Friday, September 20, 2013

सङ्घीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
सङ्घीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा 


संघीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा उत्रिएको छ । शुक्रवार उच्चस्तरीय राजनीतिक समितिसित पााचबुादे सहमति गरे लगतै जनतामाझ आˆनो मुद्दाहरुलाई लिएर चुनावको तयारीमा जुटेको हो ।

द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेलगतै अध्यक्ष अशोक राई शनिवार मोरङको लेटाङमा कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका छन । त्यसैगरी महासचिव राजेन्द्र श्रेष्ठ     सुनसरीमा छन भने उपाध्यक्ष प्रेमकृष्ण पाठक सर्लाहीमा खटिएका छन । त्यसैगरी अन्य केन्द्रीय नेताहरु चुनावी अभियानलाई लिएर जिल्ला-जिल्ला खटिएका छन् ।

पार्टीका उपमहासचिव अजम्बर राई काङमाङले कान्तिपुर टेलिभिजनको साक्षात्कार कार्यक्रममा भन्नुभयो, "हामी अब केही दिनभित्र कार्यकर्तालाई प्रशिक्षण दिएर उम्मेदवारी घोषणा गर्ने तयारीमा छौं । ५६ जिल्लाबाट उम्मेदवारी घोषणा गर्नेछौं ।"

संङ्घीय समाजवादी पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाट नयाा संविधान' भन्ने मूल नारालाई चुनावी मुद्दा बनाएको छ । 

उसले काठमाडौं उपत्यकाको तीन जिल्लामा निर्वाचन क्षेत्रीय समिति गठन गरिसकेको छ । आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । 

जिल्ला र निर्वाचन क्षेत्रीय समितिले उम्मेदवारको तय गर्नेछन् र केन्द्रमा बुझाएको नामावलीलाई केन्द्रीय समितिको बैठकले निर्णय लिनेछ ।

No comments:

Post a Comment