उप सभामुखलाई नै जिम्मा दियो । कुरा के थियो भने संविधान सभाको बैठक सुरु गरेको भए ने.का. र एमालेका लगायत सम्पूर्ण आदिवासी जनजाति, मधेसी सभासदहरुको ४१४ सभासदहरुले पहिचान सहितको संघियताको पक्षमा सहिछाप गरी क. प्रचण्डलाई बुझाईसकेका अवस्था थियो । त्यही कारणले पहिचान विरोधी नेताहरुले संविधान सभा समाप्त गर्न षडयन्त्र खेल्यो ।

एमालेकोबारेमा पहिचानको विषयलाई लिएर यति लामो इतिहास किन हेर्नु पर्‍यो भने उसका प्रमुख नेताहरु अग्रगमनको पक्षमा छैनन् । ने.का.ले भन्दा उसले भ्रमहरु दिने गरेको देखिन्छ । त्यसकारण एमाले भित्रका ईमान्दार नेता कार्यकर्ताहरुले सजगता अपनाउनु जरुरी छ । त्यसको परिणाम आज राजेन्द्र श्रेष्ठ, अशोक राई, रामचन्द्र झा जस्ता धेरै प्रभावशाली इमान्दार नेता कार्यकर्ताहरुले एमाले परित्याग गरिसकेका छन ।

अब तेस्रो कुरा के छ भने गएको ४ वर्षमा त संविधान बनेन अब झन बन्दैन त्यसैले भोट पनि दिंदैनौं वहिस्कार गछौर्ं भन्ने पनि गरिन्छ । अहिलेको सन्दर्भमा यो विषय अलि गहन विषय हो भन्ने लाग्दछ । किनभने यो कुरा नेपालको इतिहासमा क्रान्तिकारी भनेर चिनिने र धेरै क्रान्तिकारी पृष्ठभूमि भएका व्यक्तिहरुबाट गरिएको विशेषत क.मोहन बैद्य नेतृत्वको पार्टीको नेता र कार्यकर्ताबाट र परिवर्तनको    धेरै आसा लिएका अहिलेका  परिवर्तन धेरै अपुग भयो भन्ने सोचाई राख्ने व्यक्तिहरुबाट स्वतस्फुर्त ढंगले पनि उठाइएका कुराहरु हुन । यसको बारेमा पनि हामी कीर्तिपुरवासीले बुझ्नु पर्ने हुन्छ ।

२०६२/०६३ को १९ दिने जन आन्दोलनको सुरुमा समेत यो देशबाट राजतन्त्र समाप्त हुन्छ अब गणतन्त्र आउाछ भन्दा धेरैले पत्याएका थिएनन् ।
क्रमशः

No comments:

Post a Comment